ATO logo

उपहार र दानहरू

Deductions for gifts or donations you make to deductible gift recipients, and the records you need - Nepali translation.

Published 15 August 2025

पोस्टरको ढाँचाका लागि, Gifts and donations (PDF, 808KB)This link will download a file हेर्नुहोस्

तपाईंले कस्ता उपहार वा दान दाबी गर्न सक्नुहुन्छ

तपाईंले कुनै संस्थालाई दिनुभएको उपहार वा दानको लागि कटौती दाबी गर्न सक्नुहुन्छ यदि यसले निम्न ४ सर्तहरू पूरा गर्दछ भने:

  • तपाईंले उपहार वा दान कटौती योग्य उपहार प्राप्तकर्ता (DGR) लाई दिनुहुन्छ
  • यो पैसा वा सम्पत्ति हो (यसमा शेयर जस्ता वित्तीय सम्पत्तिहरू समावेश हुन सक्छन्)
  • यो साँच्चै उपहार वा दान हो (तपाईंले कुनै लाभ लिनुहुन्न वा अपेक्षा गर्नुहुन्न)
  • यसले सान्दर्भिक उपहारका सर्तहरूको पालना गर्दछ।

तपाईंसँग उपहार वा दानको अभिलेख पनि हुनुपर्छ, जस्तै रसिद।

तपाईंले कस्ता उपहार वा दान दाबी गर्न सक्नुहुन्न

तपाईंले उपहार वा दानको लागि कटौती दाबी गर्न सक्नुहुन्न यदि:

  • तपाईंलाई व्यक्तिगत लाभ प्रदान गर्दछ भने (उदाहरणका लागि, लटरी वा राफल टिकटहरू)
  • कारण जेसुकै भए पनि, तपाईंले परिवार र साथीहरूलाई दिनुहुन्छ भने
  • तपाईंले सामाजिक सञ्जाल, क्राउडफन्डिङ (पैसा उठाएर सहयोग गर्ने) प्लेटफर्म वा सदस्यता (जस्तै खेलकुद क्लब सदस्यता) मा रकम लगाउनु हुन्छ भने, दर्ता गरिएको DGR नभएको खण्डमा।

DGR भनेको के हो?

कटौतीयोग्य उपहार प्राप्तकर्ता (DGR) भनेको कर कटौतीयोग्य उपहार वा दान प्राप्त गर्न सक्ने संस्था वा कोष हो। सबै परोपकारी संस्थाहरू DGR हुँदैनन्। उदाहरणका लागि, धेरै क्राउडफन्डिङ (पैसा उठाएर सहयोग गर्ने) वेबसाइटहरू DGRs द्वारा सञ्चालित हुँदैनन्, त्यसैले यीनीहरूलाई दिइने दान कटौती योग्य हुँदैन।

तपाईंले ABN LookupExternal Link मा आफ्नो दान अनुमोदित DGR लाई हो कि होइन भनेर जाँच गर्न सक्नुहुन्छ।

मलाई कस्ता अभिलेखहरू चाहिन्छन्?

तपाईंले गर्ने सबै कर-कटौती योग्य दानको अभिलेख राख्नुपर्छ। यसमा निम्न समावेश हुन सक्छन्:

  • दान वा योगदानका रसिदहरू
  • तपाईंको दान वा योगदानको रकम सहितको योग्य संस्थाबाट हस्ताक्षर गरिएको पत्र।

जब तपाईं दान दिनुहुन्छ, DGR ले सामान्यतया तपाईंलाई रसिद जारी गर्नेछ - तर उनीहरूले गर्नु पर्दैन। तपाईं बैंक स्टेटमेन्ट जस्ता अन्य रेकर्डहरू प्रयोग गरेर कटौती दाबी गर्न सक्षम हुन पनि सक्नुहुन्छ।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि, उपहार र दान (अंग्रेजीमा) हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

यदि तपाईं हामीसँग अंग्रेजी बाहेक अन्य भाषामा कुरा गर्न चाहनुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्। यदि तपाईं विदेशबाट फोन गर्दै हुनुहुन्छ भने, +61 3 9268 8332 मा फोन गर्नुहोस्।

QC105339