Show download pdf controls
  • Protect your personal information - Nepali transcript

    तपाईको व्यक्तिगत जानकारी तपाईको परिचय झैं अनुपम हुन्छ।

    तपाई को हो भन्ने प्रमाणित गर्न तपाई यसको प्रयोग गर्नुहुन्छ।

    साथै यस प्रकारका सेवा प्रयोग गर्न; बैंक खाता ऋण र

    कर विवरण आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न जरुरी छ तर के सुरक्षित राख्ने तपाईलाई थाह छ? व्यक्तिगत जानकारीमा हुन्छ;

    तपाईको नाम ठेगाना जन्म मिती क्रेडिट कार्ड विवरण माई गव विवरण कर दर्ता नंबर र

    सवारी चालक लाइसेन्स विवरण उचित सुरक्षा बिना तपाईको व्यक्तिगत जानकारी चोरी हुन सक्दछ।

    उदाहरणको लागि, ठगी गर्ने व्यक्तिले तपाईको कर दर्ता नम्बर जस्ता जानकारी पत्ता लगाउन जागिर भर्तिको नक्कली प्रक्रिया प्रयोग गर्न सक्छन्। ठगि गर्ने व्यक्तिले तपाईलाई इमेल पनि पठाउन सक्छन्, तपाईको ढोका ढकढकाउन सक्छन् वा इन्टरनेट विज्ञापन मार्फत तपाइको जानकारी संकलन गर्न सक्दछन्। आफ्नो घरमा ताल्चा लगाएको जस्तै वा एटिएम प्रयोग गर्दा आफ्नो पिन नम्बर छोपे जस्तै, आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नु पनि आफ्नो दिनको एउटा भाग बनाउनुहोस्। अपनाउन पर्ने केहि सजिला सुझाव।

    • पहिलो, आफ्नो रेज़ूमेमा आफ्नो कर दर्ता नम्बर नहाल्नुहोस् र कुनै काम सुरु गर्नुभए मात्र आफ्नो रोजगारदातालाई उक्त नम्बर दिनुहोस्।
    • आफ्नो कर दर्ता नम्बर सामाजिक संजालमा कहिले सार्वजनिक नगर्नुहोस्।,
    • कसै संगको तपाईको सम्बन्ध बदलिए, तपाईले बाढ्नु भएको कुनैपनि पासवर्ड फेर्ने बारे सोच्नुहोस्।
    • र यदि तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने उनिहरु दर्ता रहेकोबारे निश्चित गर्नुहोस्।

    थप सुझावको लागि ato.gov.au/identitycrime मा जानुहोस्। आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुभए तपाइले आफुलाई सुरक्षित राख्नुहुनेछ।

      Last modified: 16 Apr 2020QC 43324