ato logo
Search Suggestion:

परिचय चोरी अपराध (हुलिया अपराध) - नेपाली

Last updated 15 April 2020


परिचय चोरी अपराध (हुलिया अपराध)

तपाइंको व्यक्तिगत विवरण तपाईको परिचय प्रदान गर्नेमुख्य माध्यम हो । आफ्नो व्यक्तिगत विवरणलाई सुरक्षित गर्नु भनेको मूल ढोकामा चावी लगाउनु जत्तिकै सुरक्षित राख्नु हो ।

तपाइंलाई थाहा छ ? के र कसरी आफ्नो व्यक्तिगत विवरण सुरक्षित गर्नु पर्दछ । हाम्रो भिडियोलाई हेर्नुहोस र तपाइंको व्यक्तिगत सूचना के कसरी कुन तबरले सुरक्षित राख्नुपर्ने हुन्छ त्यसरी नै सुरक्षित तुल्याउनु होस्

Media:आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस्। Protect your personal information (Nepali)
http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiunw17k7eExternal Link (Duration: 1:49)

यो डिभियो दृश्य करिब ९४ सेकेण्डको मात्र हुन्छ । प्ले बटन छान्नु होस र थिच्नुहोस् । अथवा त्यसमा तपाईको विवरणको नक्कल, प्रतिलिपी अध्ययन गर्नुहोस् वा पढ्नुहोस् त्यो प्रतिलिपी नेपाली मा प्राप्त हुनेछ ।

परिचय चोरी अपराध (हुलिया अपराध) भनेको के हो?

यदि कसैले कसैको चोरी गर्छ वा ठग्न वा धोका धडि गर्छ वा हेराफेरि गर्छ वा छलकपट गर्छ भने हुलिया सम्बन्धी अपराध ठहरिन्छ । नयाँ पहिचान तयार गरेर, सिर्जना गरेर वा निर्माण गरेर झुठ्ठा परिचय तयार गरेर वा सूचना चोरी गरेर कसैको नयाँ हुलिया तयार गरी (विवरण तयार गरी) अपराध गरिन्छ ।

अपराधीले तपाईको परिचय चोरी गरी मुलभूत विवरण वा सारभूत विवरण तयार गर्छ जस्तै नाम जन्म मिति र ठेगाना चोरी गरेर नयाँ हुलियामा त्यसलाई हाल्छ । यदि तपाईको हुलिया चोरी भएको छ भने यसलाई निश्चित गर्दा गर्दै बषौं बित्छ फलतः तपाईले आर्थिक घाटा व्यहोर्नु पर्ने हुन्छ । त्यति मात्र होइन तपाइलाई नोकरी पाउन ऋण पाउन, घर जग्गामा प्राप्त गर्न वा कुनै सरकारी निकायमा सेवा गर्ने निवेदन दिन वा कुनै पनि सुविधा प्राप्त गर्न समस्या आईपर्छ ।

हुलिया चोरी गर्ने अपराधीले अन्य व्यक्तिगत विवरण देहायका तरिकाले चोर्छन :

  • पर्स, वालेट, मेल ठेगाना वा मोवाइल फोन चोर्ने ।
  • फोहोरमा फ्याकिएका फोहोरबाट विवरण खुल्ने बस्तु उठाउने ।
  • तपाइंको कर फायल नम्बर(TFN) बुझ्ने कारण नक्कली नोकरी भर्ना प्रकृया चलाउने प्रयोजनका लागि ।
  • अनलाइन वा सामाजिक संजालमा तपाइले कुन साइट चलाउनु भयो सो अध्ययन गर्ने ।
  • सरकारी विभाग वा बैंक जस्ता संस्थाको तर्फबाट सोधनी गरिएको भन्ने कुरा विवरण पेश गरी तपाईको कर फिर्ता बारेमा वा अरु अफिसियल कागजातका विवरणका विषयमा जानकारी माग्ने ।
  • तपाइंको वेब लिङ्क (Web link) वा इमेल (E-mail)बाट सम्पूर्ण विवरण प्राप्त गर्ने दुरासयबाट प्रलोभनमा तपाइलाई पार्ने ।

अपराधीले तपाइंको चोरीको परिचयलाई निम्न कुरामा प्रयोग गर्ने गर्छन्:

  • अस्ट्रेलियामा नागरिक बनेर बस्ने प्रयोजनका लागि ।
  • बैंक खाताबाट रकम निकाल्ने र तपाईको क्रेडिट कार्डबाट बजारमा गई सामान खरिद गर्ने प्रयोजन ।
  • कर नतिर्ने, बच्चालाई सहयोग नगर्ने वा उच्च शिक्षा कर्जा कार्यक्रम अन्तर्गत प्राप्त कर्जा तिर्न ।
  • तपाइंको निवृत्तिभरण पट्टा चोर्नु र प्रयोग गर्नु ।
  • सरकारी सुविधा प्राप्त गर्न प्रयोग गर्नु ।
  • तपाईको घर बिक्री गर्न ।
  • जेल सजाय वा अदालतमा उपस्थित हुनबाट आफूलाई बचाउन ।

आफ्नो परिचयात्मक कागजात चोरिन बाट बच्न अस्ट्रेलियन कर कार्यालय (ATO)ले दिएको उपायहरू

1 के बचाउनु पर्छ सो जान्नु होस् ।

तपाइंको व्यक्तिगत विवरण नै तपाईको परिचयाक के तपाइलाई थाहा छ त ? के र कसरी आफ्नो व्यक्तिगत विवरण बचाउने हो ?

तपाइंको व्यक्तिगत विवरणमा निम्न कुरा हुन्छन् :

  • पूरा नाम
  • जन्म मिति
  • हालको ठेगाना
  • बैंक खाता नम्बर
  • क्रेडिट कार्ड विवरण पत्र
  • करको फायल नम्बर(ATO)
  • चालक अनुमतीपत्र
  • राहदानी विवरण

2 के तपाइंले आफ्नो विवरणको अरुलाई पनि हिस्सेदार बनाउन (शेयर गर्न ) सक्नु हुन्छ?

  • तपाइले जसमाथि विश्वास राख्नु हुन्छ वा जसलाई विश्वास गर्नु हुन्छ उसलाई मात्र तपाई शेयर गर्नु होस् वा त्यस्तो कानूनी निकाय जसलाई शेयर गर्नुपर्ने हुन्छ त्यस्तो निकायलाई मात्र शेयर गर्नु होस् ।
  • यदाकदा हुलिया चोर्नेले के जालसाजी गर्छन भने तपाइले प्रतियोगिता जित्नु भयो तसर्थ तपाईको पूर्ण व्यक्तिगत विवरण दिनुहोस र मात्र दावी गर्न पाउनु हुन्छ भनेर वा कुनै परोपकारी संस्थाको प्रतिनिधि छ भनेर वा कहिले काँही दान दातव्य माग गर्ने बहानामा समेत तपाईको व्यक्तिगत विवरण हुलिया लगायत चोदर्छन ।

3 तपाइंको व्यक्तिगत विवरणलाई सुरक्षित स्थानमा राख्नुहोस् ।

जन्मदर्ता प्रमाणपत्र वा राहदानी जस्ता संवेदनशील कागजात अति नै जरुरि नपरे सम्म वालेट(wallet)मा वा हाते झोलामा बोक्न छोड्नुस् । आफ्नो मोवाइल फोनमा व्यक्तिगत विवरणहरु जस्तै करको व्यक्तिगत नम्बर(TFN), पासर्वडहरु र पिनकोड नम्बरहरु भण्डारण नगर्नु होस् ।

रजिष्ट्रेशन भएका (दर्ता गरिएका) कागजात जथाभावी नछोड्ने गर्नुस् र म्याद सकिएको सवारी चालक अनुमती पत्र, बिलहरु वा बढी भएका चावीहरु जस्ता बस्तु गाडीको ग्लोवबसमा नराख्नु होस् । गाडीमा चावी लाएकै भए पनि त्यस्ता वस्तु गाडी (कार) भित्र नराख्नु होस् । ताला चावी लागेको चिठ्ठी पत्र हाल्ने बाकस प्रयोग गर्नु होस् वा हुलाकको पोष्टबक्स प्रयोग गर्नुहोस् ।

आफ्नो व्यक्तिग विवरण भएको कागजात जथाभावी तरिकाले नफ्याक्नुहोस् । त्यस्ता कागजपत्र नष्ट गर्नुहोस् ।

आफ्नो सार्वजनिक परिचय दिँदा बिचार पुर्याएर बोल्ने गर्नुस, नत्र हुलिया (परिचय) चोर्ने चोरले धेरै भन्दा धेरै विवरण पत्ता लगाउन सक्छ, कारण तपाईको साथी भाइहरुसँगको गफगाफ वा फोनमा कुराकानी गरेको थाहा पाउनेले अपराधी प्रकृति लिएर धेरै भन्दा धेरै तपाईको विवरण फुत्काएर तपाइलाई अभर पार्छ र हानी समेत पुर्याउँछ ।

4 नयाँ नोकरी शुरु गर्दाको अवस्थामा :

करको फायल नम्बर (TFN) नियुक्त्ती कर्तालाई तव मात्र दिनुहोस् जब तपाईले नोकरी शुरु गर्नु हुन्छ ।

नियुक्ति सम्बन्धी जानकारी सहि हो वा ठगिको नियतले गरिएको हो बिचार पुर्याउं - तपाईको वैयक्तिक र आर्थिक विवरण फुत्काउने प्रयोजनबाट यस्तो नियुक्ति सम्बन्धी ठगी हुन लागेको हुन सक्छ । यस्तो विज्ञापनहरू इमेल,लिखित विज्ञापन , सूचना पाटि र अनलाइन मा पनि देखापर्न सक्छ । पैसाको ओसार पसार सम्वन्धि अपराध गर्नेले पनि यस्तो विज्ञापन गरी नोकरी दिने बहानामा विवरण बटुल्ने गर्छन।

नोकरीको प्रस्ताव आधिकारिक नभएमा तलका चेतावनि मुलक संकेतहरू समेटिएका हुन सक्छ:

  • अन्तर्वार्ता विना नै , आम्दानीको किटानी गरिएको
  • दर्ता शुल्क शुरुमै तिर्नु पर्ने भनिएको (प्रक्रियाका लागि)
  • तिम्रो आफ्नै कम्प्युटरमा काम गरेर पर्याप्त पैसा कमाउन सकिन्छ भनी प्रलोभन दीएको ।
  • कसैको लागि पैसा रकमान्तर गर्ने कार्यका लागि तिम्रो आवश्यकता छ भनी झुक्याउने ।
  • तिम्रो तल उल्लेख गरिएका विवरण पठाउ भनी विवरण माग गर्ने यन्त्र प्रयोजनको लागि:
    • स्थायी (घरबास) ठेगाना
    • बैंक वा क्रेडिट कार्डको पूर्ण विवरण ,
    • सवारी चालक अनुमती पत्र वा राहदानीको विवरण ।
    • (TFN)तिम्रो करदाता सेवा केन्द्रबाट प्राप्त परिचय पत्र ।
    • कामसँग असम्बन्धीत अन्य विवरण जस्तै तिम्रो हुलिया, वा वैवाहिक विवरण।
    • अन्य व्यक्तिगत विवरणहरु जुन तत्काल नोकरीका लागि असम्बन्धीत विवरण हुन् ।
     

साधारणतया :विज्ञापनमा भनिएका कुराहरू सहि हुन्छन् नै भन्ने छैन ।ठूला कम्पनीले विज्ञापन मार्फत निशुल्क इमेल ठेगाना विवरण दिँदैनन् ।

यदि तपाइंसँग सम्वन्धित छ भने सँधै जाँच गर्नुहोस् :

  • विज्ञापन वा इमेलमा क्लिक नगर वा लिङ्ककेज नगरौं
  • कम्पनीको विवरण सेतो कागजमा उतार्ने र नोकरीको बारेमा सोधी खोजी गर्ने तर्फ थप प्रयास गरौं

5 कुनै पनि सामाजिक सन्जालमा कर फायल नम्बर (TFN) नदिने

तपाईंको कर फाईल नम्वर (TFN) तपाईंको जीवनभरकै लागि हो। तपाईंको (TFN) नम्बर सोध्ने अधिकार केहि निश्चित ब्यक्तिलाई मात्र हुन्छ अस्ट्रेलियन कर कार्यालाय (ATO) ,सेन्टरलिन्क ,वैक ,सन्चयकोष ,सरकारि विभागहरू , र वित्तिय सन्स्थाहरू ।

6 यदी कसैलाई शेयर गरिएको पासवर्ड छ भने तुरुन्तै बदल्नुहोस्

तपाईंको पासवर्ड एकदमै अलग हुनु पर्छ । पासवर्ड सुरक्षित राख्ने उत्तम तरीका यसको कसैलाई जानकारि नदिनु हो । यदि तपाईले आफ्नो पासवर्ड कसैलाई दिनु भएको छ भने तुरुन्तै परिवर्तन गर्ने र नियमित अध्यावधिक गर्नुहोस् ।

7 तपाईको कम्प्युटर तथा फोन सुरक्षित राख्नुहोस्

फुर्सद निकालेर कम्प्युटर तथा फोनलाई अध्यावधिक सुरक्षा प्रक्रियाद्वारा पूर्ण सुरक्षति राख्नुहोस् ।

8 तपाइंको कर एजेन्ट दर्ता भएको छ छैन भन्ने एकिन गर्नुहोस् ।

तपाईको ट्याक्स एजेन्ट कर सम्बन्धी कार्य गर्ने बोर्डमा दर्तावाला हो, होइन भन्नका लागि अंग्रेजीको tpb.gov.au/onlineregisterExternal Link (अनलाईन रजिष्ट्ररमा) क्लिक गरी परिक्षण गर्नुहोस् ।

याद राख्नुहोस्

केवल रजिष्ट्रर्ड (दर्तावाला) कर एजेन्टले मात्र तपाईको कर फिर्ता प्रयोजनको कार्य गर्न पाउंछ ।

हामी कसरी तपाइंलाई सहयोग पुर्याउंछौ त

ढिलो नगरी कर दर्ता नं. चोरी भएको वा हराएको सूचना गरी हाल्नुहोस्

  • यदि तपाई कर दर्ता नं(TFN) हराएको छ र दुरुपयोग गरिएको शंका नगरीकन हामीलाई फोन नं. 13 28 61 मा सोमबार देखि शुक्रबार सम्म बिहान ८:०० बजे देखि बेलुका ६:०० बजे भित्र सम्पर्क राख्नुहोस् ।
  • यदि तपाईको कर दर्ता नं(TFN) चोरी भएको छ वा दुरुपयोग भयो भन्ने लागेमा फोन नं. 1800 467 033 मा सोमबार देखि शुक्रबार सम्म बिहान ८:०० बजे देखि बेलुका ६:०० बजे भित्र सम्पर्क राख्नुहोस् ।
  • यदि तपाईलाई अंग्रेजी राम्रो बोल्न आउँदैन , कर अधिकृत सँग सम्पर्क राख्न चाहनुहुन्छ भने र अनुवादक वा दोभासे सेवाका लागि फोन नं. 13 14 50 मा सम्पर्क राख्नुहोस् ।

यदि तपाईलाई यस्तो सूचना दिन अफ्ठेरो लाग्छ भने तपाई पहिचान चोरीको अपराधीबाट फुत्कनको लागि हामीसँग सम्पर्क कायम गर्नुहोस् । हामी तपाईको कर दर्ता नं(TFN) बारे सहयोग गर्दछौं ।

याद राख्नुहोस्

  • अर्काको कर दर्ता नं(TFN) प्रयोग गरी तपाईको पहिचान दुरुपयोग गर्न सक्ने सम्भावना हुन्छ । साथै यस्तो कर दर्ता नं(TFN) मार्फत खरिद बिक्री समेत हुने भएकाले यस्तो कार्यमा संलग्नलाई ठूलो जरिवाना हुने वा जेल सजाय समेत हुने गर्छ ।
  • यदि तपाईलाई अरु कसैको कर दर्ता नं(TFN) को विवरण बैधानिक रुपबाट प्राप्त गर्ने अधिकार छ भने त्यस्तो जानकारी सूचनालाई तपाईले सुरक्षित रुपबाट राख्नु पर्नेछ ।

अंग्रेजीमा बढी भन्दा बढी जानकारीको लागि तलका वेव पेजहरु ato.gov.au अन्तर्गतको पेज हेर्नुहोस् :

तपाईको कर र संचय कोष विवरणका बारेमा आफ्नो भाषामा अरु बढी जानकारी प्राप्त गर्न ato.gov.au/otherlanguages वेभपेजमा क्लिक गरी हेर्नुहोस्

QC43323