पोस्टरको ढाँचाका लागि, Overnight travel expenses (PDF, 269KB)This link will download a file हेर्नुहोस्
कस्ता खर्चहरु तपाईंले यात्राको खर्चको रुपमा दाबी गर्न सक्नुहुन्छ
यदि तपाईं आफ्नो कामको सिलसिलामा रातभर घरबाट बाहिर बस्नुहुन्छ भने, यात्राको खर्चहरूमा कटौती दाबी गर्न सक्नुहुन्छ।
यात्राको खर्चहरूमा निम्न समावेश हुन सक्छन्:
- बस्ने व्यवस्था (जस्तै होटल वा मोटेलमा बस्दा लाग्ने खर्च)
- खानाको खर्च
- भैपरि आउने खर्च (स-साना खर्चहरू, जस्तै कार पार्किङ वा बस टिकट)
- यातायात (उदाहरणका लागि, तपाईंको उडानको खर्च)।
कस्ता खर्चहरु तपाईंले यात्राको खर्च को रुपमा दाबी गर्न सक्नुहुन्न
तपाईंले निम्न अवस्थामा यात्राको खर्च दाबी गर्न सक्नुहुन्न:
- तपाईं रातभर आफ्नो घरबाट बाहिर नबसेको खण्डमा
- तपाईंको रोजगारदाताले तपाईंलाई कुनै पनि यात्राको खर्च प्रतिपूर्ति गरेको खण्डमा
- घर र कामको बीचको सामान्य यात्राको खर्च (तपाईं आफ्नो कार्यस्थलबाट धेरै टाढा बस्नु भएतापनि)
- यदि तपाईं आफ्नो कार्यस्थल नजिकै बस्नुहुन्छ, वा आफ्नो कार्यस्थल नजिकै गएर सुत्न रोज्नुहुन्छ
- ठाउँ स्थानान्तरण गर्दा लाग्ने खर्च ।
याद राख्नु पर्ने कुराहरु
यदि तपाईंको यात्रा, काम र निजी दुवै उद्देश्यका लागि भएको खण्डमा, तपाईंले कामको उद्देश्यका लागि हुने खर्चहरू मात्र दाबी गर्न सक्नुहुन्छ।
अभिलेख राख्ने अपवाद लागू नभएको खण्डमा, तपाईंको यात्राको खर्च दावीलाई प्रमाणित गर्न तपाईंले रसिदहरूको अभिलेख राख्नुपर्ने हुन्छ।
यदि तपाईं लगातार ६ वा सोभन्दा बढी रात घरबाट बाहिर यात्रा गर्नुहुन्छ भने, तपाईंले यात्रा डायरी (travel diary) जस्ता अतिरिक्त यात्राको अभिलेखहरू राख्नुपर्ने हुन सक्छ। तपाईंको खर्चको रसिद राख्नुको अतिरिक्त निम्न अभिलेख पनि राख्नु होला।
यात्रा डायरी (travel diary) मा अभिलेख राख्दा, तपाईंले निम्न कुराहरू देखिने गरि, आफ्नो यात्राका गतिविधिहरू विद्युतीय वा कागजी डायरीमा अभिलेख राख्नुपर्छ:
- तपाईं कहाँ हुनुहुन्थियो?
- तपाईं के गर्दै हुनुहुन्थियो?
- गतिविधिको मिति
- गतिविधिको सुरुवात र समापन समय।
यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि, राति वास बस्नुपर्दा यात्राको खर्चहरू र भत्ताहरू (अंग्रेजीमा) हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।
यदि तपाईं हामीसँग अंग्रेजी बाहेक अन्य भाषामा कुरा गर्न चाहनुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्। यदि तपाईं विदेशबाट फोन गर्दै हुनुहुन्छ भने, +61 3 9268 8332 मा फोन गर्नुहोस्।