Show download pdf controls
  • यदि तपाईलाई प्रतिवेदन पेश गर्नु पर्ने आवश्यक बारे जाँच गर्नुहोस्

    कन्ट्रयाक्टरले सेवा उपलब्ध गराएबापत् उनीहरुलाई तिर्नुपर्ने भुक्तानीको बारेमा केही व्यवसायहरुले हामीलाई सूचना पेश गर्नुपर्ने जरुरत हुन्छ।

    यस सूचना करयोग्य भुक्तानीको वार्षिक प्रतिवेदन (TPAR) मा हामीलाई पेश गर्नुपर्छ । TPAR लाई सजिलैसँग पूरा गर्नका लागि तपाईले कन्ट्रयाक्टरलाई गर्ने भुक्तानीबारेको सूचना राख्ने तरिकालाई जाँच्न जरुरत हुन सक्छ।

    यदि तपाईले TPAR दाखिला गर्नुपर्ने आवश्यकता निर्धारण गर्नका लागि तलको लिङ्क पछ्याउनुहोस्।

    निम्न विषयबारे थाहा पाउनुहोस्:

    भवन तथा निर्माण सेवा

    यदि तपाई भवन तथा निर्माण उद्योगअन्तर्गत कुनै व्यवसाय सञ्चालन गरिरहनुभएको छ भने तपाईले करयोग्य भुक्तानीको वार्षिक प्रतिवेदन (TPAR) पेश गर्नुपर्ने आवश्यकता रहन्छ यदि तपाईले:

    • भवन तथा निर्माण सेवाका लागि कन्ट्रयाक्टरलाई भुक्तानी गर्नुहुन्छ, र
    • अष्ट्रेलियन व्यवसाय नम्बर (ABN) छ भने।

    तपाईले पूरा गरेका ती भुक्तानीहरुको रिपोर्ट हामीलाई TPAR मा हरेक वर्ष २८ अगष्ट सम्ममा पेश गर्नुपर्ने हुन्छ।

    भवन तथा निर्माण सेवाको परिभाषा फराकिलो छ र यसले थुप्रै पेशा तथा कृयाकलापलाई समेट्छ। यसमा दकर्मी, प्लम्बिङ्ग, पर्खाल लगाउने सेवाहरु संलग्न हुन्छन् तथा यसमा वास्तुकलाका कार्य (रुपरेखा कोर्ने तथा डिजाइनलगायत), साजसज्जा (रंगरोगनलगायत), इञ्जिनीयरिङ्ग तथा भूनिर्माण पनि समावेश हुन्छन्।

    तपाईले पेशा तथा कृयाकलापहरु का अन्य उदाहरणहरु (अंग्रेजीमा) लाई हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुन्छ। तपाईले भवन, संरचना, कामहरु, सतह वा उपसतहहरुको उदाहरणको सूची पनि पाउन सक्नुहुनेछ जसमा आवास, व्यापारिक तथा औद्योगिक भवनहरु, पदयात्री पथ, खेलकुदको फिल्ड तथा सुरुङ्गहरु समावेश हुन्छन्।

    यो पनि हेर्नुहोस्:

    उदाहरण: भवन तथा निर्माण उद्योगमा आधारित व्यवसायमा भवन तथा निर्माण सेवाका लागि कन्ट्रयाक्टरलाई भुक्तानी गर्दा

    मोहमद एक निर्माणकर्ता हो, र मारियो एक इलेक्ट्रिसियन। मोहमद एक नयाँ घर बनाउने व्यवस्थापन गर्दैछन् र सबै घरहरुमा बिजुली जडान गर्न मारियोलाई ठेक्का दिएका छन्। मारियोले मोहमदको भवन तथा निर्माण व्यवसायलाई भवन तथा निर्माण सेवा प्रदान गरिरहेका छन्।

    मारियोले कामको समाप्तिपछि मोहमदलाई बिजक (ईनभ्वाईस) पठाउँछन्, सामग्रीहरुको आपूर्तिको रकमसमेत। मोहमदले करको लागि रेकर्ड राख्न जरुरी भइसकेको छ। उसले मारियोलाई वर्षदिनभरि गरेको सबै कुल भुक्तानीको रिपोर्ट करयोग्य भुक्तानीको वार्षिक प्रतिवेदन (TPAR) अन्तर्गत ATO लाई गर्नुपर्ने छ।

    End of example

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त

    सरसफाइ सेवाहरु

    यदि तपाई सरसफाइ सेवा (यदि त्यो तपाईले उपलब्ध गराउने सेवाको एउटा मात्र अंश हो भने पनि) उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्नुहुन्छ भने तपाईले हरेक आर्थिक वर्षमा करयोग्य भुक्तानीको वार्षिक प्रतिवेदन (TPAR) पेश गर्नुपर्छ, जसमा तपाईसँग:

    • अष्ट्रेलियन व्यवसाय नम्बर (ABN) हुनुपर्छ
    • कन्ट्रयाक्टरहरुलाई सबै भुक्तानी गर्नुपर्छ सरसफाइ सेवा बापत तपाईको लागि उनीहरुले उपलब्ध गराएको सेवाका लागि।

    यदि तपाईको व्यवसायले मिस्रित सेवा उपलब्ध गराउँछ, सरसफाइमात्र नभई, भने तपाईले TPAR दाखिला गर्नुपर्ने हुन सक्छ यदि तपाईले सरसफाइ सेवामार्फत प्राप्त गर्ने भुक्तानी तपाईको कुल GST कारोबारभन्दा १० प्रतिशत वा बढी पुग्छ भने।

    तपाईले हरेक वर्ष TPAR दाखिला गर्नुपर्छ पर्दैन भनेर पुनः जाँच गर्नुपर्छ।

    यदि तपाई TPAR दाखिला गर्नुपर्छ कि पर्दैन निश्चित हुन सक्नुभएन भने हाम्रो तपाईलाई मद्द गर्ने संसाधन अध्ययन गर्नुहोस् वा तपाईको दर्तावाल कर एजेन्टसँग कुरा गर्नुहोस्। तपाईले आवश्यक नपर्ने ठहर गरेता पनि तपाईले TPAR दाखिला गर्न सक्नु हुन्छ।

    तपाईको १ जुलाई २०१८ देखि ३० जुन २०१९ सम्म कन्ट्रयाक्टरलाई गरेको भुक्तानीहरुको लागि पेश गर्नुपर्ने पहिलो TPAR को म्याद हो २८ अगष्ट २०१९।

    TPAR लाई सजिलैसँग पूरा गर्नका लागि तपाईले कन्ट्रयाक्टरलाई गर्ने भुक्तानीबारेको सूचना राख्ने तरिकालाई जाँच्न जरुरत हुन सक्छ।

    यो पनि हेर्नुहोस्:

    सरसफाइ सेवा के हुन्?

    सरसफाइ सेवामा पर्ने कुराहरुमा, तर यतिमा सीमित छैन, भवन, आवास, संरचना, स्थल, सतह, यातायात/सवारी, औद्योगिक मेसिन वा उपकरणमा हुने र कार्यक्रमहरुका लागि तलका मध्ये कुनै पनि कृयाकलाप:

    • घर भित्रको सरसफाइ
    • बाहिरको सरसफाइ (बालुवा फुटाउनेबाहेक)
    • कार्पेट सरसफाइ
    • चिम्नी सरसफाइ
    • नाली सरसफाइ
    • सडक बडाल्ने तथा गल्लीको सरसफाइ
    • पौडी पुलको सरसफाइ
    • पार्क तथा पार्क सुविधाको सरसफाइ

    ‘कार्यक्रमहरु’ अन्तर्गत खेलकुद, सांस्कृतिक, प्राविधिक, कृषि वा मनोरञ्जनका कार्यक्रम तथा प्रदर्शनीहरुको आयोजना गर्ने पर्छन्।

    ‘यातायात/सवारीसाधन’ अन्तर्गत रेल, ट्राम, बस, फेरी, हवाईजहाज, पानीजहाज, ट्रक, कार तथा अन्य मोटरका सवारीसाधन पर्छन्।

    सरसफाइ सेवा को (अंग्रेजीमा) उदाहरण तथा थप परिभाषाहरु हाम्रो वेबसाइटमा उपलब्ध छन्।

    उदाहरण: सरसफाइ सेवाका लागि कन्ट्रयाक्टरलाई भुक्तानी गर्ने सरसफाइ व्यवसाय

    जोन तथा बेटी क्लिनिंग सर्भिसेजसँग ABN छ र उनीहरुको स्थानीय क्षेत्रका कार्यालयका भवनहरु तथा विद्यालयहरुको सफा गर्ने ठेक्का छ। समय समयमा उनीहरुले आफूलाई सरसफाइमा सहयोगको लागि कन्ट्रयाक्टरहरु भर्ति गर्छन्।

    सरसफाइ व्यवसायको रुपमा जोन तथा बेटी क्लिनिंग सर्भिसेजले उनीहरुका लागि सरसफाइ सेवा प्रदान गर्ने कन्ट्रयाक्टरलाई गरिने सबै भुक्तानीहरुको रिपोर्ट गर्नुपर्ने जरुरत हुनेछ।

    End of example

    के तपाईको व्यवसायले अन्य सेवाहरु उपलब्ध गराउँछ?

    यदि सरसफाइ तपाईको व्यवसायको एकमात्र हिस्सा हो भने तपाईले निम्न अभ्यास गर्नुपर्छ:

    • तपाईले उपलब्ध गराउने सरसफाइ सेवाबाट तपाईको व्यवसाय आम्दानी कति हुन्छ?
    • आर्थिक वर्षका लागि तपाईको कुल GST कारोबार कति हुन्छ (त्यो हो, तपाईको व्यवसायको आम्दानी, नाफा होइन)?

    यदि सरसफाइ सेवाका लागि तपाईले प्राप्त गर्ने कुल भुक्तानीहरु निम्न छन् भने:

    • तपाईको GST कारोबार १० प्रतिशत वा बढी छ– तपाईले सरसफाइ सेवाका लागि कन्ट्रयाक्टरलाई दिने कुनै पनि भुक्तानीहरुको रिपोर्ट गर्न तपाईले TPAR पेश गर्नुपर्छ।
    • तपाईको GST कारोबार १० प्रतिशतभन्दा कमछ– तपाईले TPAR दाखिला गर्नुपर्ने आवश्यकता हुन्न।

    हरेक आर्थिक वर्षका लागि निम्न सूत्र प्रयोग गरेर तपाईले यस प्रतिशत निकाल्न सक्नुहुन्छ:

    सरसफाइका लागि प्राप्त हुने कुल भुक्तानी ÷ कुल हालको वा अनुमानित GST कारोबार × 100

    उदाहरण: सरसफाइ तथा अन्य सेवाहरु प्रदान गर्ने व्यवसाय

    Jehan and Bhuvan Building Services (JBBS) सँग ABN छ र यसले कार्यालय सरसफाइ लगायतका विभिन्न भवन मर्मत सेवाहरु उपलब्ध गराउँछ।

    यसले उपलब्ध गराउने अन्य सेवाहरुबाट कार्यालय सरसफाइलाई छुट्टैरुपमा पहिचान गर्न सकिन्छ।

    JBBS ले कार्यालय सरसफाइको काम गराउनका लागि कन्ट्रयाक्टरहरुको प्रयोग गर्छ।

    तिनीहरुले आर्थिक वर्षका लागि निम्न रकमहरुको अभ्यास गर्छन्:

    • कुल हालको GST कारोबार JBBS को लागि= $१००,०००
    • सरसफाइ सेवाका लागि JBBS ले प्राप्त गरेको कुल भुक्तानी = $१०,०००
    • JBBS ले कन्ट्रयाक्टरहरुलाई तिरेको कुल भुक्तानी = $५,०००
    • JBBS ले कामदारहरुलाई तिरेको कुल भुक्तानी = $६,०००

    उनीहरुलाई TPAR दाखिला गर्नुपर्छ कि भनेर निर्धारण गर्नका लागि, JBBS ले निम्न कुराको हिसाबकिताब गर्छ:

    $१०,००० लाई $१००,००० x १०० ले भाग गर्दा = १०%

    JBBS ले TPAR दाखिला गर्नुपर्ने आवश्यकता हुन्छ किनकि उनीहरुले सरसफाइ सेवा ($१०,०००) का लागि प्राप्त गर्ने भुक्तानीले यसको त्यस वर्षको हालको कुल GST कारोबार ($१००,०००) को १० प्रतिशतको प्रतिनिधित्व गर्छ।

    उनीहरुले हरेककन्ट्रयाक्टरलाई सरसफाइ सेवाका लागि तिरेको कुल रकमलाई ($५,००० सम्म जोडेर) उनीहरुको २०१८-२०१९ को TPAR मा रिपोर्ट पेश गर्नुपर्ने आवश्यकता हुन्छ। उनीहरुले कामदारका लागि तिरेको $६,००० रकम समावेश गर्दैनन् किनकि TPAR कन्ट्रयाक्टरलाई तिरेको भुक्तानीको लागि मात्र हो, कामदारको होइन।

    End of example

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त

    कुरियर सेवाहरु

    यदि तपाई कुरियर सेवा (यदि त्यो तपाईले प्रदान गर्ने सेवाको एउटा भाग भएता पनि) प्रदान गर्ने व्यवसाय सञ्चालन गर्नुहुन्छ भने तपाईले हरेक आर्थिक वर्षमा करयोग्य भुक्तानीको वार्षिक प्रतिवेदन (TPAR) पेश गर्नुपर्छ, तपाईले:

    • तपाईसँग अष्ट्रेलियन व्यवसाय नम्बर (ABN) हुनुपर्छ।
    • कन्ट्रयाक्टरलाई तपाईको तर्फबाट उनीहरुले प्रदान गरेको कुरियर सेवा का लागि भुक्तानी गर्नुहुन्छ।

    यदि तपाईको व्यवसायले मिस्रित सेवा प्रदान गर्छ, कुरियर सेवामात्र नभई, भने तपाईले TPAR दाखिला गर्नुपर्छ यदि तपाईले कुरियर सेवाबाट प्राप्त गर्ने भुक्तानीमा तपाईको कुल GST कारोबारबाट १० प्रतिशत वा बढी रकम प्राप्त गर्नुहुन्छ भने।

    तपाईले हरेक वर्ष TPAR दाखिला गर्नुपर्छ पर्दैन भनेर पुनः जाँच गर्नुपर्छ।

    यदि तपाई TPAR दाखिला गर्नुपर्छ कि पर्दैन निश्चित हुन सक्नुभएन भने हाम्रो तपाईलाई मद्द गर्ने संसाधन अध्ययन गर्नुहोस् वा तपाईको दर्तावाल कर एजेन्टसँग कुरा गर्नुहोस्। तपाईले आवश्यक नपर्ने ठहर गरेता पनि तपाईले TPAR दाखिला गर्न सक्नु हुन्छ।

    तपाईको १ जुलाई २०१८ देखि ३० जुन २०१९ सम्म कन्ट्रयाक्टरलाई गरेको भुक्तानीहरुको लागि पेश गर्नुपर्ने पहिलो TPAR को म्याद हो २८ अगष्ट २०१९।

    TPAR लाई सजिलैसँग पूरा गर्नका लागि तपाईले कन्ट्रयाक्टरलाई गर्ने भुक्तानीबारेको सूचना राख्ने तरिकालाई जाँच्न जरुरत हुन सक्छ।

    यो पनि हेर्नुहोस्:

    कुरियर सेवा के हुन्?

    कुरियर सेवामा त्यस्ता कृयाकलापहरु पर्छन् जहाँ चीज वा वस्तुहरुलाई अष्ट्रेलियाका कुनै पनि ठाउँबाट संग्रह गरिन्छ, तर/वा त्यहाँ वितरण गरिन्छ, कार, ट्रक, स्टेसन वागन, भ्यान, उटे, मोटरसाइकल, मोटर स्कुटर, साइकल वा अन्य ऊर्जाविहीन यातायातका साधन प्रयोग गरेर वा हिँडेरलगायतका थुप्रै तरिकाहरु अपनाएर।

    कुरियर सेवाहरुमा विशेष वितरणहरुका लागि वा साना पार्सल वा प्याकेजहरु प्रायः घर घरमा पुर्‍याइन्छ। कुरियर सेवा प्रयोग गरेर वितरण गरिने सामानहरुमा प्रायः पार्सल, प्याकेज, चिठीपत्र, खाना तथा फूलहरु पर्छन्।

    कुरियर सेवामा निम्न कुरा पर्दैनन्:

    • तपाईको व्यवसायमा उपलब्ध गराउने सामानहरुको वितवरण जसमा यहि नै तपाईको ग्राहकले सामान प्राप्त गर्ने एउटै तरिका हो।
    • यात्रु यातायात सेवा – उदाहरणका लागि, बस तथा ट्याक्सी
    • मालबाहक यातायात – ठूलो मात्राको चीज, सामान वा वस्तुहरु रेल, समुद्र, हवाई वा सडक (प्रायः गह्रौं सवारी ट्रक वा ठूला सवारीसाधन) को माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्ने।

    कुरियर सेवा को (अंग्रेजीमा) उदाहरण तथा थप परिभाषाहरु हाम्रो वेबसाइटमा उपलब्ध छ।

    उदाहरण: कुरियर सेवाका लागि कन्ट्रयाक्टरलाई भुक्तानी गरिने कुरियर उद्योगको व्यवसाय

    एक्टिभ कुरियर्स प्रा लि ABN सहितको एक व्यवसाय हो जसले थुप्रै ग्राहकहरुलाई पार्सल तथा वितरण सेवा उपलब्ध गराउँछ।

    एक्टिभले वर्षभरि वितरण गर्नका लागि चारवटा कन्ट्रयाक्टरहरुको प्रयोग गर्छ। ली त्यस्ता कन्ट्रयाक्टरमध्ये एक हुन् जसले वितरण पूरा गरेबापत एक्टिभलाई बिजक (ईनभ्वाईस) पठाउँछ।

    कुरियर सेवा प्रदायक भएकोले एक्टिभले कन्ट्रयाक्टरहरुलाई उपलब्ध गराएको सबै भुक्तानीहरुको रिपोर्ट गर्नुपर्ने आवश्यक्ता हुन्छ जसमा त्यसका लागि कुरियर सेवा उपलब्ध गराउने ली लगायतका कन्ट्रयाक्टरहरु पर्छन्।

    End of example

    के तपाईको व्यवसायले अन्य सेवाहरु उपलब्ध गराउँछ?

    यदि कुरियर सेवा तपाईको व्यवसायको एक मात्र हिस्सामात्र हो भने तपाईले निम्न कुराको अभ्यास गर्नुपर्छ:

    • तपाईले उपलब्ध गराउने कुरियर सेवाबाट तपाईको व्यवसायको कति आम्दानी हुन्छ?
    • आर्थिक वर्षका लागि तपाईको कुल GST कारोबार कति हुन्छ (त्यो हो, तपाईको व्यवसायको आम्दानी, नाफा होइन)?

    यदि कुरियर सेवाका लागि तपाईले प्राप्त गर्ने कुल भुक्तानी निम्न हो भने:

    • तपाईको GST कारोबार १०% वा बढी छ– तपाईले कन्ट्रयाक्टरहरुको कुरियर सेवाका लागि गरिने भुक्तानीको रिपोर्ट गर्न TPAR दाखिला गर्नुपर्छ।
    • तपाईको GST कारोबार १० प्रतिशतभन्दा कमछ– तपाईले TPAR दाखिला गर्नुपर्ने आवश्यकता हुन्न।

    हरेक आर्थिक वर्षका लागि निम्न सूत्र प्रयोग गरेर तपाईले यस प्रतिशत निकाल्न सक्नुहुन्छ:

     कुरियर सेवाका लागि प्राप्त गरेका कुल भुक्तानीहरु ÷ कुल हालको वा अनुमानित GST कारोबार × 100 

     उदाहरण: कुरियर तथा अन्य सेवाहरु प्रदान गर्ने व्यवसाय

    क्विक स्मार्ट टेलर्स प्रा लि एउटा ABN सहितको व्यवसाय हो जसले कपडा मर्मत सेवा उपलब्ध गराउँछ। उनीहरुले एउटा सह-व्यवसाय पनि सञ्चालन गर्छन् जसले व्यवसायहरुलाई एक्सप्रेस पार्सल तथा चिठीपत्र वितरण सेवाहरु प्रदान गर्छ।

    क्वीक स्मार्ट टेलर्सले विभिन्न सेवाहरु प्रदान गर्ने भएता पनि उनीहरुले उपलब्ध गराउने पार्सल तथा चिठीपत्र वितरण सेवा कुरियर सेवा हो जो उनीहरुको कपडा मर्मत तथा परिवर्तन सेवाभन्दा फरक छ।

    क्वीक स्मार्ट टेलर्सले पार्सल तथा चिठीपत्र वितरण गर्नका लागि कुरियरहरुलाई भर्ति गर्छन्।

    वर्षको अन्त्यमा, यदि क्वीक स्मार्ट टेलर्स प्रा लि ले कुरियर सेवाका लागि प्राप्त गरेको कुल भुक्तानी यसको हालको वा अनुमानित GST कारोबारभन्दा १० प्रतिशत वा बढी हुन्छ भने यसले कुरियर सेवाका लागि कन्ट्रयाक्टरहरुका लागि यसले दिने भुक्तानी TPAR मा रिपोर्ट गर्नुपर्ने आवश्यकता हुन्छ।

    End of example

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त

      Last modified: 23 Nov 2018QC 57326