Show download pdf controls
  • प्रथम पटक आफ्नो कर फिर्ता फाराम पेस गर्ने तरिका

    प्रायजसो मान्छेहरूले प्रत्येक वर्ष कर फिर्ता फाराम भनेर हामीलाई बुझाउनु पर्छ । आफ्नो कर फिर्ता फाराममा तपाईंले आफ्नो वार्षिक आय तथा कटौतीसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ ।

    आफूले थप कर तिर्नु पर्छ वा तिरेको कर रकम फिर्ता (कर फिर्ता) हुन्छ भन्ने कुरा थाह पाउन हामी यो सूचना प्रयोग गर्छौँ ।

    कर फिर्ताले 1 जुलाईदेखि सुरु हुने र 30 जुनमा अन्त्य हुने आर्थिक वर्ष समावेश गर्छ । तपाईं आफ्नो कर फिर्ता फाराम पेस गर्दै हुनु हुन्छ भने तपाईंले 31 अक्टोबरसम्ममा यो काम गरिसक्नु पर्छ ।

    तपाईं कर फिर्ती फाराम भर्ने सहयोग चाहनुहुन्छ र तपाईंको आय कम छ भने हाम्रा तालिम प्राप्त कर स्वयंसेवकहरूले तपाईंलाई सहयोग गर्न सक्छन् ।

    तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं ती एजेन्टलाई 31 अक्टोबर अगाडि सम्पर्क गरिसक्नु पर्ने हुन्छ । तपाईंले आफ्नो कर एजेन्ट पञ्जीकृत एजेन्ट हुन् वा होइनन् भन्ने कुरा जाँच्नु पर्छ ।


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizrzt4External Link (Duration: 00:00:58)

    ककसले कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

    प्रायजसो सबै मान्छेले प्रत्येक वर्ष कर फिर्ता फाराम भरेर ATO मा पेस गर्नु पर्ने हुन्छ ।

    मैले किन कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

    ATO ले तपाईंले कुनै आर्थिक वर्षमा कति रकम कमाउनुभयो र तपाईं आफ्नो आयबाट के के कट्टा गरेर कर तिर्न सक्नुहुन्छ भन्ने कुरा यकिन गर्नु पर्ने हुन्छ । तपाईंले पेस गरेको फारामको आधारमा तपाईंले थप कर (कर बिल) तिर्नु पर्छ वा तपाईं रकम फिर्ता (कर फिर्ता) प्राप्त गर्नुहुन्छ भन्ने कुरा यकिन गर्न सकिन्छ ।

    अष्ट्रेलियाको आर्थिक वर्ष 1 जुलाई र 30 जुनको बीचमा पर्छ ।

    मैले कहिले कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

    तपाईं आफै यो काम गर्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31 भित्र यो काम गरिसक्नु पर्छ ।
    तर तपाईं कुनै कर एजेन्टको सहयोगले यो काम गर्न खोज्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31अगाडि नै ती एजेन्टलाई सम्पर्क गर्नु पर्ने हुन्छ ।

    म कसरी कर फिर्ता फाराम पेस गर्न सक्छु ?

    तपाईं आफै कर फिर्ता फाराम पेस गर्दै हुनुहुन्छ भने तपाईं myTax प्रयोग गरी अनलाइनबाट यो काम गर्न सक्नुहुन्छ ।
    तपाईं कुनै कर एजेन्टको सहयोग लिँदै हुनुहुन्छ भने तपाईंले कसरी गर्ने भन्ने बारेमा ती कर एजेन्टसँगै सम्पर्क गर्नु पर्ने हुन्छ ।

    कर फिर्ता फाराम पेस गर्न मसँग केके जानकारी हुनुपर्छ ?

    तपाईंसँग निम्न कुराहरू हुनुपर्छ:

    • tax file number (TFN)
    • तपाईं कर फिर्ता प्राप्त गर्दै हुनुहुन्छ भने बैंक खाताको विवरण
    • आयको विवरण- तपाईंले कमाएको रकमको प्रमाण पेस गर्न        
      • तपाईंका सबै रोजगारदाताले तपाईंलाई दिएको इनकम स्टेटमेन्ट
      • Centrelink बाट प्राप्त हुने भुक्तानी सारांश
       
    • कटौती तथा खर्चको विवरण- तपाईंले दाबी गर्न खोज्नुभएको कटौती पुष्टि गर्न        
      • कामसम्बन्धी खर्च, दान वा उपहारको भरपाई
       

    तपाईं myTax प्रयोग गरी अनलाइनबाट कर फिर्ता फाराम पेस गर्दै हुनुहुन्छ भने तपाईंसँग myGov युजर आइडी र पासवर्ड हुनुपर्छ । तपाईंसँग myGov खाता छैन भने तपाईं सो खाता बनाएर my.gov.auExternal Link मा गई सो खातालाई ATO सँग लिङ्क गर्न सक्नुहुन्छ (अंग्रेजीमा) ।

    रोजगारदाता, बैंक तथा अन्य व्यवसायहरूले ATO लाई आफूसँग काम गर्ने व्यक्तिहरूको बारेमा जानकारी प्रदान गर्छन् । तपाईंले जुलाईको अन्तिमसम्म कुर्नुभयो भने ATO ले यी जानकारी तपाईंको कर फिर्ता फाराममा समावेश गर्छ । यसले कर फिर्ता फाराम पेस गर्न सहज बनाउँछ ।


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizfp85External Link (Duration: 00:02:25)

    मैले कुन कुन आय समावेश गर्नु पर्छ ?

    तपाईंले एक आर्थिक वर्षमा गरेका सबै आय समावेश गर्नु पर्ने हुन्छ । यसको अर्थ हो तपाईंले आफ्ना सबै रोजगारी लगायत निम्न कुराहरूबाट प्राप्त आय समावेश गर्नु पर्ने हुन्छ:

    • फुल टाइम काम
    • पार्ट टाइम काम
    • क्याजुअल वा अड (अनौठा) काम
    • स्व: रोजगार
    • नगदी काम

    तपाईंले निम्न लगायतका अन्य विधाबाट कमाएको आय पनि पेस गर्नु पर्ने हुन्छ:

    • बैंकबाट प्राप्त ब्याज
    • सरकारी भुक्तानी (Centrelink आदिबाट)
    • भाडाबाट प्राप्त रकम
    • वैदेशिक लगानीबाट प्राप्त आय
    • सेयरबाट प्राप्त लाभांश

    सबै प्रकारका आम्दानीहरूलाई आफ्नो कर फिर्ता फाराममा पेस गर्नु पर्छ भन्ने कुरा सम्झनुहोला ।

    म कुन कुन रकम कट्टा गर्न सक्छु ?

    तपाईं आफ्नो कामसँग सम्बन्धित खर्च बापत रकम कट्टा गर्न पाउनुहुन्छ । सामान्यतया कट्टा गर्न सकिने खर्चहरूमा निम्न खर्च पर्छन्:

    • सवारी साधन तथा यात्रा खर्च
    • कपडा, लन्ड्री र ड्राइ-क्लिनिङ खर्च
    • घर मै अवस्थित अफिसको खर्च
    • स्व: अध्ययन खर्च
    • उपकरण तथा औजार खर्च ।

    तपाईं ATO को वेबसाइट Deductions you can claim (अंग्रेजीमा) गई कट्टा गर्न पाउने खर्चको बारेमा थप जान्न सक्नुहुन्छ ।

    तपाईंले आफूले दाबी गर्ने हरेको खर्चको सम्बन्धमा भरपाई जस्ता प्रमाण पेस गर्नु पर्ने हुन्छ । तपाईंले यस्ता प्रमाणहरू कम्तीमा पाँच वर्षसम्म राख्नु पर्छ । ATO जुन सुकै बेला तपाईंसँग ती प्रमाण माग्न सक्छ ।


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizf54yExternal Link (Duration: 00:01:16)

    अबका कदमहरूः

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

    Authorised by the Australian Government, Canberra.

      Last modified: 17 Apr 2023QC 61272