ATO logo

स्व-शिक्षा खर्च

Deductions for self-education expenses if the education has a sufficient connection to your employment activities - Nepali translation.

Published 15 August 2025

पोस्टरको ढाँचाका लागि, Self-education expenses (PDF, 307KB)This link will download a file हेर्नुहोस्

कस्ता खर्चहरु तपाईंले स्व-शिक्षा खर्चको रुपमा दाबी गर्न सक्नुहुन्छ

तपाईंको हालको कामका गतिविधिहरूसँग सम्बन्धित छ भने मात्र, तपाईंले स्व-शिक्षा खर्चको कटौती दाबी गर्न सक्नुहुन्छ। खर्च सम्बन्धित भएको मानिन्छ यदि स्व-शिक्षाका कारण:

  • तपाईंको हालको जागिरको लागि आवश्यक पर्ने विशिष्ट सीप वा ज्ञानलाई कायम राख्छ वा सुधार गर्छ अथवा
  • तपाईंको हालको जागिरमा तलब वृद्धि हुन्छ, वा हुने सम्भावना रहन्छ।

कस्ता खर्चहरु तपाईंले स्व-शिक्षा खर्चको रुपमा दाबी गर्न सक्नुहुन्न

तपाईंले स्व-शिक्षा खर्चको कटौती दाबी गर्न सक्नुहुन्न यदि त्यो खर्च गर्दाको समयमा निम्न मध्ये कुनै लागू भएमा:

  • तपाईं बेरोजगार हुनुहुन्थ्यो
  • यो तपाईंको कामसँग सामान्य रूपमा मात्र सम्बन्धित छ
  • यो शिक्षा तपाईंले नयाँ जागिर खोज्नको लागि लिनु भएको थियो।

तपाईंले दाबी गर्न सक्ने स्व-शिक्षा खर्चहरू

तपाईं योग्य भएको र सही अभिलेखहरू राखेको खण्डमा, तपाईंले निम्न खर्च दाबी गर्न सक्नुहुन्छ:

  • पाठ्यक्रम वा सेमिनार शुल्क (भर्ना वा दर्ता गर्दा लाग्ने खर्च)
  • सामान्य पाठ्यक्रम खर्च (जस्तै स्टेशनरी र इन्टरनेट प्रयोग)
  • तपाईंको अध्ययनको लागि प्रयोग गरिएको मूल्यह्रास सम्पत्तिको ह्रास मूल्य (जस्तै ल्यापटप)
  • तपाईंको घर देखि शिक्षा स्थल सम्म वा काम देखि शिक्षा स्थल सम्मको यात्राको लागि कार वा यातायात खर्च
  • आवास र खाना खर्च (यदि स्व-शिक्षाको लागि तपाईंलाई यात्रा गर्न र राति वास बस्न आवश्यक पर्दछ भने)
  • कटौतीयोग्य स्व-शिक्षा खर्च तिर्न सापटी लिएको पैसाको ब्याज।

यदि तपाईंको खर्च, काम र निजी दुवै उद्देश्यका लागि भएको खण्डमा, तपाईंले कामको उद्देश्यका लागि हुने खर्चहरू मात्र दाबी गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईंले कम्प्युटर ५०% समय अध्ययनको लागि र ५०% समय निजी उद्देश्यका लागि प्रयोग गर्नुहुन्छ भने, तपाईंले कम्प्युटरको मूल्यमा आएको ह्रासको आधा मात्र कटौतीको रूपमा दाबी गर्न सक्नुहुन्छ।

यदि तपाईं कटौती दाबी गर्न योग्य हुनुहुन्छ भने, आफ्नो सबै स्व-शिक्षा खर्चको अभिलेख राख्नुहोस्।

तपाईंले दाबी गर्न नसक्ने स्व-शिक्षा खर्चहरू

तपाईंले निम्न खर्च दावी गर्न सक्नुहुन्न:

  • अरू कसैले तिरेको शिक्षण शुल्क
  • विश्वविद्यालय वा उच्च शिक्षा प्रदायकमा Commonwealth द्वारा सहायता प्रदान स्थानहरूको शिक्षण शुल्क, तपाईंले अग्रिम वा HECS-HELP ऋणको सहयोगमा तिर्नु भएको कुनै पनि शुल्क सहित।
  • अध्ययन र तालिम सहायता ऋण भुक्तानी (FEE-HELP र HECS-HELP ऋण सहित)
  • तपाईंले स्व-शिक्षा लिइरहनुभएको स्थानमा बसोबास र खानाको खर्च।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि, स्व-शिक्षा खर्च (अंग्रेजीमा) हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

यदि तपाईं हामीसँग अंग्रेजी बाहेक अन्य भाषामा कुरा गर्न चाहनुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्। यदि तपाईं विदेशबाट फोन गर्दै हुनुहुन्छ भने, +61 3 9268 8332 मा फोन गर्नुहोस्।

QC105341