Show download pdf controls
  • आफ्नो कर फिर्ता फाराम पेस गर्ने तरिका

    कर फिर्ताले 1 जुलाईदेखि सुरु हुने र 30 जुन अन्त्य हुने वित्तीय वर्ष समावेश गर्छ । तपाई फिर्ता पेस गर्दै हुनुहुन्छ भने 31 अक्टोबरसम्ममा यो काम गरिसक्नु पर्छ ।

    myTax को प्रयोग गरेर पेस गर्ने

    myTax प्रयोग गेर अनलाइनबाट चाँडो, सहज र सुरक्षित तरिकाले कर फिर्ता फाराम पेस गर्न सकिन्छ । यो वेबमा आधारित हुने भएकाले तपाईंले केही कुरा डाउनलोड गर्नु पर्दैन । तपाईं यो दाबा कम्प्युटर, स्मार्टफोन वा ट्याबलेट प्रयोग गरेर पेस गर्न सक्नुहुन्छ तर 31 अक्टोबरसम्ममा यस्तो दाबा पेस गरिसक्नु पर्छ ।

    अनलाइनबाट पेस गर्न तपाईसँग ATO सँग जोडिएको myGov खाता हुनु पर्छ । कर फिर्ता पूरा गर्न चाहने (एकलौटी व्यवसायी सहितका) सबै जना MyTax प्रयोग गर्न पाउँछन् ।

    myGov मार्फत् MyTax माथि पहुँच गर्न मिल्छ । यो लिङ्कमा क्लिक गर्नुले तपाईंलाई ato.gov.au बाट अन्यत्र लिएर जान्छ । लग इन गरेपछि निम्न चरणको पालना गर्नुहोस्ः कर > पेस > आय कर

    Start your tax return with myTax

    निम्न कुरा पनि हेर्नुहोस्

    निम्न भिडियो हेर्नुहोस्

    यो भिडियो myGov खाता खोल्ने र उक्त खातलाई ATO सँग जोड्ने तरिका देखाउँछ

    Media: [myGov खाता खोल्ने र उक्त खातलाई ATO सँग जोड्ने तरिका]
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiubfo8e4mExternal Link (अवधि: 03:56)

    म्याद

    तपाईंले आफ्नो कर फिर्ता 31 अक्टोबरसम्म पेस गरिसक्नु पर्छ ।

    तपाईं आफ्नै कर फिर्ता फाराम पूरा गर्दै हुनु हुन्छ र 31 अक्टोबर सम्ममा पेस गर्न सक्नुहुन्न भने हामीलाई सकेसम्म चाँडो सम्पर्क गर्नुहोस् ।

    पेस गर्ने प्रायजसो पञ्जीकृत एजेन्टहरूसँग 31 अक्टोबर पछि पनि कर फिर्ता फाराम पेस गरिदिने क्षमता हुन्छ । तपाईं कुनै पञ्जीकृत एजेन्ट सेवा प्रयोग गर्न खोज्दै हुनु हुन्छ भने 31 अक्टोबर अगाडि उक्त एजेन्टलाई सम्पर्क गर्नुहोस् ।

    तपाईं आफ्नो कर तिर्न सकिरहनु भएको छैन भने हामीलाई सकैसम्म चाँडो सम्पर्क गर्नुहोस्

    म्याद नागेमा

    म्याद नाग्यो भने पनि सकेसम्म चाँडो कर फिर्ता पेस गरिसक्नु पर्छ ।

    तपाईं करको बिल (tax bill) आउने अपेक्षा गरिरहनु भएको छ भने पेस गर्न ढिलाइ नगर्नुहोस् । तपाईं तोकिएको समयमा तिर्न सकिरहनु भएको छैन भने तपाईंले हामीलाई सकेसम्म चाँडो सम्पर्क गर्नु पर्छ ताकी हामी तपाईंको परिस्थिति अनुसार भुक्तानी योजना तयार गर्न सकौं ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

      Last modified: 05 Aug 2019QC 59829