ATO logo

जालसाजी पुष्टि वा रिपोर्ट गर्नुहोस्

17 June 2024

ATO सम्बन्धी जालसाजीको बारेमा जाँच्नुहोस् वा रिपोर्ट गर्नुहोस् तथा फोन, इमेल वा यसएमयसबाट हुने करसम्बन्धी जालसाजीको संकेत जान्नुहोस् ।

यो पृष्ठमा

जालसाजी पुष्टि गर्नुहोस्

जालसाजीको घटनामा तपाईंलाई झुक्याएर पैसा वा व्यक्तिगत जानकारी दिन लगाइन्छ ।

जालसाजीकर्ता वा स्क्यामरहरूले आफूले विश्वसनीय संस्थाको प्रतिनिधित्व गर्ने कुरा बताउँछन् ।

हामी कहिलेकाहीँ तपाईंलाई टेलिफोन, इमेल, यसएमयस वा हुलाकबाट सम्पर्क गर्छौँ । तपाईंलाई हामीले नै सम्पर्क गरेका छौँ भन्ने बारेमा शंका लाग्यो भने जवाफ नदिनुहोस् । तपाईंले हामीलाई 1800 008 540मा फोन गर्नुपर्छ ।

जालसाजी रिपोर्ट गर्नुहोस्

तपाई ATO को नाम लिएर गरिएको जालसाजीबाट पीडित हुनुभएको छ भने तपाईं हामीलाई यसको बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ ।

यो जानकारीमा हामीलाई सम्पर्क गर्ने विधि बताइएको छः

जालसाजी र जालसाजीको बारेमा रिपोर्ट गर्ने तरिकाको बारेमा जानकारी Easy Read format मा र अन्य भाषामा पनि उपलब्ध छ ।

फोनबाट गरिने जालसाजी

तपाईंलाई कुनै स्क्यामरले टेलिफोन गर्‍यो वा तपाईंले पैसा वा संवेदनशील जानकारी दिनुभयो भने यसका बारेमा रिपोर्ट गर्न हामीलाई 1800 008 540 मा फोन गर्नुहोला ।

तपाईंलेः

  • स्थानीय प्रहरीमा पनि रिपोर्ट गर्नुपर्छ
  • तपाईंले स्क्यामरलाई आफ्नो कार्ड वा बैंकको विवरण दिनुभएको छ भने आफ्नो बैंकलाई पनि सम्पर्क गर्नुपर्छ
  • तपाईंले रकम भुक्तानी गर्नुभयो भने बैंकलाई सम्पर्क गरेर जालसाजीको बारेमा पनि रिपोर्ट गर्नु पर्छ ।

तपाईंलाई कुनै स्क्यामरले टेलिफोन गर्‍यो वा तपाईंले पैसा वा संवेदनशील जानकारी दिनुभएन भने पनि तपाईंले यसका बारेमा रिपोर्ट गर्नु पर्छ। तपाईं जालसाजी रिपोर्ट गर्ने हाम्रो अनलाइन फाराम प्रयोग गर्न सक्नुहुन्छ ।

इमेल र SMS बाट हुने जालसाजी

तपाईंलाई कुनै स्क्यामरले इमेल वा यसएमयस गर्‍यो कुनै पनि लिंकमास क्लिक गर्ने, एट्याचमेन्ट खोल्ने वा फाइल डाउनलोड गर्ने काम नगर्नुहोस्

तपाईंले कुनै स्क्यामरलाई पैसा वा आफ्नो पहिचान खुल्ने संवेदनशील जानकारी दिनुभयो भने यसका बारेमा रिपोर्ट गर्न हामीलाई 1800 008 540 मा फोन गर्नुहोला ।

तपाईंले निम्न कुराहरू पनि गर्नुपर्छ:

  • स्थानीय प्रहरीमा पनि रिपोर्ट गर्नुपर्छ
  • तपाईंले स्क्यामरलाई आफ्नो कार्ड वा बैंकको विवरण दिनुभएको छ भने आफ्नो बैंकलाई पनि सम्पर्क गर्नुपर्छ
  • तपाईंले रकम भुक्तानी गर्नुभयो भने बैंकलाई सम्पर्क गरेर जालसाजीको बारेमा पनि रिपोर्ट गर्नु पर्छ ।

तपाईंले पैसा वा पहिचान खुल्ने संवेदनशील जानकारी दिनुभएन भने पनि तपाईंले हामीलाई यसका बारेमा रिपोर्ट गर्नु पर्छ। तपाईं निम्न विधि अपनाएर हामीलाई रिपोर्ट गर्न सक्नुहुन्छः

हामीलाई रिपोर्ट गरिसकेपछि सो इमेल वा SMS मेटाउनुहोला ।

तपाईं अन्य प्रकारका जालसाजीको बारेमा ScamwatchExternal Link मा रिपोर्ट गर्न वा साइबर अपराधको बारेमा रिपोर्ट गर्न Australian Cyber Security CentreExternal Link लाई सम्पर्क गर्न सक्नुहुन्छ ।

सामाजिक सञ्जालबाट हुने जालसाजी

हामीले हालसालै हाम्रो नाम लिएर जालसाजी गर्ने सामाजिक मिडियाका खाताहरू देखेका छौँ ।

तपाईंलाई हाम्रो जस्तो देखिने सामाजिक मिडिया खाताले सम्पर्क गरेको छ भने सो खातासँग अन्तरक्रिया नगर्नुहोस् । सो खाताको स्क्रिनसट लिनुहोस् र ReportScams@ato.gov.au मा पठाउनुहोस् ।

करसम्बन्धी जालसाजीका लक्षणहरू

स्क्यामरहरू छली गर्ने नयाँ नयाँ उपायहरू खोजिरहेका हुन्छन् ।

तपाईंलाई हामीले सम्पर्क गरेका हौँ वा कुनै स्क्यामरले सम्पर्क गरेको हो भन्ने कुरा जाँच्न मद्दत गर्ने केही लक्षणहरू हुन्छन्ः

तपाईं हाम्रो जानकारीमा रहेका हालका जालसाजीहरूको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ ।

फोनबाट गरिने जालसाजी

फोनबाट हुने घोटाला कस्ता हुन्छन् भन्ने बारेमा तलको तालिकामा वर्णन गरिएको छ । यो जानकारी प्रयोग गरेर आफूलाई हाम्रो तर्फबाट आएको भनिएको कल वास्तवमा स्क्यामरले गरेको हो वा होइन भन्ने कुरा पहिचान गर्नुहोस् ।

फोनबाट हुने जालसाजीको पहिचान गर्ने तरिका

स्क्यामरले गर्न सक्ने कुरा

हाम्रो तरिका

स्क्यामरले तपाईंलाई तुरुन्तै गिरफ्तार गर्ने धम्की दिन सक्छन् । उनीहरू तपाईंलाई त्रसित बनाउन र अत्याउन यसो गर्छन् ।

हामी कहिल्यै पनि तुरुन्तै पक्राउ गर्ने धम्की दिँदैनौं ।

स्क्यामरहरू निम्न कुराहरू गर्न सक्छन्ः

  • तपाईंलाई तुरुन्तै तिर्न लगाउने र भुक्तानी नगरुन्जेलसम्म आफू फोनको होल्डमा रहने कुरा गर्न सक्छ
  • तपाईंले फोन काटिदिनुभयो भने तपाईंको पक्राउ आदेश जारी गरिन्छ भन्ने धम्की दिन सक्छन् ।

 

उनीहरू तपाईंलाई कलदौरान नै भुक्तानी गर्न लगाउन यसो गर्छन् ।

हामी कहिल्यै पनि पैसा नतिरुञ्जेल होल्डमा रहन्छौँ भन्दैनौँ ।

स्क्यामरहरू निम्न कुराहरू गर्न सक्छन्ः

  • तपाईंको फोनमा अग्रिम रूपमा रेकर्ड गरिएका म्यासेज (रोबोकल) पठाउन सक्छन्
  • तपाईंको भ्याइसमेलमा कलब्याक गर्नु भनेर म्यासेज पठाउन सक्छन् ।

 

हामी कहिल्यै पनि तपाईंको फोनमा अग्रिम रूपमा रेकर्ड गरिएका म्यासेज (रोबोकल) पठाउँदैनौँ ।

 

आफैले खोजेको नम्बरमा मात्र हामीलाई टेलिफोन गर्नुहोस् । तपाईंलाई कसैले कल वा भ्याइसमेलमा दिएको नम्बरमा कल नगर्नुहोस् ।

स्क्यामरहरू कलर आइडीमा ATO को वास्तविक नम्बर वा अष्ट्रेलियाली टेलिफोन नम्बर देखाउने प्रविधि प्रयोग गर्न सक्छन् ।

ATO ले गर्ने कलमा नम्बर देखिँदैन । हाम्रो कलमा No Caller ID देखिन्छ ।

 

आफैले खोजेको नम्बरमा मात्र हामीलाई टेलिफोन गर्नुहोस् । आफ्नो कलरआइडी वा कल लगमा भएको नम्बरमा टेलिफोन नगर्नुहोस् ।

स्क्यामरहरू मनी लन्डरिङ वा अन्य आपाराधिक गतिविधिको कारणले तपाईंको कर फाइल नम्बर (TFN) रद्द भएको वा निलम्बन गरिएको कुरा गर्न सक्छन् ।

 

उनीहरूले तपाईंलाई तलका मध्ये कुनै एक कुरा भन्न सक्छन्ः

  • गिरफ्तार हुन वा अदालत जानबाट बच्न रकम भुक्तानी गर्नु पर्छ
  • भविष्यमा तपाईंको TFN को दुरुपयोग नहोस् भन्नका लागि तपाईंको पैसा सुरक्षित बैंक खातामा ट्रान्सफर गर्नु पर्छ ।

 

हामी TFN रद्द गर्दैनौँ ।

 

कुनै जानकारी उपलब्ध गराउनुअगाडि आफूले वैध एजेन्सीसँग कुरा गरिरहनुभएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस् । निश्चित हुन सक्नुभएन भने फोन राखिदिनुहोस् ।

 

तपाईं हामीलाई फोन गरेर जानकारी माग्न सक्नुहुन्छ । आफैले खोजेको नम्बरमा मात्र हामीलाई टेलिफोन गर्नुहोस् । तपाईंलाई कसैले कल वा भ्याइसमेलमा दिएको नम्बरमा कल नगर्नुहोस् ।

स्क्यामरहरूले तपाईंलाई विश्वसनीय एजेन्ट वा आफ्नो नियमित एजेन्टसँग कुरा गर्न नदिन सक्छ ।

 

उनीहरू आफ्नो पहिचान नहोस् र तपाईंलाई पैसा तिर्न नरोकियोस् भनेर यसो गर्छन् ।

हामी तपाईंलाई कहिल्यै पनि तपाईंको विश्वसनीय परामर्शदाता वा एजेन्टलाई सम्पर्क गर्न निषेध गर्दैनौँ ।

स्क्यामरहरू तपाईंलाई नक्कली कर पेसाकर्मी, कानुन कार्यान्वयन गर्ने अधिकारी वा अन्य अधिकारीसँगको कन्फरेन्स कलमा सहभागी गराउन खोज्छन् ।

 

उनीहरू तपाईंलाई डर देखाउन यसो गर्छन् । उक्त कन्फरेन्स कलमा सहभागी हुने अर्को व्यक्ति पनि स्क्यामर नै हुन्छ ।

हामी तपाईंलाई कहिल्यै पनि कर एजेन्ट वा कानुन कार्यान्वयन एजेन्सीसँगको कलमा सहभागी गराउँदैनौँ ।

 

आफ्नो कर गतिविधिको बारेमा जानकार हुनुहोस्- तपाईं जुनसुकै बेला myGov बाट ATO अनलाइन सेवामा लग इन गरेर आफ्ना करसम्बन्धी गतिविधि हेर्न सक्नुहुन्छ । तपाईं आफ्नो कर एजेन्ट वा ATO लाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

स्क्यामरहरू ITunes, Google Play, STEAM वा अन्य भौचरबाट भुक्तानी गर्न लगाउन सक्छन् ।

 

यी भौचरहरू विश्वव्यापी रूपमा सजिलै खरिद बिक्री गर्न सकिन्छ । यी ट्र्याक गर्न नसकिने खालका मुद्रा हुन् ।

हामी तपाईंलाई कहिल्यै पनि iTunes, Google Play cards वा अन्य भौचरबाट भुक्तानी गर्न लगाउँदैनौँ ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरूले JB hi-fi, Myer, Woolworths वा अन्य रिटेल गिफ्ट कार्डबाट भुक्तानी गर्न लगाउन सक्छन् ।

 

सजिलै खरिद गर्न सकिने यी गिफ्ट कार्डहरू ट्र्याक गर्न नसकिने खालका मुद्रा हुन् ।

हामी तपाईंलाई कहिल्यै पनि JB hi-fi, Myer, Woolworths वा अन्य रिटेल गिफ्ट कार्डबाट भुक्तानी गर्न लगाउँदैनौँ ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू बिटकोइन वा अन्य क्रिप्टोकरेन्सी प्रत्यक्ष रूपमा वा बैंकबाट भुक्तानी गर्न लगाउन सक्छन् ।

 

क्रिप्टोकरेन्सी ट्रेस गर्न मुस्किल हुन्छ र यसमा भुक्तानीकर्ता र प्रापकको विवरण गोप्य हुन्छ ।

हामी क्रिप्टोकरेन्सी स्वीकार गर्दैनौँ

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू तपाईंलाई कुनै व्यक्तिगत बैंक खातामा पैसा जम्मा गर्न लगाउन सक्छन् । यस्तो बैंक खाता स्क्यामरले अष्ट्रेलियामा खोलेको बैंक खाता हुन सक्छ । तपाईंले पठाएको रकम विदेश नपठाइन्जेलसम्म सो रकम विभिन्न खातामा सारिन्छ ।

हामी Reserve Bank of Australia मा रहेको बैंक खातामा मात्र कर भुक्तानी गर्न लगाउँछौँ । अनलाइनबाट Reserve Bank of Australia को आफ्नो राज्यको ब्रान्च संख्या पत्ता लगाउनुहोस् ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू तपाईंलाई कार्डलेस विधिबाट कुनै ATM बाट भुक्तानी गर्न लगाउन सक्छन् ।

हामी तपाईंलाई कहिल्यै पनि कार्डलेस विधिबाट कुनै ATM बाट भुक्तानी गर्न लगाउँदैनौँ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू तपाईंलाई वायर ट्रान्सफरबाट (आफू रहेको स्थानमा) रकम पठाउन लगाउन सक्छन् ।

हामी कहिल्यै पनि तपाईंलाई वायर ट्रान्सफरबाट रकम पठाउन लगाउँदैनौँ ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू कुरियर सेवाबाट पैसा पठाउन लगाउन सक्छन् वा कुनै निश्चित स्थानमा कसैलाई भेटेर पैसा दिन लगाउन सक्छन् ।

हामी कहिल्यै पनि यो विधिबाट नगद भुक्तानी गर्न लगाउँदैनौँ ।

 

तपाईं ATO लाई भुक्तानी गर्ने वैध तरिकाको बारेमा जान्न सक्नुहुन्छ ।

स्क्यामरहरू कर फिर्ता प्राप्त गर्न तपाईंले शुल्क तिर्नु पर्छ भन्न सक्छन् । उनीहरू तपाईंलाई क्रेडिट कार्डबाट रकम भुक्तानी गर्न लगाएर तपाईंको क्रेडिट कार्डको विवरण चोर्न सक्छन् ।

हामी कहिल्यै पनि कर फिर्ताको लागि शुल्क लिँदैनौँ ।

 

आफूले विश्वास नगर्ने मान्छेलाई र कार्डको विवरण चाहिने बाहेकका मान्छेलाई आफ्नो क्रेडिट कार्डको विवरण नदिनुहोला

तपाईं एकै पटक रकम तिर्न सक्नुहुन्न भने स्क्यामरहरू तपाईंलाई किस्तामा तिर्न मिल्छ भन्ने कुरा बताउन सक्छन् ।

 

उनीहरू तपाईंबाट अझै बढी रकम असुल्न यसो भनिरहेका हुन्छन् ।

आफ्नो भुक्तानी विधि हाल्नुअगाडि आफूले खोजेको नम्बर प्रयोग गरी हामीलाई सम्पर्क गर्नुहोस् वा आफ्नो कर एजेल्टलाई सम्पर्क गर्नुहोस् ।

इमेल र SMS बाट हुने जालसाजी

इमेल र SMS बाट हुने जालसाजी कस्ता हुन्छन् भन्ने बारेमा तलको तालिकामा वर्णन गरिएको छ । यो जानकारी प्रयोग गरेर जालसाजीको पहिचान गर्नुहोस् र सही कदम चाल्नुहोस् ।

इमेल र SMS बाट हुने जालसाजीको पहिचान कसरी गर्ने र कस्तो कदम चाल्ने

स्क्यामरले गर्न सक्ने कुरा

हाम्रो तरिका

स्क्यामरहरूले तपाईंलाई SMS वा इमेलबाट व्यक्तिगत जानकारी वा वित्तीय जानकारी माग्न सक्छन् । 

हामी तपाईंलाई हामीलाई सम्पर्क गर्ने अनुरोध गर्दै SMS वा इमेल पठाउन सक्छौँ तर हामी कहिले पनि यी माध्यमबाट तपाईंको व्यक्तिगत जानकारी माग्दैनौँ ।

 

आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस् आफूले विश्वास नगर्ने मान्छेलाई र TFN, जन्म मिति वा बैंक विवरण चाहिने बाहेकका मान्छेलाई आफ्नो TFN, जन्म मिति वा बैंक विवरण नदिनुहोला

कहिले पनि आफ्नो myGov लग इन विवरण कसैसँग पनि (आफ्नो कर एजेन्टसँग पनि) आदान प्रदान नगर्नुहोस् ।

स्क्यामरहरू SMS वा इमेलबाट लिंक पठाएर सो लिंकमा क्लिक गरेर कुनै अनलाइन सेवामा लग अन गर्न लगाउन सक्छन् ।

 

स्क्यामरहरू वास्तविक जस्ता देखिने नक्कली लग अन पेज बनाउँछन् । उनीहरू यस्ता साइट प्रयोग गरेर तपाईंका पासवर्ड र युजरनेम जस्ता कुराहरू चोर्छन् ।

हामी तपाईंलाई कहिल्यै पनि हाम्रो अनलाइन सेवामा लग इन गर्ने लिंक भएका SMS वा इमेल पठाउँदैनौँ ।

स्क्यामरहरूले SMS वा इमेलमा भएको लिंकमा क्लिक गरेर फाराम वा एट्याचमेन्ट डाउनलोड गर्न लगाउन सक्छन् ।

 

उनीहरू तपाईंको कम्प्युटरमा हानिकारक सफ्टवेयर इन्स्टल गरेर तपाईंको जानकारी चोर्न यसो गर्छन् । अथवा तपाईंको जानकारी वा वित्तीय विवरण भविष्यमा दुरुपयोग गर्ने प्रयोजनले राख्छन् ।

तपाईंले चिनेको व्यक्तिले नै पठाएको म्यासेज भए पनि एट्याचमेन्ट डाउनलोड गर्दा वा लिंकमा क्लिक गर्दा सावधानी अपनाउनुहोस् ।

सामाजिक सञ्जालबाट हुने जालसाजी

सामाजिक सञ्जालबाट हुने जालसाजी कस्ता हुन्छन् भन्ने बारेमा तलको तालिकामा वर्णन गरिएको छ । यो जानकारी प्रयोग गरेर जालसाजीको पहिचान गर्नुहोस् र सही कदम चाल्नुहोस् ।

सामाजिक सञ्जालबाट हुने जालसाजीको पहिचान कसरी गर्ने र कस्तो कदम चाल्ने

स्क्यामरले गर्न सक्ने कुरा

हाम्रो तरिका

स्क्यामरहरूले सामाजिक सञ्जालको नक्कली खाता बनाएर तपाईंसँग रकम वा तपाईंको व्यक्तिगत जानकारी माग्न सक्छन् ।

 

तपाईंले हाम्रो पोस्टमा कमेन्ट गर्दा उनीहरू तपाईंलाई सहायताका लागि डाइरेक्ट म्यासेज पठाउन लगाउन सक्छन् ।

 

हामी यस्ता समस्याहरूसँग लड्न प्रयासरत छौँ ।

हामी FacebookExternal Link, InstagramExternal Link, XExternal Link र LinkedInExternal Link मा छौँ तर कहिल्यै पनि यी माध्यमबाट व्यक्तिगत जानकारी वा कागजात वा रकम माग्दैनौँ ।

 

Facebook खाता नक्कली हो वा होइन भन्ने कुरा पहिचान गर्न सजिलो छ । हाम्रो पेजमा हाम्रो नाम (Australian Taxation Office) को दाहिनेतिर नीलो भेरिफिकेसन टिक छ । हाम्रो X युजरनेम (@ato_gov_au) को छेउमा खैरो टिक छ ।

 

LinkedIn मा तपाईंले अन्तरक्रिया गरिरहेको खाता निम्न तरिकाले पुष्टि गर्न सक्नुहुन्छः

  • ATO को लोगो र हाम्रो संगठनको नाम छ भने । नाममा गरिएको हल्का बदलावको बारेमा सचेत हुनुहोस् । जस्तै ‘Australian’ Taxation Office को ठाउँमा ‘Australia’ हुनु ।
  • सो खाताले लामो समयदेखि सक्रिय रूपले LinkedIn मा पोस्ट गरिरहेको छ भने
  • .gov.au मा अन्त्य हुने इमेल ठेगाना मात्र उपलब्ध गराउँछ भने
  • यसमा म्यासेजमा व्याकरणसम्बन्धी त्रुटि छैनन् भने
  • फलोअर धेरै छन् भने ।

 

हामी तपाईंलाई कहिल्यै पनि Whatsapp मार्फत सम्पर्क गर्दैनौँ ।

 

आफ्नो TFN, myGov वा बैंक खाता विवरणहरू वा अन्य संवेदनशील व्यक्तिगत पहिचान जानकारी सामाजिक सञ्जालमा (डाइरेक्ट म्यासेजबाट किन नहोस्) कहिल्यै आदानप्रदान नगर्नुहोस्।

अष्ट्रेलियाली सरकार, क्यानबेराले अधिकार दिएअनुसार । 


60581