ato logo
Search Suggestion:

तपाईंको पेन्सनसम्बन्धी आधारभूत कुराहरू

Last updated 27 June 2022

पेन्सन के हो, कसरी बचत गर्ने र बढाउने भन्ने बारेमा आधारभूत जानकारी ।

यो पृष्ठमा

सुपर (पेन्सन) के हो ?

पेन्सन वा "सुपर" शब्दले तपाईंले काम गर्दै गर्दा अवकाशपछिको प्रयोजनको लागि आफ्नो तलवबाट कट्टा गरेर बचत गर्ने रकमलाई जनाउँछ ।

तपाईंले अहिले गर्ने बचत अवकाशका बेलामा प्राप्त हुने भएकाले सुपर महत्वपूर्ण हुन्छ ।

तपाईंले सुपर बापत जम्मा गरेको रकम केही निश्चित अवस्थामा मात्र निकाल्न सक्नु हुन्छ । तपाईंको अवकाश वा तपाईंको उमेर 65 पुग्नुलाई यस्तो अवस्थाको रूपमा लिन सकिन्छ ।

मैले सुपर बापत कसरी बचत गर्नु पर्छ ?

प्रायजसो अवस्थामा तपाईंको रोजगारदाताले तपाईंको सुपर खातामा "योगदान" गरिदिन्छन् । यसलाई "सुपर ग्यारेन्टी" भनिन्छ । रोजगारदाताले गर्ने यस्ता योगदानहरू उनीहरूले तपाईंलाई दिने तलव वा ज्याला बाहेकका रकमहरू हुन् । तपाईंको रोजगारदाताले सुपर बापत कति रकम तिर्नु पर्छ भन्ने कुराको व्यवस्था कानुनले गरेको हुन्छ ।

जुलाई 1, 2022 देखि तपाईंको आम्दानी जति नै भए पनि तपाईंको रोजगारदाताले तपाईंको सुपरमा रकम जम्म गरिदिनु पर्ने हुन्छ । तपाईं 18 वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने तपाईंले यो सेवाका लागि योग्य हुन हप्ताको 30 घण्टाभन्दा बढी काम गर्नु पर्ने हुन्छ ।

तलव पाक्दा नभएर तलवको भुक्तानी गरिँदा तपाईंको योग्यता निर्धारण गरिन्छ । अर्थात् तपाईंलाई 1 जुलाई 2022 मा वा पछि तलव दिइन्छ भने तपाईंले जति कमाउने भए पनि तपाईंको रोजगारदाताले तपाईंको सुपरमा रकम जम्मा गरिदिनु पर्छ । भुक्तानी अवधि 1 जुलाई 2022 भन्दा अगाडि भए पनि यो नियम लागू हुन्छ ।

तपाईंले 1 जुलाई 2022 सम्ममा महिनाको कम्तीमा $450 (कर अगाडि) कमाएको हुनु पर्छ ।

तपाईंले कहिलेकाहीँ, पार्ट टाइम वा फुल टाइम काम गर्ने भए पनि वा तपाईं अस्थायी बासिन्दा भए पनि यो नियम लागू हुन्छ । तपाईंसँग अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) भए पनि तपाईं आफ्नो श्रम बापत ज्याला प्राप्त गर्ने ठेकेदार (कन्ट्राक्टर) हुनु हुन्छ भने तपाईं यसका लागि योग्य हुन सक्नु हुन्छ ।

मेरो सुपरमा कसरी रकम जम्मा गरिन्छ ?

तपाईंको रोजगारदाताले तपाईंको सामान्य आयको हालको सुपर ग्यारेन्टी दर को आधारमा तपाईंको सुपर खातामा न्युनतम रकम जम्मा गरिदिनु पर्ने हुन्छ । समय बित्दै जाँदा यो योगदान बढ्छ ।

सामान्य आय भन्नाले प्राप्त हुने पुरस्कार, निश्चित लाभांश, भत्ता र तलवी बिदा सहित सामान्यतया काम गर्ने अवधि काम गरेर तपाईंले आय बुझिन्छ । सामान्यतया ओभरटाइम बापत प्राप्त हुने आय साधारण आयमा समावेश हुँदैन ।

तपाईं पनि आफ्नो सुपर खातामा रकम जम्मा गर्न सक्नु हुन्छ । कहिलेकाहीँ अष्ट्रेलियाली सरकारले पनि यस खातामा रकम जम्मा गरिदिन्छ

मेरो रोजगारदाताले जम्मा गरिदिनु पर्ने रकम जम्मा गरिरहेको छैन भने के गर्ने ?

आफ्नो रोजगारदातासँग यसबारेमा गफ गर्नुहोस् । निजलाई निम्न प्रश्न सोध्नुहोस्:

  • कति समयको अन्तरालमा रकम जम्मा गरिँदै छ
  • कुन कोषमा जम्मा हुँदै छ
  • कति रकम जम्मा हुँदै छ

तपाईं निम्न कुरा पत्ता लगाउन अनुमानित सुपर निकाल्ने टुल पनि प्रयोग गर्न सक्नुहुन्छ:

  • तपाईं सुपर ग्यारेन्टी योगदानको लागि योग्य हुनुहुन्छ वा हुन्न
  • तपाईंको रोजगारदाताले तपाईंलाई दिनु पर्ने रकम दिई रहेका छन् वा छैनन् ।

तपाईं आफ्नो सुपर खाताको स्टेटमेन्ट जाँच्न वा सम्बन्धित निकायलाई सम्पर्क गरेर आफ्नो रोजगारदाताले सुपर जम्मा गरिदिएका छन् वा छैनन् भन्ने कुरा सोध्न पनि सक्नु हुन्छ ।

तपाईंलाई आफ्नो रोजगारदाताले तपाईंले पाउनु पर्ने सुपर जम्मा गरिरहेको छैन भन्ने लागेमा तपाईं हामीलाई 13 10 20 मा सम्पर्क गर्न सक्नु हुन्छ ।

कसैले मलाई आफ्नो सुपर समय अगाडि नै निकालिदिने प्रस्ताव गरेमा म सचेत हुनु पर्छ ?

यस्तो प्रस्तावसँग सावधान हुनु होस् । यस्तो प्रस्ताव राख्ने व्यक्तिहरूले तपाईंलाई ऋण तिर्ने, घर वा कार किन्ने वा छुट्टी मनाउन जाने जस्ता प्रयोजनका लागि समय अगावै तपाईंको सुपर खाताको रकम प्रयोग गर्न सहयोग गर्ने कुरा गर्ने छन् । यस्ता योजनाहरू गैरकानुनी हुन्छन् र तपाईं ती योजनामा सहभागी हुनु भयो भने तपाईंले ठूलो जरिबाना तिर्नु पर्ने हुन सक्छ ।

उदाहरण: फिल जालबाट निस्कन सकेँ

म विगत केही महिनादेखि कार किन्न रकम जम्मा गरिरहेको छु । मेरा एक सहकर्मीले मलाई उनका एक साथीको बारेमा बताए । उनका अनुसार ती साथी मलाई आफ्नो सुपर खाताबाट केही रकम झिक्न सहयोग गर्न सक्थे ।

मेरो भाग्य भन्नु पर्छ, मैले ATO को वेबसाइट हेरें र यस्तो काम गैर कानुनी भएको कुरा थाह पाएँ । यसरी मैले रकम झिकेको भए मैले 45% कर तिर्नु पर्ने हुन्थ्यो । मैले जरिबाना तिर्नु पर्ने हुन सक्थ्यो । यहाँसम्म कि मैले जेल पनि जानु पर्ने हुन सक्थ्यो । मेरो लागि यो गल्ती निकै महङ्गो हुन सक्थ्यो ।

End of example

यो जानकारी अन्य भाषाहरूमा पनि उपलब्ध छ ।

मैले कसरी सुपर कोष (संस्था) को छनौट गर्नु पर्छ ?

धेरैजसो मान्छेहरू रकम जम्मा हुने आफ्नो सुपर कोष वा संस्था आफै छान्छन् । तपाईं यो सेवा प्राप्त गर्न योग्य हुनु हुन्छ भने तपाईंको रोजगारदाताले तपाईंले काम गर्न थालेको 28 दिनभित्र तपाईंलाई सुपर स्टान्डर्ड च्वाइस फाराम नामक फाराम भर्न लगाउनु पर्छ । त्यसपछि तपाईंले लिखित रूपमा आफ्नो छनौट बताउनु पर्छ ।

तपाईंले सुपर कोषको छनौट गर्नुभएको छैन भने 1 नोभेम्बर 2021 देखि तपाईंको रोजगारदाताले एउटा अतिरिक्त चरण पूरा गरेर तपाईंको सुपर जम्मा गरिदिनु पर्ने हुन सक्छ । तपाईंले सुपर कोषको छनौट गर्नुभएको छैन भने उहाँले हामीसँग स्टेपल सुपर कोश को विवरण माग्नु पर्ने हुन सक्छ ।

स्ट्यापल्ड सुपर कोष भनेको सम्बन्धित कर्मचारीसँग जोडिएको हाल कायम सुपर खाता हो । ती कर्मचारीले काम परिवर्तन गरे पनि यो खाता उनी रहन्छ ।

तपाईंको रोजगारदाताले स्ट्यापल्ड सुपर कोषको माग गरेमा वा हामीले विवरण उपलब्ध गराएमा हामी तपाईंलाई सो कुराको जानकारी प्रदान गर्ने छौँ ।

सबै रोजगारदातासँग 'पूर्वनिर्धारित कोष' हुन्छ र उनीहरू कोषको छनौट नगर्ने कर्मचारीको सुपर योगदान सो कोषमा जम्मा गरिदिन्छन् । तर ती रोजगारदाताहरूसँग स्ट्यापल्ड सुपर कोषको विवरण हुँदैन ।

तपाईं आफ्नो योगदान हाल पूर्वनिर्धारित सुपर खातामा जम्मा होस् भन्ने चाहनु हुन्छ तर तपाईंलाई आफ्नो खाताको विवरण थाह छैन भने तपाईं myGov को प्रयोग गरेर आफ्ना सबै सुपर खाता हेर्न सक्नुहुन्छ ।

YourSuper comparison tool ले तपाईंलाई विभिन्न MySuper कोषहरू बीच तुलना गर्न र आफूलाई उपयुक्त हुने कोष छान्न मद्दत गर्छ ।

सुपर बचत गर्ने थाल्ने कुनै समय हुँदैन । आफू अनुकूल हुने सुपर कोष छान्नुहोस् र नियमित रूपमा बचत गर्नुहोस् किनकी तपाईंले अहिले गर्ने निर्णयले तपाईंको भविष्यलाई आकार दिन्छ ।

मैले आफ्नो सुपर बचतको अभिलेख कसरी राख्ने ?

तपाईंले आफ्नो सुपर कोषको कर फाइल संख्या (TFN) लिनु पर्छ । यसले तपाईंलाई आफ्नो सुपर खाताको अभिलेख राख्न, त्यसलाई विविध खातामा सार्न र सरकार वा रोजगारदाताबाट भुक्तानी प्राप्त गर्न सहज बनाउँछ ।

तपाईं कोषले पठाउने स्टेटमेन्ट हेरेर उक्त कोषको TFN छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

myGov को प्रयोग गरी आफ्नो सुपर खाताको अवस्था बुझ्नुहोस्

निम्न प्रयोजनको लागि तपाईंmyGov खाता बनाई उक्त खाता ATO सँग जोड्न सक्नुहुन्छः

  • तपाईंले अभिलेख राख्न छुटाएका वा बिर्सिएका सुपर खाताहरूको विवरण हेर्न
  • YourSuper comparison tool को प्रयोग गरी विभिन्न MySuper कोषहरूको शुल्क र लाभदायिताको मूल्याङ्कन गर्नुहोस्
  • ATO मा राखिएको सुपर खाता पत्ता लगाउन सरकार, तपाईंको सुपर कोष वा रोजगारदाताले सुपर बापत जम्मा गरिनु पर्ने रकम जम्मा गर्ने खाता भेटेन भने हामी तपाईंको पक्षबाट उक्त रकम आफूसँग राखिदिन्छौँ
  • आफ्नो सुपर खाताहरूबाट आफूले इच्छाएको खातामा रकम स्थानान्तरण गरेर एकभन्दा बढी खातालाई एक खातामा रूपान्तरण गर्न- एउटा कोषबाट अर्को कोषमा रकम स्थानान्तरण गर्दा बिदाका दिन बाहेक सामान्यतया तीन दिन लाग्छ ।

अबका कदमहरूः

मैले आफ्नो सुपर बचत कसरी बढाउनु पर्छ ?

तपाईंको रोजगारदाताका अलाबा तपाईं पनि आफ्नो सुपर खातामा रकम जम्मा गर्न सक्नुहुन्छ । तपाईं आफ्नो कर अगाडिको तलवबाट आफ्नो सुपर खातामा 'तलवबाट कट्टा गरी रकम जम्मा गर्न सक्नुहुन्छ वा कर तिरिसकेपछिको आयबाट पनि रकम जम्मा गर्न सक्नुहुन्छ ।

तपाईं प्रत्येक वर्षमा कर नतिरिकन कम रकम आफ्नो खातामा जम्मा गर्न सक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्ने सीमाहरू पनि हुन्छन् । यी सीमाहरूलाई "क्याप्स (caps)" भनिन्छ । तपाईंले यी सीमाभन्दा बढी रकम जम्मा गर्न खोजेमा तपाईंले थप कर तिर्नु पर्ने हुन सक्छ । तपाईं आफ्नो सुपर खातामा $27,500 भन्दा बढी रकम (तपाईंको रोजगारदाताले दिने योगदानसहित) जम्मा गर्न खोज्दै हुनुहुन्छ भने योग्य परामर्शदाताको सल्लाह लिनुहोस् ।

सरकारले गर्ने योगदानहरू

तपाईंको आय निम्न वा मध्यम स्तरको छ भने तपाईं अष्ट्रेलियाली सरकारले गर्ने सुपर योगदानको लागि योग्य हुन सक्नुहुन्छ ।

कर फिर्ता फाराम पेस गर्नुहोस् । त्यसैका आधारमा हामी तपाईं बढीमा $500 सुपर योगदान (हाम्रो तर्फबाट हुने) प्राप्त गर्न सक्नुहुन्छ वा हुन्न भन्ने कुराको यकिन गर्ने छौँ । कर फिर्ता हुँदैन जस्तो लागेको छ भने पनि तपाईंले कर फिर्ता फाराम पेस गर्नु पर्ने हुन्छ । तपाईंले हाम्रो तर्फबाट हुने योगदानका लागि आवेदन दिनु पर्दैन ।

मैले आफ्नो सुपर खाताको बचत कसरी प्रयोग गर्नसक्छु ?

साधारण अवस्थामा तपाईं अवकाश लिएपछि आफ्नो सुपर खाता प्रयोग गर्न सक्नुहुन्छ । तर वित्तीय जटिलता र विशेष चिकित्सा परिस्थिति जस्ता केही अवस्थामा अवकाशअगाडि पनि तपाईं आफ्नो सुपर खाताको बचत प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंलाई समय अगावै उचित प्रयोजनको लागि आफ्नो सुपर खातामा रहेको रकमको आवश्यकता परेमा सोको लागि आवेदन दिनुअगाडि आफ्नो कोषलाई यो काम गर्न मिल्छ वा मिल्दैन भनेर सोध्नुहोस् ।

अष्ट्रेलिया छोड्ने अस्थायी बासिन्दाहरू

तपाईं अष्ट्रेलियामा काम गर्ने अस्थायी बासिन्दा हुनुहुन्छ र सुपर खाता प्राप्त गर्न योग्य हुनुहुन्छ भने तपाईंको रोजगारदाताले तपाईंको खातामा सुपर ग्यारेन्टी योगदान गर्नु पर्छ । तपाईं आफ्नो सुपर खाताको बचत तपाईं अष्ट्रेलियाबाट बाहिरिएपछि प्राप्त गर्नु हुने छ । यो भुक्तानीलाईDeparting Australia super payment (DASP) भनिन्छ ।

न्यूजिल्याण्डका नागरिक र अष्ट्रेलियाका स्थायी नागरिक यो सुविधाको लागि योग्य हुँदैनन् ।

तपाईं यो सुविधा प्राप्त गर्न योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने जान्न र अनलाइनबाट वा कागजी फाराम डाउनलोड गरेर DASP को लागि आवेदन दिन अस्थायी निवासी र सुपर मा जानुहोस् ।

विदेशबाट जम्मा हुने सुपर बचत

तपाईं विदेशबाट पैसा वा पेन्सन रकम अष्ट्रेलिया ल्याउँदै हुनुहुन्छ भने तपाईंले केही विशेष करसम्बन्धी नियमहरूको बारेमा जान्नु पर्ने हुन्छ । यस बारेमा आफ्नो वित्तीय परामर्शदाता वा अध्यागमन एजेन्टसँग छलफल गर्नुहोस् ।

थप जानकारी

तपाईं सुपरको बारेमा अधिक जान्न चाहनु हुन्छ भने ato.gov.au/individuals/super मा जानुहोस् वा हामीलाई 13 10 20 मा टेलिफोन गर्नुहोस् ।

तपाई राम्रोसँग अंग्रेजी बोल्न सक्नुहुन्न भने तर कर अधिकृतसँग कुरा चाहनुहुन्छ भने Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गरी दोभाषेको सेवा लिन सक्नुहुन्छ ।

QC62050