ato logo
Search Suggestion:

स-साना व्यवशायका लागि GST र खानेकुरा

Last updated 9 July 2019

प्रारम्भ गर्दै

GST के हो?

सरसामानहरु र सेवा कर(GST) अष्ट्रेलियामा प्रायजसो सामानहरु र सेवाहरु बिक्री गर्दा वा सेवन गर्दा लाग्ने १०% कर हो। यदि तपाई व्यवशाय संञ्चालन गर्दै हुनुहुन्छ भने, तपाईले GST को बारेमा जान्नु पर्दछ

यदि तपाई दर्तित हुनुहुन्छ भने, वा GST दर्ता गर्नु पर्ने हुन्छ भनेः

  • तपाईको ग्रहाकलाई सामान बिक्री गर्दा लाग्ने GST संलग्न गर्नुहोला
  • यदि तपाई बिक्री 'GST - मिनाह' वा 'क्रय कर' लागेको छ भने मूल्यमा GST संलग्न नगर्नुहोला
  • साधारणतया, यदि खरिद GST बिना वा बिक्री कर लाग्ने छ भने तपाईले व्यवशायको लागि किनेको मुल्यमा संलग्न GST दावी गर्न सक्नुहुनेछ।

GST र खानेकुरा

यदि तपाईको व्यवशायमा खाना बिक्री गर्नु हुन्छ भने, तपाईके कुन सामानमा GST लगाउनु पर्दछ थाहा पाउनु पर्दछ।

सबै खानेकुराहरुमा कर लाग्दछ भन्ने हुँदैन। केहि कानेकुराहरु GST बिनाको पनि हुन्छ। तपाईको ग्रहाकलाई सामान बिक्री गर्दा लाग्ने GST बिनाको खानेकुरा छ भने संलग्न नगर्नुहोला

'GST नलाग्ने' खानाहरु र पेयहरुको उदारहणहरुः

  • पाउरोटी(ब्रेड) र ब्रेड रोल गुलियो जलप वा भरेको छैन भने
  • पकाउने खानाहरु जस्तै पिठो, चिनी र केक मिसावटहरु
  • पकाउने तेल र बोसोहरु
  • फ्लेभर बिनाको दुध, क्रिम, चिज र अण्डाहरु
  • मसलाहरु र ससहरु
  • फलफूल वा तरकारीका जुस जसमा कमसेकम ९०% फलफूल वा सागसब्जीहरुको जुस छ भने
  • बोतलको पिउने पानी
  • चिया र कफी (पिउनको लागि तयारी नभए सम्म)
  • बालबच्चाका खानाहरु र नाबालक फरमुला(पाउडर दुध)(१२ महिना भन्दा कम उमेरको बच्चाहरुको लागी)
  • मानिसहरुले खाने मासु (तयार गरेको खाना वा चमेनाका बाहेक)
  • फलफूल, सागसब्जीहरु, माछआ र सुप(झोल)(तर तातो सुप हैन)
  • स्प्रेडहरु, जस्तै मह, जाम र पिनट बटर
  • ब्रेकफाष्ट सिरियलहरु

तपाईको सामान GST बिनाको भएपनि, कुनै कुनै बखतमा कर लाग्ने पनि हुन सक्दछ। उदारअणको लागि, ब्रेड रोलहरु रेष्टुराँमा बेचेसम्म र तपाईको ग्रहाकले रेष्टुराँमा खाए सम्म GST बिहिन हुन्छ।

'कर लाग्ने खानाहरु र पेयहरु' को उदारहणहरुः

  • बेकरीका सामानहरु जस्तै केकहरु, पेष्ट्रीहरु र पाईहरु
  • बिस्कुटहरु, क्रिप्सब्रेडहरु, क्रयाकरहरु, प्रीटजेलहरु, कोनहरु र वाईफरहरु
  • नास्ताका खानेकुराहरु जस्तै आलु चिप्सहरु
  • चकलेटहरु, ललिहरु र म्युजली बारहरु लगाएतका मिठईहरु
  • बरफ र त्यस्तै खालका सामानहरु
  • सफ्ट ड्रिङ्कस्हरु र फ्लेभर भएको दुध जस्तै चकलेट दुध
  • खानाका किस्तीहरु
  • तयारी खानेकुराको रुपमा प्रसार भएका खानाहरु जस्तै सुसी, तरकारी र भातका परिकारहरु
  • बिक्री गरेको स्थानमै खाएका सबै खानाहरु र पेयहरु उदारहणको लागि रेष्टुराँ र क्याफेहरु
  • टेक अवेको रुपमा बिक्री गरिएका तातो सम्पूर्ण खानाहरु
  • मानविय खपतको लागि नभएका खानाहरु, उदारहणको लागि घरपालुवा जनावरहरुको खानाहरु
  • खाना वा खाना जस्तै दुरुस्तैका खानेकुराहरु जुन विशेष गरेर GST कानूनमा कर लाग्ने भनेर उल्लेखित भएका खानाहरु
  • पेय पदार्थ वा त्यसमा मिसावट गर्ने सामाग्रीहरु जुन GST कानूनमा GST बिहिन भनेर उल्लेखित छैन भने
  • GST कानून अनुसार प्रशोधन वा उपचार(बनाउने) नगरे सम्म खानाको रुपमा नलिईने सामाग्रीहरु यसमा पर्ने कुराहरुः
    • क्रष्टासिनज् वा मोलुसेज बाहेकका जिऊँदो जनावरहरु
    • प्रशोधन नगरिएका वा उपचार नगरिएका गेडागुडी, सिरियल वा उखु
    • जिवित(हराभरा) विरुवाहरु(जस्तै बन्दाका बिरुवा वा गमलाका सब्जीहरु)
     

यसमा पनि हेर्नुहोलाः

GST र खाना बितरण पद्दती

खाना बितरणको निश्चित क्रममा GST लाग्नेछ। GST जहाँ बितरणको बेला सामानहरु निम्न स्तरमा पुग्दछ त्यसबेला लाग्नेछः

  • बितरणको एक निश्चित बखत जहाँ मानविय खपतको लागि हुनेछैन, वा
  • GST कानून बमोजिक कर लागेमा

यदि तपाई GST दर्तित व्यवशाय हुनुहुन्छ भने, तपाईले आफ्नो व्यवशायको लागि खरिदगरेका सामानहरुमा तिरेको GST को 'GST क्रेडिट' दाबी गर्न सक्नुहुनेछ।

यदि तपाईले आयकरमा घटाउन नमिल्ने 'मनोरञ्जन खर्च' कालगि उपलब्ध गराईएका सामानहरुको GST क्रेडिट छ भने दाबी गर्न सक्नुहुनेछैन।

उदारहणकालागिः GST र खाना बितरण पद्दतीको कुन बखत लाग्नेछ?

एउटा विरुवा बेच्ने नर्शरीले बन्दाको बिरुवा अर्को GST दर्तित बजारको मालीलाई बेच्दछ भने। विरुवाहरु करलाग्ने बिक्री हुनेछ किनकी ति बिरुवाहरु हुर्काउने क्रममा छन्।

बिरुवाको नर्शरीले ग्रहाकलाई GST लगाउनेछ र हामीलाई तिर्नेछ।

बजारको मालिले बिरुवालाई तिरेको पैसामा संलग्न GST, GST क्रेडिटको रुपमा दाबी गर्न सक्दछ।

बजाउको मालिले बन्दा हुर्काउनेछ, टिप्नेछ र सब्जी होलसेलरलाई बिक्री गर्नेछ। बजार मालिले गरेको बिक्री GST बिनाको हुनेछ किनकी यो अब मानवकोलागि खाना हुनेछ र बिक्रयमा कर लाग्ने छैन।

तरकारी होलसेलरले बन्दा सुपरमार्केटलाई GST - बिनाको रुपमा बिक्री गर्नेछ।

तरकारी सुपरमार्केटले बन्दा ग्रहाकलाई GST - बिनाको रुपमा बिक्री गर्नेछ।

End of example

जहाँ खाना बिक्री र खपत हुन्छ तब GST मा असर पार्दछ

सम्पूर्ण खाना र पेयहरु बिक्री गरेकै स्थानमा खानेगरी बिक्री गरेको छ भने त्यो करलाग्ने बिक्री हुनेछ। त्यसको मतलब तपाईले ग्रहाकलाई खाना वा पेयमा लगाएको पैसामा GST संलग्न भएको हुन्छ, र यदि तपाईले निम्न स्थानमा खाना र पेय बिक्री गर्नु भएमा त्यो GST हामीलाई तिर्नु अनिवार्य छः

  • रेष्टुराँ वा क्याफेहरु, नस्ता बारहरु वा स्ट्याण्डहरु, होटलहरु, ल्कबहरु, नाउहरु, खाना उपलब्ध गराईएका समारोहहरु र घेरा लगाईएका चोउर जस्ता स्थानहरु
  • छुट्टी, खेल वा मनोरञ्जन गर्ने स्थलहरु, जस्तै
    • खेल मैदानहरु
    • गल्फकोर्श
    • व्यायामशाला
    • घोडा दौडाउने स्थान
    • नाचघर
    • संग्रालय
    • ग्यालरीहरु
    • सिनेमाहरु
    • अमुजमेन्ट पार्कहरु
     

कुनै कुनै बखत चन्दाका संस्थाहरु, चन्दाका फण्डहरु, उपहार घटाउन मिल्ने संस्थाहरु र सरकारी विद्यालयहरु(जस्तै, टकसपहरु) जसले खाना बिक्रीगरेर अनुदान उठाऊँदछन् वा त्यस्तै खालका खानेकुराहरु उपलब्ध गराएको रुपमा लिईन्छ 'कर लागेकोे क्रय' र GST लगाऊँदैनन्।

उदारहणकालागिः

आनको बेकरी

आन उनको बेकरीमा ब्रेड र सादा ब्रेडरोल बिक्री गर्दछीन्, चिनी नदलीकन वा नलगाईकन। उनले आफ्नो ग्रहाकलाई बिक्री गर्दछिन् जुन तिनिहरुले अन्त कतै लगेर खाने उदेश्यले लिन्छन्।

उनले आफ्नो ग्रहाकलाई GST लगाउन पर्दैन।

ईमरानको रेष्टुराँ

ईमरानले सादा ब्रेड रोल आफ्नो रेष्टुराँमा बिक्री गर्दछ। त्यो रेष्टुराँमा उपलब्ध गराईन्छ र त्यहाँनै खाने उद्येश्यले।

ईमरानले उनको ग्रहाकलाई GST लगाऊँदछन् र उसले हामीलाई GST तिर्नेछ।

अलिको कफी भ्यान

अलिले मोबाईल कफी व्यवशाय चलाऊँदछ। उसले विभिन्न चाडपर्व र मेलाहरुमा भ्यान लग्दछ। उसले चिया, कफी र तातो चकलेटका पेयहरु बिक्री गर्दछ। उसले बोतलको पानी पनि बेच्दछ। चिया, कफी र तातो चकलेटका पेयहरुमा कर लाग्नेछ किनकी तिनहरु 'पिउनको लागि तयार छ'। बोतकलो पानीमा पनि कर लाग्नेछ किनकी त्यो त्यसै समारोहमै खपत गर्ने उद्येश्यले बिक्री गरेको हुनाले।

अलिले उनको ग्रहाकलाई GST लगाऊँदछन् र उसले हामीलाई GST तिर्नेछ।

हारुकको जुस बार

कारुकले फुटकोर्टमा जुसबार चालाऊँदछ। उनले १००% फलफूलका जुस, स्मुदी र बोतको पानी बेच्दछिन्, सबैमा कर लाग्नेछ किनकी त्यो त्यहिँनै खाने उद्येश्यले बिक्री गरिएको हो।

हारुकले उनको ग्रहाकलाई GST लगाऊँदछन् र उसले हामीलाई GST तिर्नेछ।

End of example

थप जानकारी

थप जानकारको लागिः

QC59618