करदाता अधिकारपत्र (चार्टर) – जुन तपाईले जान्न आवश्यक पर्छ
प्रस्तावना
अष्ट्रेलियाको कर तथा सुपरएनुएसन प्रणाली सामुदायिक सम्पत्ति हुन जसले हामीलाई अष्ट्रेलियामा आउन्दित जीवनको लागि सहयोग गर्छ। हामी सबैको त्यसको हेरचाह तथा मर्मत गर्ने भूमिका हुन्छ।
Australian Taxation Office (ATO) ले कर तथा सुपरएनुएसन प्रणालीमा तत्पर सहभागितालाई बढावा दिएर अष्ट्रेलियनहरुको आर्थिक तथा सामाजिक कल्याणका लागि योगदान पुर्याउँछ।
कानुनअन्तर्गतको जिम्मेवारीहरु पूरा गरेर अष्ट्रेलियनहरुले आफ्नो भूमिका निर्वाह गर्छन्।
तपाईसँग हाम्रो सम्बन्ध आपसी विश्वास तथा सम्मानमा आधारित छ। हामी त्यस सम्बन्धलाई निम्न तरिकाले पालनपोषण गर्छौः
- तपाईलाई व्यावसायिक, सम्मानित तथा समयोचित सेवा उपलब्ध गराएर
- तपाईलाई निष्पक्ष तथा सम्मानितरुपमा व्यवहार गरेर
- तपाईको परिस्थिति तथा पहिले पालन गरिएका व्यवहारका आधारमा संलग्न गराएर
- तपाईले सही तरिकामा काम गराउनका लागि सम्भव भएसम्म सजिलो बनाएर
- ती प्रणालीहरुमा सहीरुपमा सहभागी हुन चाहनेलाई सहायता प्रदान गरेर
- तपाई तथा समुदायसँगको कारोबारमा खुला, पारदर्शी तथा उत्तरदायी भएर
- हाम्रा सेवाहरुलाई अति प्रभावकारी तथा कुशल तरिकाले वितरण गरेर।
करदाता अधिकारपत्र (चार्टर) ले तपाईको अधिकारको प्रस्तुत गर्छ। यसले कर तथा सुपरएनुएसन प्रणाली लागू गर्दा तपाईले हामीबाट आशा गर्न सक्ने कुरालाई वर्णन गर्छ। हामी तपाईसँगको हाम्रा सबै कारोबारमा यसलाई अनुसरण गर्न कटिबद्ध छौं।
परिचय
चार्टरले तपाई वा तपाईको रोजाइको प्रतिनिधिसँग व्यवहार गर्दा हामीले गर्ने आचरण दर्शाउँछ।
यो हामीले लागू गर्ने कर, सुपरएनुएसन, उत्पादन शुल्क तथा अन्य कानुनमा हामीसँग व्यवहार गर्ने जोकोहीका लागि हो।
यसले तपाईलाई निम्न कुराहरू बुझ्न मद्दत गर्नेछ:
- तपाईको अधिकार तथा बाध्यताहरु
- तपाईले हामीबाट के अपेक्षा गर्नुहुन्छ।
- यदि तपाई सन्तुष्ट हुनुहुन्न भने तपाईले के गर्न सक्नुहुन्छ
जब हामी ‘तपाई’ तथा ‘तपाईको’ भन्ने शब्दहरु प्रयोग गर्छौं यसले तपाईलाई व्यक्तिगतरुपमा र तपाईले आफ्नो प्रतिनिधिको रुपमा मनोनयन गरेको व्यक्तिलाई जनाउँछ।
‘हरेक’ ले ‘हामी’ तथा ‘तपाई’ लाई जनाउँछ।
तपाईका अधिकारहरु
तपाईले निम्न कुराका लागि हाम्रो अपेक्षा गर्न सक्नुहुन्छ:
तपाईलाई निष्पक्ष तथा उचितरुपमा व्यवहार गर्न
हामी गर्नेछौं:
- तपाईलाई शिष्टाचार, मनन तथा सम्मानका साथ व्यवहार
- सत्य तथा इमान्दारितापूर्वक व्यवहार
- विना भेदभावको कार्य
- अष्ट्रेलियन समुदायको विविधताप्रति सम्मान गर्न तथा संवेदनशील हुन
- कानुनअनुसार निष्पक्ष तथा न्यायसंगत निर्णयहरु गर्न
- तपाईको चासो, समस्या वा गुनासाहरुलाई निष्पक्ष तरिकाले तथा जतिसक्दो छिटो समाधान गर्न।
- निष्पक्ष तथा न्यायसंगत निर्णयहरु गर्न
- कानुनले हामीलाई अनुमति दिएअनुसार तपाईको कुरा सुन्न तथा तपाईको परिस्थितिहरुलाई विचार गर्न।
थप हेर्नुहोस्:
तपाईले अन्यथा तरिकाले व्यवहार नगरेसम्म तपाईलाई इमान्दार मानेर व्यवहार गर्न
हामी स्वीकार गर्छौं कि तपाईले दिने सूचना पूर्ण र सही छ हामीलाई अन्यथा सोच्नका लागि कारण प्राप्त नभएसम्म।
सामान्यता, हामी तपाईले अंकित गर्नुभएको मूल्यका आधारमा सूचना स्वीकार गर्छौं र यस सूचनाका आधारमा हामी तपाईको कर दायित्वलाई मूल्यांकन गर्छौं।
हामी जान्दछौं कि कहिलेकाहीँ मानिसहरुले भूल गर्छन्। हामी भूल तथा जानाजानी गरेको कार्यबीचको विभेदलाई छुट्याउँछौं तपाईलाई व्याख्या गर्नका लागि अवसर प्रदान गरेर। हामी तपाईलाई सुन्छौँ तथा तपाईको व्याख्यालाई विचार गर्छौं।
हामीले लागू गर्ने कानुनलाई सबैजनाले पालना गर्ने निश्चित गर्नका लागि हामी जिम्मेवार छौं। तपाईको सूचनालाई समीक्षा गर्नुको अर्थ हामी तपाईलाई बेइमानको रुपमा लिन्छौँ भन्ने होइन, तर यदि हामीले विसंगति पत्ता लगायौँ भने हामी चरणबद्ध कारबाही गर्न सक्छौँ।
थप हेर्नुहोस्:
तपाईलाई व्यावसायिक सेवा तथा सहायता प्रदान गर्दा
तपाई हामीसँग उत्पादक तथा व्यावसायिक कार्यगत सम्बन्धको अपेक्षा गर्न सक्नुहुन्छ किनकि हामीः
- तपाईको अधिकार तथा हकहरुबारे बुझाउन तपाईलाई मद्दत गर्छौं
- तपाईलाई व्यक्तिजन्य सेवा उपलब्ध गर्ने, जस्तै जब हामी आफ्नो परिचय दिन्छौं हामी हाम्रो नाम भन्छौं, तथापि केही परिस्थितिहरुमा हामी अर्को रुपको परिचय दिन सक्छौं
- तपाईलाई सम्पर्क विवरण दिन्छौं ता कि आवश्यक्ता भए तपाईले थप सूचना प्राप्त गर्न सक्नुहुन्छ
- यदि तपाईसँग जटिल प्रश्न छ भने तपाईलाई मद्दत गर्नका लागि कोही व्यक्तिको सम्पर्क स्थापित गराउँछौं
- तपाईलाई हामी सम्पर्क गर्छौं भन्दा हामी गर्छौं
- यदि तपाईको जिज्ञासालाई तुरुन्त उत्तर दिन तथा जतिसक्दो छिटो जवाफ दिन सकिन्न भने तपाईको सम्पर्क विवरण संकलन गर्नेछौं
- तपाईको सोधपुछ तथा अनुरोधहरुलाई समयोचित जवाफ प्रदान गर्ने उद्देश्य लिन्छौं
- हाम्रो भूललाई स्वीकार गर्छौं, माफी माग्छौं तथा सक्दो छिटो हामी तिनलाई सुल्झाउँछौं
- हाम्रो प्रकाशित सूचनामा तथा जब हामी बोल्छौं वा तपाईलाई लेख्छौं हामी सरल तथा स्पष्ट भाषा प्रयोग गर्छौं
- हाम्रो वेबसाइटमा हाम्रा केही सूचनाहरुलाई अंग्रेजीबाहेकका अन्य भाषामा उपलब्ध गराउँछौं (हेर्नुहोस्अन्य भाषामा सूचना)
- गैर-डिजिटल तरिका धेरै उपयुक्त भएको अवस्थामा बाहेक तपाईलाई डिजिटल रुपमा सुझाव तथा सूचना प्रदान गर्छौं
- सुझाव तथा सूचनामाथिको पहुँच प्रदान गर्नका लागि
तपाईको रोजाइको व्यक्तिबाट प्रतिनिधित्व तथा सुझाव प्राप्त गर्न सक्नुहुन्छ भन्ने स्वीकार गर्दै
तपाईको मामलामा तथा हामीसँग व्यवहार गर्दा तपाईले मद्दत प्राप्त गर्न सक्नुहुन्छ। फरक मामलाहरुमा तपाईलाई प्रतिनिधित्व गर्न तपाईले विभिन्न मानिसहरु पाउन सक्नुहुन्छ। मद्दतहरुमा कर फिर्ताको तयारी, कृयाकलापको विवरण, मूल्यांकनका विरुद्ध विरोध तथा तपाईको मामलाबारेमा सुझाव प्राप्त गर्नुलगायतका कुरा पर्न सक्छन्।
तपाईले हामीलाई दिने सूचनाको शुद्धताका लागि तपाईको दर्तावाल एजेन्टलगायतका अरु कसैले तपाईलाई कर फिर्ता वा अन्य कर कागजात तयार गर्नका लागि मद्दत गर्छन् भने पनि तपाई अझै पनि जिम्मेवार हुनुहुन्छ।
तपाईको तर्फबाट काम गर्ने व्यक्ति चाहनुहुन्छ वा हामीसँग तपाईको मामलाको विषयमा छलफल गर्न चाहनुहुन्छ भने तपाईले हामीलाई भन्नुपर्छ।
धेरैजसो स्थितिमा तपाईले आफूलाई मद्दत गर्ने जुनै व्यक्ति पनि रोज्न सक्नुहुन्छ तर यस मद्दत उपलब्ध गराएबापत कसले शुल्क लिन सक्छ भन्ने कानुनले निर्धारण गर्छ। सामान्यतया, दर्तावाल कर एजेन्ट वा BAS एजेन्ट (दर्तावाल एजेन्ट) ले मात्र कर एजेन्ट सेवा उपलब्ध गराएबापत शुल्क लिन सक्छन्।
कर एजेन्ट सेवाको व्यवस्थाको नियमन गराएबापत Tax Practitioners Board जिम्मेवार हुन्छ।
यदि तपाईले प्रतिनिधि रोज्नुहुन्छ भने उनीहरुसँग पनि तपाईको व्यक्तिगतजस्तै चार्टरअन्तर्गत उही अधिकार तथा कर्तव्य हुनेछ।
थप हेर्नुहोस्:
तपाईको गोपनीयताको सम्मान
कर तथा सुपरएनुएसन कानुन लागू गर्नका निमित्त हामी तपाईका बारेमा सूचना संकलन गर्छौं। हामी यस सूचनालाई तपाईबाट प्राप्त गर्न सक्छौं वा अन्य पक्षबाट जस्तै तपाईको प्रतिनिधि, अन्य सरकारी एजेन्सी तथा बैंकहरु। हामी तपाईको गोपनीयतालाई सम्मान गर्छौं र तपाईको सूचनालाई गोप्य राख्छौं। केही विशेष परिस्थितिहरुमा कानुनले तपाईको सूचनालाई अन्यसँग खुलासा गर्ने स्वीकृति दिन्छ (म छ र यसले सरकारी तथ्यांकको जोडा मिलाउने निर्देशिका External Link पालना गर्छ सबै।
यदि तपाईलाई लाग्छ कि हाम्रो कार्यको कारणले गर्दा तपाईको निजीपन वा तपाईको कर सूचनाको गोपनीयतालाई सम्झौता भएको छ भने तपाईको पहिलो कदम हुन्छ तपाईले व्यवहार गरिरहनुभएको कर अधिकारीसँग यसलाई समाधान गर्ने कोशिस गर्नुपर्छ (वा तपाईलाई दिइएको फोन नम्बरमा सम्पर्क गर्नुहोस्)।
यदि तपाई सन्तुष्ट हुनुहुन्न भने कर अधिकारीको व्यवस्थापकसँग कुरा गर्नुहोस्। अझै पनि तपाई सन्तुष्ट हुनुहुन्न भने तपाईले उजुरी फाराम प्रयोग गरेर उजुरी गर्न सक्नुहुन्छ वा 1800 199 010 मा फोन गर्न सक्नु हुन्छ।
गोपनीयता आयुक्त
यदि तपाई हामीले तपाईको उजुरीलाई सम्हालेको तरिकासँग सन्तुष्ट हुनुहुन्न भने Privacy Commissioner ले तपाईलाई मद्दत गर्न सक्नुहुनेछ। Privacy Commissioner का बारेमा थप जानकारी उनीहरुको वेबसाइट oaic.gov.auExternal Link बाट उपलब्ध हुन्छ वा तपाईले 1300 363 992 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
थप हेर्नुहोस्:
तपाईको गोप्य सूचना हामीले राख्दा
हामीले तपाईको सूचना सुरक्षित तथा गोप्य राख्नुपर्छ। हामी निम्न कुराबाट बाँधिएका छौं:
हामी तपाईको व्यक्तिगत सूचनाको सुरक्षा तथा गोपनीयतालाई निकै गम्भीरताका साथ लिन्छौं। तपाईको तथ्यांक तथा हामीसँगको अनलाइन कारोबार सुरक्षित छ भन्ने कुरा सुनिश्चित गर्न हामीसँग उपायहरु छन्।
जब त्यो हाम्रो कामको आवश्यक पाटो बन्छ वा जहाँ कानुनले हामीलाई त्यसो गर्ने अनुमति दिन्छ तब मात्र हामी तपाईको सूचनालाई हेर्न, रेकर्ड गर्न, छलफल वा खुलासा गर्न सक्छौं। हामीले उपलब्ध गराउने सेवाको गुणस्तरलाई निगरानी गर्न वा कानुनलाई लागू गराउँदा जहाँ आवश्यक पर्छ त्यहाँ हामी फोन कललाई रेकर्ड गर्छौं। तपाईको सूचनालाई खुलासा गर्नुपर्ने सामान्य कारण भनेको सरकारी लाभको लागि तपाईको योग्यतालाई जाँच गर्न तथा कानुनको कार्यान्वयनका लागि हो।
तपाईको मामलाहरुबारे छलफल गर्न यदि तपाई हामीलाई सम्पर्क गर्नुहुन्छ भने तपाईसँग आफ्नो पहिचानको प्रमाण हुनुपर्छ। यसले तपाईको व्यक्तिगत सूचना तपाईलाई मात्र वा कोही व्यक्ति जसले तपाईको तर्फबाट काम गर्न अधिकार पाएको देखाउन सक्छ उनीहरुलाई मात्र दिएको निश्चित हुन्छ। यदि तपाईले हामीलाई फोन गर्नुहुन्छ भने, उदाहरणका लागि, ATO-उत्पादित सूचनाबाट तपाईको जन्ममिति, तपाईको ठेगाना (हामीलाई पहिले जानकारी दिएअनुसार) र विवरणहरु दिएर तपाईले आफ्नो पहिचानलाई प्रमाणित गर्न सक्नुहुन्छ। तपाईको परिस्थितिहरुको आधारमा अन्य सूचनालाई पनि प्रमाणका रुपमा प्रयोग गर्न सकिन्छ।
थप हेर्नुहोस्:
हामीले राख्ने तपाईबारेको सूचनामाथि तपाईलाई पहुँच दिँदा
सूचनाको स्वतन्त्रता ऐन १९८२ (Freedom of Information Act 1982) (FOI ऐन) ले हामीसँग तपाईको कागजातमा रहेको तपाईको विवरणहरूको जानकारी पाउने अधिकार दिन्छ। तपाईले त्यस्ता कागजातमा पनि पहुँच प्राप्त गर्न सक्नुहुन्छ जसले हामीलाई निर्णय गर्न मद्दत गर्छ, जस्तै सार्वजनिक नियमहरु, ATO प्रकृयाहरु तथा निर्देशिकाहरु।
यदि तपाईको लागि उपलब्ध नभएका कुनै पनि कागजातमाथि हाम्रा अनलाइन च्यानेलमार्फत पहुँच प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई पहिला सम्पर्क गर्नुहोस्। हामी धेरै अनुरोध गरिएका कागजातहरुको प्रतिलिपिलाई सूचनाको स्वतन्त्रता अनुरोध विना प्रदान गर्न सक्छौं। उदाहरणका लागि, कुनै पनि मूल्यांकनको सूचनाको प्रतिलिपि निःशुल्क पाइन्छ। हामी कुनै पनि हालसालको कर फिर्ताको प्रतिलिपिहरु पनि उपलब्ध गराउन सक्छौं, यद्यपि त्यसका लागि थोरै शुल्क लाग्न सक्छ।
यदि तपाई ठान्नुहुन्छ कि तपाऐको विवरण अपूर्ण, गलत, पुरानो वा भ्रमित पार्ने खालको छ भने हामीले तपाईका बारेमा राख्ने व्यक्तिगत विवरणलाई परिवर्तन गर्नका लागि हामीलाई अनुरोध गर्ने अधिकार तपाईसँग छ।
हामी केही कागजातहरुमाथि तपाईलाई पहुँच प्रदान नगर्न सक्छौं किनभने तिनीहरु एफओआई (FOI) ऐनबाट मुक्त छन् – उदाहरणका लागि, यदि खुलासाले यथोचित रुपमा अनुसन्धानमा पक्षपात गर्ने वा कानुनको उचित कार्यन्वयनमा व्यवधान गर्ने अपेक्षा गरिन्छ भने।
सूचनाको स्वतन्त्रता अनुरोधको शुल्कलाई कानुनद्वारा निर्धारण गरिएको छ।
थप हेर्नुहोस्:
सही ढंगले कामकाज गर्न तपाईलाई मद्दत
हामी सही, निरन्तर तथा स्पष्ट सूचना प्रदान गर्ने उद्देश्य राख्छौं तपाईलाई आफ्नो अधिकार तथा हक र तपाईको कर्तव्यबारे बुझाउन मद्दत गर्न।
हाम्रो सूचनामा सामान्यतया कसरी कानुन लागू हुन्छ भन्नेदेखि लिएर तपाईको व्यक्तिगत परिस्थितिलाई दिइएका सुझावसम्मका प्रकाशित सूचनाहरु पर्छन्।
यदि तपाई हाम्रो प्रकाशित सूचनाले तपाईको परिस्थितिलाई पूर्णरुपमा समेट्दैनन् भन्ने लाग्छ भने वा यो तपाईका लागि कसरी लागू हुन्छ भन्नेमा अनिश्चित हुनुहुन्छ भने हामीलाई वा व्यावसायिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्, यसले तपाईको आवश्यकताका लागि सबैभन्दा बढी उपयुक्त सूचना के हुन्छ भन्ने बारेमा काम गर्न मद्दत गर्छ।
यदि हाम्रो सूचना गलत वा भ्रमित भएमा
यदि तपाई हाम्रो सूचनालाई पछ्याउनुहुन्छ र यो गलत वा भ्रामक भएको ठहरिन्छ भने र परिणामस्वरुप तपाईले भूल गर्नुहुन्छ भने हामी कुन कारवाही आवश्यक छ, कुनै भए, भन्ने कुरा निर्धारण गर्दा त्यसलाई विचार गर्छौं।
हाम्रो सूचनामाथि कसरी पहुँच पाउने
तपाई हाम्रो वेबसाइट वा तपाईलाई पठाइएको छापिएको प्रकाशनको प्रतिबाट सूचनामाथि पहुँच प्राप्त गर्न सक्नुहुन्छ। हाम्रो सूचनालाई तपाईले पहुँच पाउन सक्दो सजिलो बनाउनेछौं र हामीलाई सम्पर्क गर्ने समकालीन तरिकाहरु तपाईलाई प्रदान गर्नेछौं। तपाईले:
थप हेर्नुहोस्:
हामीले तपाईबारे गर्ने निर्णयहरुलाई व्याख्या गर्दा
तपाईको मामलाबारेमा हामीले गर्ने निर्णय तपाईलाई व्याख्या गर्छौं र तपाईको मुद्दालाई सम्हालिरहेको ATO को क्षेत्रका लागि तपाईलाई सम्पर्क नम्बर वा इमेल ठेगाना प्रदान गर्छौं। हामी हाम्रो निर्णयलाई स्पष्टरुपमा व्याख्या गर्नेछौं। यदि तपाईसँग प्रश्नहरु भएमा, हामीले कुनै भूल गरेको लागेमा, वा हाम्रो निर्णयको लागि प्रशस्त कारणहरु नदिइएमा तपाई वा तपाईको मनोनीत प्रतिनिधिलाई उपलब्ध गराइएको विवरण प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।
सामान्यतया, हामी लेखाइमा हाम्रो निर्णयलाई व्याख्या गर्छौं। यदि हामीले हाम्रो निर्णयलाई मौखिकरुपमा दिन्छौं भने सँगै हामी तपाईलाई स्पष्टीकरण पनि दिनेछौँ। केही निकै सीमित परिस्थितिहरुमा, हामी हाम्रो निर्णयहरुलाई पूर्णरुपमा व्याख्या गर्न समर्थ हुने छैनौँ, यद्यपि हामी सके जति सूचना उपलब्ध गराउँछौं। उदाहरणका लागि, यदि:
- अर्को व्यक्ति संलग्न भएको छ भने, हाम्रो निर्णयबारेमा सूचना खुलासा गर्दा कर कानुनअन्तर्गत तिनीहरुको निजीपन वा गोपनीयताको व्यवस्था भंग हुन्छ
- हामीले छलकपटको शंका गरेमा, हामी सूचना खुलासा गर्ने छैनौं किनकि यसले हाम्रो अनुसन्धानलाई मुश्किलमा पार्न सक्छ।
प्रशासनिक निर्णय (न्याय समीक्षा) ऐन १९७७ (ADJR), अन्तर्गत हामीले तपाईले कर मामलाका बारेमा गर्ने केही निर्णयहरुको कारण खुलाइएको लिखित विवरण निःशुल्क पाउने हक तपाईको हुन्छ। उक्त ऐनले सबै निर्णयहरुलाई समेट्दैन तथा केही महत्वपूर्ण अपवादहरु छन् – उदाहरणका लागि, मूल्यांकनका बारेमा निर्णयहरु।
थप हेर्नुहोस्:
- ADJR का बारेमा थप जानकारीका लागि, उत्तरदायित्व तथा निर्णयको समीक्षा (Accountability and Review of Decisions) मा जानुहोस्।
तपाईको समीक्षा गर्ने अधिकारको सम्मान
जब हामी तपाईको मामलाको बारेमा तपाईलाई निर्णय दिन्छौं, हामी तपाईले निर्णयलाई कसरी समीक्षा गर्न सक्नुहुन्छ र समीक्षाका लागि अनुरोध गर्न समयसीमा छ कि भनेर व्याख्या गर्छौं।
यदि थुप्रै समीक्षा विकल्पहरु भएमा हामीले तिनीहरुको फरकपनका बारेमा व्याख्या गर्नेछौं। केही समीक्षाहरुले कानुनका प्रश्हरुलाई हेर्नेछन् भने अरुले हामीले निर्णयमा पुग्न सही प्रकृया अपनाएको हो होइन निश्चित गर्न संलग्न हुन सक्छन्।
हामी समस्याहरुलाई जतिसक्दो छिटो समाधान गर्न तपाईसँग काम गर्नेछौँ। यदि हामीले कुनै भूल गरेका छौँ भने हामी सबैभन्दा थोरै मूल्यमा हामी दुवैका लागि समाधान गर्न चाहन्छौँ।
यदि तपाई हामीलाई निर्णयको समीक्षा गराउन चाहनुहुन्छ भने हामीले उपलब्ध गराएको सम्पर्क विवरणको प्रयोग गर्नुहोस्।
पहिलेको निर्णयमा संलग्न नभएको स्वतन्त्र अधिकारीले समीक्षालाई हेर्नेछन्।
यदि तपाई निर्णयको हाम्रो समीक्षामा असहमत हुनुहुन्छ भने तपाईले स्वतन्त्र बाह्रय समीक्षाका लागि अनुरोध गर्न सक्नुहुन्छ। केही निर्यणहरुका लागि, तपाईलाई प्रशासकीय अपिल ट्रिब्युनलमा आवेदन दिने वा संघीय अदालतमा अपिल गर्ने विकल्प हुनेछन्। हामीले हाम्रो नमूना मुद्दामामिला कर्तव्यलाई पूरा गर्नेछौँ जसमा अदालतको लागि तयारी तथा कारवाही प्रकृया, ट्रिब्युनल वा फैसला गर्ने संस्था, सोधपुछ, आर्बिट्रेसन अथवा मध्यस्थता तथा अन्य विवाद समाधान प्रकृयाहरु समावेश हुन्छन्।
थप हेर्नुहोस्:
क्षतिपूर्ति
केही परिस्थितिहरुमा तपाईलाई क्षतिपूर्ति पाउने अधिकार हुन सक्छ। यदि तपाईलाई हाम्रो कार्यका कारण तपाईलाई प्रत्यक्षरुपमा आर्थिक नोक्सानी भएको लाग्छ भने तपाई हाम्रो वेबसाइटमा क्षतिपूर्तिका लागि कसरी आवेदन दिने भन्ने जानकारी हेर्न सक्नुहुन्छ वा हाम्रो निःशुल्क क्षतिपूर्ति हेल्पलाइन 1800 005 172 मा सम्पर्क गर्नुहोस्।
थप हेर्नुहोस्:
उजुरी गर्ने तपाईको अधिकारलाई सम्मान
यदि तपाई हाम्रो निर्णय, सेवा वा कारवाहीमा सन्तुष्ट हुनुहुन्न वा तपाईलाई हामीले चार्टरको पालना गरेनौँ भन्ने लाग्छ भने तपाईले उजुरी गर्न सक्नुहुन्छ।
हामी सिफरिश गर्छौं कि:
- सबभन्दा पहिला, तपाईसँग व्यवहार गरिरहेको कर अधिकारीसँग तपाईको समस्याको समाधान गर्ने कोशिश गर्नुपर्छ (वा तपाईलाई दिइएको फोन नम्बरमा सम्पर्क गर्नुहोस्)
- यदि तपाई सन्तुष्ट हुनुहुन्न भने, वा तपाईले कर अधिकारीसँग समस्यालाई उठाउन कठिन महसुस गर्नुहुन्छ भने कर अधिकारीको व्यवस्थापकसँग कुरा गर्नुहोस्
- यदि तपाईको उजुरीलाई सम्हालेको तरिकासँग तपाई सन्तुष्ट हुनुहुन्न भने हाम्रो गुनासो लाइन 1800 199 010 मा फोन गर्नुहोस्।
तपाईले यसरी उजुरी गर्न सक्नुहुन्छ:
- गुनासो फाराम अनलाइन दाखिला गरेर
- हामीलाई 1800 060 063 मा Freefax गरेर
हामी गुनासालाई गम्भीरताका साथ लिन्छौँ। यदि तपाई कुनै समस्या वा गुनासोसहित हामीकहाँ आउनुहुन्छ भने हामी ति नलाई छिटो तथा निष्पक्षरुमा समाधान गर्ने कोशिस गर्छौं। गुनासोले हामीलाई महत्वपूर्ण प्रतिकृया पनि उपलब्ध गराउँछ र हामीलाई कसरी हाम्रा सेवाहरुमा सुधार गर्न सक्छौं भनेर थाहा पाउन मद्दत गर्छ।
थप हेर्नुहोस्:
Inspector-General of Taxation
यदि तपाईसँग गुनासाहरू छन् भने तपाईले त्यसलाई शुरुमा हामीसँग समाधान गर्ने कोशिस गर्नुपर्छ। यदि तपाई त्यसो गर्न असमर्थ हुनुभयो भने वा हामीले तपाईको गुनासोलाई सम्हालेको तरिकामा तपाईलाई सन्तोष मिलेन भने Inspector-General of Taxation ले तपाईलाई मद्दत गर्न सक्छन्।
अर्को चरणहरु:
तपाईलाई पालना गर्नका लागि सजिलो बनाउन
हामी तपाईको हामीसँगको व्यवहारलाई सम्भव भएसम्म निम्न तरिकाले सोझो तथा सजिलो बनाउँछौः
- तपाईको कर्तव्य तथा तिनीहरुलाई कसरी पूरा गर्ने भन्नेमा तपाईलाई बुझ्न सजिलो बनाएर
- कार्यभार, समय तथा संलग्न प्रयासलाई घटाएर पालना गर्न तपाईलाई सरल बनाएर
- तपाईलाई उचित लाग्ने उत्पादन तथा सेवाहरु निकालेर तथा तपाईले दिनहुँ प्रयोग गर्ने प्रणालीसँग मिलाएर
- सान्दर्भिक तथा समयोचित सेवा उपलब्ध गराउनका लागि डिजिटल उत्पादन तथा समकालीन प्रविधिहरुलाई सुधार गरेर।
यसलाई प्रभावकारी बनाउन हामी:
- समुदायसँग नियमित परामर्श गर्छौं
- हाम्रो उत्पादन तथा सेवाहरुको डिजाइनमा समुदायलाई संलग्न गराउँछौं
- जसले प्रयोग गर्ने हो ती मानिसहरुको आवश्यकतानुरुप उत्पादन बनाउँछौं, डिजिटललगायत।
- नमूना उत्पादन तथा सेवाहरुलाई त्यसलाई प्रयोग गर्ने मानिसहरुसँग परीक्षण गर्छौं।
उत्तरदायी भएर
हामी उत्तरदायी हुने र यस चार्टरमा गरिएका कटिबद्धता पूरा गर्ने जरुरतलाई गम्भीरतापूर्वक लिन्छौं।
जब हामी तपाईको मामलाको विषयमा निर्णय लिन्छौं, हामी त्यो निर्णयलाई व्याख्या गर्छौं र यसको सम्बन्धमा तपाईको अधिकार तथा कर्तव्यका विषयमा तपाईलाई भन्छौं। यदि तपाईलाई कुनै जिज्ञासा छ वा थप जानकारी चाहिन्छ भने हामी तपाईलाई सम्पर्क विवरण दिन्छौं।
यदि हामीले समस्यालाई तुरुन्त समाधान गर्न सक्दैनौं भने हाम्रो प्रगतिबारेमा हामी तपाईलाई जानकारी गराइरहन्छौं। समस्या समाधान गर्न हामी सबै जिम्मेवार कदमहरु चाल्छौं।
हाम्रो वेबसाइटमा हामी हाम्रो प्रदर्शनलाई सेवा (समयोचित) मापदण्डसँग प्रकाशित गर्छौं।
थप हेर्नुहोस्:
हामीले सामना गरिरहेका समस्याहरुबारे तथा हाम्रो कारवाहीको नतिजाका बारेमा हामी सार्वजनिक विवरण बाँड्छौं।
हाम्रो व्यावसायिकता तथा हाम्रो चार्टर कटिबद्धताको सम्बन्धमा हामी कसरी प्रदर्शन गरिरहेका छौं भन्ने निगरानी गर्न हामी समुदाय सर्वेक्षण गर्छौं।
हामी संसद तथा अष्ट्रेलियन समुदायप्रति उत्तरदायी छौं।
थप हेर्नुहोस्:
तपाईका कर्तव्यहरु
हामी तपाईबाट अपेक्षा गर्छौं:
सच्चा हुनु
कर तथा सुपरएनुएसन प्रणाली तपाईले पूर्ण तथा सही सूचना उपलब्ध गराएको आधारमा रहन्छ। यसमा निम्न समावेश हुन्छ:
- तपाईको कर फिर्ता, कृयाकलाप विवरण तथा अन्य कागजातहरुमा सही सूचना उपलब्ध गर्ने
- जब तपाई सुझाव खोज्नुहुन्छ पूर्ण तथ्य तथा परिस्थितिहरु उपलब्ध गर्ने
- प्रश्नहरुलाई पूर्ण, सही तथा इमान्दारिपूर्वक उत्तर दिने।
थप हेर्नुहोस्:
आवश्यक रेकर्ड राख्दा
कानुनले तपाईले राख्नुपर्ने रेकर्डलाई निर्धारण गर्छ।
राम्रो रेकर्ड राख्नाले तपाईलाई सही कर फिर्ता, कृयाकलाप विवरण तथा अन्य कागजातहरु तयार गर्न सजिलो बनाउँछ र साथै तपाईको आर्थिक मामलाको बाटोलाई पछ्याउन मद्दत गर्छ। सामान्यतया, तपाईको रेकर्ड अंग्रेजीमा हुनुपर्छ र पाँच वर्षका लागि राखिन्छ।
हामी विभिन्न स्थितिका लागि रेकर्ड राख्न थुप्रै सूचनाहरु प्रकाशित गर्छौं। यदि तपाईलाई थप सूचना चाहिन्छ भने हाम्रो वेबसाइट हेर्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्।
थप हेर्नुहोस्:
उचित हेरचाह गर्ने
तपाईले आफ्नो कर फिर्ता, कृयाकलाप विवरण तथा हामीलाई उपलब्ध गराउने अन्य कागजातमा पूर्ण तथा सही सूचना प्रदान गर्नका लागि उचित हेरचाह गर्नुपर्छ। यसको अर्थ हुन्छ तपाईको परिस्थितिमा उचित व्यक्तिले उसको कर्तव्यहरु पूरा गर्ने कुराको उचित हेरचाह तपाईले गर्नुपर्छ।
यदि दर्तावाल एजेन्टलगायत कसैले, तपाईलाई मद्दत गरेता पनि तपाई आफ्नो मामलाहरुका लागि जिम्मेवार हुनुहुन्छ।
थप हेर्नुहोस्:
म्याद मितिभित्र दाखिला गर्दा
कर फिर्ता, कृयाकलाप विवरण, अन्य कागजात तथा सूचनालाई दाखिला गरिनुपर्छ वा निश्चित मितिभित्र फिर्ता गरिनुपर्छ। यदि तपाईलाई ती मितिहरुको पालना गर्नमा कठिनाइ भइरहेको छ भने कागजात वा सूचनाको म्याद गुज्रिनुअघि हामीलाई सम्पर्क गर्नुहोस्। तपाईको परिस्थितिहरुको आधारमा, हामी तपाईलाई दाखिला गर्नका लागि अतिरिक्त समय दिन सक्छौं।
यदि तपाईले तिर्नुपर्ने रकम तिर्न सक्नुभएन भने पनि तपाईले अझैपनि कर फिर्ता वा कृयाकलाप विवरणलाई समयमै दाखिला गर्न सक्नुहुन्छ। हामी तपाईलाई भुक्तानी गर्नका लागि अतिरिक्त समय दिनका लागि सक्षम हुन सक्छौं (‘म्याद मितिभित्र भुक्तानी’ हेर्नुहोस्)।
तपाईले समयमै दाखिला गर्नुभएन भने जरिवाना लाग्न सक्छ।
थप हेर्नुहोस्:
म्याद मितिभित्र भुक्तानी
तपाईले तिर्नुपर्ने कर तथा अन्य रकमहरु म्याद मितिभित्र तपाईले तिर्नुपर्छ। यदि तपाईलाई कठिनाइ भइरहेको छ भने तपाईको स्थितिको बारेमा छलफल गर्न म्याद मितिभन्दा अगावै हामीसँग सक्दो छिटो सम्पर्क गर्नुहोस्। तपाईलाई विनाब्याज भुक्तानी गर्न थप समय दिईने वा किस्तामा तिर्ने सम्झदारी हुने सम्भावना हुन सक्छ। यदि तपाई विस्तारित भुक्तानी बन्दोबस्त गर्नुहुन्छ भने पनि, ढिलो भुक्तानीमा लागेको ब्याज तिर्नुपर्ने सम्भावना हुन सक्छ।
थप हेर्नुहोस्:
समन्वयात्मक हुँदा
तपाईको कर्तव्यलाई स्वेच्छिकरुपमा पूरा गराउन मद्दत उपलब्ध गराउँदै हामी तपाईसँग समन्वयात्मक रुपमा काम गर्न रुचाउँछौं। यदि तपाई असमन्वयकारी तथा बाधक भएमा हामीलाई कडा कारवाही गर्नुपर्ने आवश्यक्ता पर्न सक्छ। उदाहरणका लागि, हामीसँग औपचारिक पहुँच तथा सूचना संकलनको अधिकार छ र आवश्यकता हुँदा त्यसलाई हामी प्रयोग गर्छौं। जरिवानाहरु लागू हुन सक्छन् तथा जो मानिसहरु व्यवधानकारी हुन्छन् उनीहरुमाथि मुद्दा चलाइन सक्छ।
हामी आशा गर्छौं कि तपाईले पनि हामीलाई उही शिष्टाचार, मनन तथा सम्मानका साथ हामीलाई व्यवहार गर्नुहुन्छ जस्तो तपाईले हामीबाट अपेक्षा राख्नुहुन्छ तथा हामीबाट प्राप्न गर्नुहुनेछ। यदि हामीमाथि अशिष्ट वा अपमानजनक व्यवहार गरिन्छ भने हाम्रा कर्मचारीको सुरक्षा तथा भलोका लागि हामी अन्तर्वार्ता वा फोन वार्तालाई अन्त्य गर्न सक्नेछौँ।
करदाता अधिकारपत्र (चार्टर) ले ATO सँग व्यवहार गर्नुपर्दा करदाताको रुपमा तपाईको अधिकार तथा जिम्मेवारीहरु प्रस्तुत गर्छ। यसले करदाता तथा ATO बीचको व्यवहारको विस्तृत विवरण दर्शाउँछ।