ATO logo

घरबाट काम गर्दाको कटौतीहरू

Deductions for expenses you incur to work from home such as stationery, energy and office equipment - Nepali translation.

Published 15 August 2025

पोस्टरको ढाँचाका लागि, Working from home deductions (PDF, 994KB)This link will download a file हेर्नुहोस्

कस्ता खर्चहरु तपाईंले घरबाट काम गर्दा को खर्चका रुपमा दाबी गर्न सक्नुहुन्छ

घरबाट काम गर्दाको खर्चका लागि कटौती दाबी गर्न, तपाईंले:

  • आफ्नो कामको कर्तव्य पूरा गर्न घरबाट काम गरिरहेको हुनुपर्छ (इमेल जाँच गर्ने जस्ता साना कामहरू मात्र होइन)
  • घरबाट काम गर्दा अतिरिक्त सञ्चालन खर्च लागेको हुनुपर्छ
  • घरबाट काम गर्दा यी अतिरिक्त लागतहरू बेहोर्नु परेको अभिलेख देखाउनु पर्छ ।

तपाईंको कटौती गणना गर्न, तपाईं स्थिर दर विधि वा वास्तविक लागत विधि प्रयोग गर्न सक्नुहुन्छ।

स्थिर दर विधि

स्थिर दर विधिले तपाईंलाई घरबाट काम गर्दा प्रत्येक घण्टाको लागि एक निश्चित दर दाबी गर्न अनुमति दिन्छ। यो दरले तपाईंको बाँडफाँड गर्न गाह्रो हुने खर्चहरू समेट्छ, जसमा निम्न समावेश छन्:

  • बिजुली र ग्यास
  • फोन र इन्टरनेटको प्रयोग
  • स्टेशनरी
  • कम्प्युटर सम्बन्धी उपभोग्य वस्तुहरू (जस्तै प्रिन्टरको मसी र कागज)

तपाईंले आफ्नो कर फिर्ता दाखिला गर्दा अन्यत्र कतै पनि यी खर्चहरूको लागि छुट्टै कटौती दाबी गर्न सक्नुहुन्न।

तपाईंले निम्नको लागि छुट्टै कटौती दाबी गर्न सक्नुहुन्छ:

  • घरबाट काम गर्दा प्रयोग हुने मूल्यह्रास सम्पत्तिको मूल्यको ह्रास (जस्तै कम्प्युटर र कार्यालयका फर्निचर)
  • यी वस्तुहरूको मर्मत र सम्भार
  • सरसफाइ (यदि तपाईंसँग घरमा छुट्टै कार्यालय छ भने)।

वास्तविक लागत विधि

वास्तविक लागत विधिले तपाईंलाई घरबाट काम गर्दा लाग्ने वास्तविक खर्च दाबी गर्न अनुमति दिन्छ।

यसमा निम्न समावेश हुन सक्छन्:

  • बिजुली र ग्यास
  • फोन र इन्टरनेटको प्रयोग
  • स्टेशनरी
  • कम्प्युटर सम्बन्धी उपभोग्य वस्तुहरू (जस्तै प्रिन्टरको मसी र कागज)
  • घरबाट काम गर्दा प्रयोग हुने मूल्यह्रास सम्पत्तिको मूल्यको ह्रास (जस्तै कम्प्युटर र कार्यालयका फर्निचर)
  • यी वस्तुहरूको मर्मत र सम्भार
  • सरसफाइ (यदि तपाईंसँग घरमा छुट्टै कार्यालय छ भने)।

अभिलेख राख्ने चेकलिस्ट

स्थिर दर विधि

स्थिर दर विधि प्रयोग गरेर घरबाट काम गर्दाको कटौती दाबी गर्न, तपाईंसँग निम्न हुनुपर्छ:

  • तपाईंले वर्षभरि घरबाट काम गर्दाको सम्पूर्ण समयको अभिलेख (उदाहरणका लागि, टाइमसिटमा)
  • स्थिर दर विधिद्वारा समेटेका खर्चहरूको प्रमाण (उदाहरणका लागि, यदि तपाईं घरबाट काम गर्दा आफ्नो फोन र बिजुली प्रयोग गर्नुहुन्छ भने, यी प्रत्येक खर्चको लागि एउटा रसिद राख्नुहोस्)।

यदि तपाईंले घरबाट काम गर्दा प्रयोग हुने सम्पत्तिको मूल्यह्रासको लागि छुट्टै कटौती दाबी गर्नुहुन्छ भने, तपाईंलाई निम्न कुराहरू देखाउने अभिलेखहरू पनि आवश्यक पर्नेछ:

  • सामानको मूल्य कति पर्‍यो?
  • तपाईंले यो कहिले किन्नुभयो
  • तपाईंले कहाँबाट किन्नुभयो?
  • तपाईंले कामको लागि यो वस्तु कहिले बाट प्रयोग गर्न थाल्नुभयो
  • तपाईंले आफ्नो काम र निजी प्रयोगको लेखाजोखा कसरी राख्नुहुन्छ?
  • मूल्यमा आएको ह्रासको मापन गर्न तपाईंले कुन विधि रोज्नुभयो?
  • वस्तुको मूल्यमा आएको ह्रासको गणना गर्न तपाईंले प्रयोग गर्नुभएको प्रभावकारी मूल्य निर्धारण को प्रतिलिपि, (अंग्रेजीमा) वा प्रभावकारी मूल्य निर्धारण कसरी गर्नुभयो (तपाईंले निर्धारक प्रयोग नगरेको खण्डमा)।

वास्तविक लागत विधि

वास्तविक लागत विधि प्रयोग गरेर घरबाट काम गर्दाको कटौती दाबी गर्न, तपाईंसँग निम्न हुनुपर्छ:

  • कम्तिमा ४ हप्ताको अवधिमा तपाईंले घरबाट काम गर्दाको समय देखाउने अभिलेख (जसले तपाईंको सामान्य कामको ढाँचालाई प्रतिनिधित्व गर्दछ)
  • तपाईंले दाबी गरिरहनुभएको प्रत्येक खर्चको प्रमाण, जस्तै रसिद, बिल वा चलानी जसले निम्न कुराहरू देखाउँछ:
    • खर्चको रकम
    • आपूर्तिकर्ताको नाम
    • सामान वा सेवाको प्रकृति
    • खर्च भएको मिति
    • कागजात तयार पारिएको मिति
  • तपाईंले आफ्नो कटौतीको रकम कसरी निकाल्नुभयो भन्ने कुरा देखाउने अभिलेख, प्रत्येक खर्चको काम र निजी हिस्सा सहित।

घरबाट काम गर्दा प्रयोग गरिने सम्पत्तिको मूल्यह्रासको लागि, निम्न कुराहरु देखाउने अभिलेख पनि चाहिन्छ :

  • सामानको मूल्य कति पर्‍यो?
  • तपाईंले यो कहिले किन्नुभयो
  • तपाईंले कहाँबाट किन्नुभयो?
  • तपाईंले कामको लागि यो वस्तु कहिले बाट प्रयोग गर्न थाल्नुभयो
  • तपाईंले आफ्नो काम र निजी प्रयोगको लेखाजोखा कसरी राख्नुहुन्छ?
  • मूल्यमा आएको ह्रासको मापन गर्न तपाईंले कुन विधि रोज्नुभयो?
  • वस्तुको मूल्यमा आएको ह्रासको गणना गर्न तपाईंले प्रयोग गर्नुभएको प्रभावकारी मूल्य निर्धारण को प्रतिलिपि, (अंग्रेजीमा) वा प्रभावकारी मूल्य निर्धारण कसरी गर्नुभयो (तपाईंले निर्धारक प्रयोग नगरेको खण्डमा)।

यो सामान्य सारांश मात्र हो। थप जानकारीको लागि, घरबाट काम गर्दाको खर्च (अंग्रेजीमा) हेर्नुहोस् वा पञ्जीकृत कर पेशेवरसँग कुरा गर्नुहोस्।

यदि तपाईं हामीसँग अंग्रेजी बाहेक अन्य भाषामा कुरा गर्न चाहनुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवालाई 13 14 50 मा फोन गर्नुहोस्। यदि तपाईं विदेशबाट फोन गर्दै हुनुहुन्छ भने, +61 3 9268 8332 मा फोन गर्नुहोस्।

QC105342