अष्ट्रेलियाको कर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू
तपाईं अष्ट्रेलियामा नयाँ हुनुहुन्छ वा तपाईं अंग्रेजी बुझ्नुहुन्न भने यो सारांशमा अष्ट्रेलियाली कर प्रणालीको बारेमा केही प्रश्नको जवाफ समावेश छ । यो प्रकाशन तपाईंले चाहेको भाषामा पनि उपलब्ध गराउन सकिन्छ ।
तपाईं यो जानकारी अष्ट्रेलियाको कर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू (PDF, 388KB)This link will download a file फर्म्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।
यस गाइडमा:
कर किन तिर्नु पर्छ
हामीले कर रकमबाट व्यवस्था गरिने गुणस्तरीय स्वास्थ्य र शिक्षा प्रणाली तथा पार्क, खेल मैदान जस्ता विविध सामुदायिक सुविधाहरूको प्रयोग गर्ने भएकाले हामीले कर तिर्नु पर्ने हुन्छ ।
अष्ट्रेलियाली कर कार्यालय (ATO) ले निम्न लगायतका सेवाहरू प्रदान गर्ने प्रयोजनका लागि अष्ट्रेलियाली सरकारको पक्षबाट कर संकलन गर्छ:
- स्वास्थ्य सेवा
- शिक्षा
- रक्षा
- सडक तथा रेल
- कल्याण, संकट राहत तथा पेन्सन वापत भुक्तानी
तपाईंले काम गर्न सुरु गर्नुअगाडि
यस खण्डमा:
अष्ट्रेलियामा काम गर्ने अनुमति
तपाईं विदेशी हुनुहुन्छ र अष्ट्रेलियामा काम गर्न चाहनुहुन्छ भने तपाईंले Department of Home Affairs बाट काम गर्ने अनुमति लिएपछि मात्र तपाईं अष्ट्रेलियामा काम गर्न पाउनुहुन्छ । Home Affairs ले तपाईंलाई अष्ट्रेलियामा काम गर्न कुन भिषा लिनुपर्छ भन्ने लगायतका उपयोगी जानकारी उपलब्ध गराउन सक्छ ।
अबको कदम:
Tax file number प्राप्त गर्नुहोस्
Tax file number (TFN) कर प्रणालीले तपाईंलाई प्रदान गर्ने करदाता संख्या हो । TFN निःशुल्क प्राप्त गर्न सकिन्छ ।
तपाईंले काम गर्न थाल्नुअगाडि वा थाल्ने बित्तिकै TFN प्राप्त गर्नु पर्छ । नत्रभने तपाईंले बढी कर तिर्नु पर्ने हुन्छ । हामी करदाताको पहिचान गर्ने तथा अभिलेख राख्ने प्रयोजनका लागि व्यक्ति, व्यवसाय तथा अन्य संगठनहरूलाई TFNs प्रदान गर्छौँ ।
TFN का लागि आवेदन कसरी दिने भन्ने कुरा तपाईंको परिस्थितिमा भर पर्छ ।
यो आवेदन पूरा गर्ने बेलामा हामीलाई आफ्नो परिचय पुष्टि गर्ने कागजातहरू चाहिन्छ ।
TFN प्राप्त गर्न केही समय लाग्छ । तपाईंले आवेदन पेस गरेको 28 दिनभित्र तपाईंलाई हुलाकबाट TFN पठाइन्छ ।
TFN प्राप्त गरेपछि सुरक्षित राख्नु पर्छ र कसैलाई प्रयोग गर्न दिनुहुँदैन ।
अबको कदम:
Australian business number (ABN) )अष्ट्रेलियाली व्यवसाय संख्या (व्यवसायको लागि हो
सबै व्यक्तिले अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) प्राप्त गर्न सक्दैनन् । सबै व्यक्तिले ABN प्राप्त गर्न पनि आवश्यक हुँदैन । तपाईंसँग ABN छ भने निम्न अर्थ लाग्छ:
- तपाईंको आफ्नै व्यवसाय छ
- तपाईंले हामीलाई कर तिर्नु पर्छ
- तपाईंले आफ्नो सुपर बापत रकम तिर्नु पर्छ
- तपाईंलाई चोटपटक लाग्दा बीमा लागू हुँदैन ।
निम्न कुरा पनि हेर्नुहोस्ः
तपाईंले काम गर्न सुरु गरेपछि
यस खण्डमा:
Tax file number घोषणा फाराम पूरा गर्नुहोस्
तपाईंले काम गर्न सुरु गरेपछि तपाईंको व्यक्तिगत जानकारी र TFN प्राप्त गर्न तपाईंको रोजगारदाताले तपाईंलाई Tax file number declaration )कर फाइल नम्बरसम्बन्धी घोषणा) फाराम भर्न लगाउने छन् ।
तपाईंको रोजगारदाताले यो जानकारीको आधारमा तपाईंले तिर्नु पर्ने कर रकम निर्धारण गर्छन् । तपाईंले 28 दिनभित्र यो घोषणा फाराम भरेर आफ्नो रोगजारदातालाई प्रदान गरिसक्नु पर्छ । तपाईंले यो काम गर्न नसकेको खण्डमा तपाईंले बढी कर तिर्नु पर्ने हुन्छ ।
तपाईं कर प्रयोजनका लागि अष्ट्रेलियाली बासिन्दा हुनुहुन्छ भने तपाईं यो घोषणा फाराम भर्दा आफूमा कर नलाग्ने आयको सीमा लागू हुने कुरा दावी गर्न सक्नुहुन्छ । यसको अर्थ हो तपाईंले एक वर्षमा कमाएको कुल रकममध्ये पहिलो $18,200 मा कर लाग्दैन ।
सामान्यतया तपाईं एक जना रोजगारदाताको सन्दर्भमा मात्र यो दावी गर्न सक्नुहुन्छ । तपाईं एकभन्दा बढी रोजगारदाताको लागि काम गर्नुहुन्छ भने तपाईंलाई आफूलाई सबैभन्दा बढी तलव दिने रोजगारदाताको सन्दर्भमा आयको सीमा लागू हुने दावी गर्नु पर्छ ।
निम्न कुरा पनि हेर्नुहोस्ः
कर तिर्ने तरिका
तपाईंको रोजगारदाताले तपाईंको तलव वा ज्यालाबाट कर काटेर तपाईंलाई तलव वा ज्याला दिन्छन् । तपाईंको पेस्लिपमा तपाईंले तिरको कर रकम उल्लेख हुन्छ । आर्थिक वर्षको अन्त्यमा तपाईंले आफ्नो आय विवरण वा भुक्तानी सारांश हेर्नुभयो भने तपाईंले कमाएको रकम र तिरेको कर रकम थाह पाउन सक्नुहुन्छ । तपाईं आफ्नो आयको विवरण myGov मा रहेको ATO online services मा गई हेर्न सक्नुहुन्छ ।
तपाईंले तिर्ने कर रकम निम्न कुरामा आधारित हुन्छ:
केही रोजगारदाताहरूले तपाईंलाई तलव बैंकबाट होइन नगदमा दिन्छन् । उनीहरूले निम्न कुराहरू गरेर नगदमा तलव दिए भने केही असर हुँदैन:
- तपाईंको तलवबाट कर कट्टी गर्ने
- तपाईंलाई तपाईंले तिरको कर रकम देखाउने पेस्लिप दिने
- तपाईं सुपरका लागि योग्य हुनुहुन्छ भने तपाईंको पक्षबाट सुपरमा योगदान दिने ।
तपाईंले TFN प्राप्त नगरिकन काम गर्न थाल्नुभयो भने तपाईंले 28 दिनभित्र TFN प्राप्त गरेर आफ्नो रोगजारदातालाई प्रदान गरिसक्नु पर्छ । तपाईंले यो काम गर्न नसकेको खण्डमा तपाईंले बढी कर तिर्नु पर्ने हुन्छ ।
निम्न कुरा पनि हेर्नुहोस्ः
सुपर (पेन्सन)
अवकासपछि जीविकोपार्जन गर्न तपाईंले आफ्नो रोजगारीदौरान छुट्याएको रकमलाई सुपर भनिन्छ । रोजगारी सुरु गर्दा तपाईंले सुपरले कसरी काम गर्छ र यस सन्दर्भमा तपाईंसँग के कस्ता अधिकारहरू हुन्छन् भन्ने कुरा जान्नु पर्ने हुन्छ ।
सुपर भनेको तपाईंले तलवबाहेक पाउने (रोजगारदाताले तिर्ने) रकम हो । तपाईं सुपरका लागि योग्य हुनुहुन्छ भने तपाईंको रोजगारदाताले तपाईंको पक्षबाट अनिवार्य रूपले सुपर कोषमा तोकिएको रकम जम्मा गरिदिनु पर्छ । प्रायजसो मान्छेहरू रकम जम्मा हुने आफ्नो सुपर कोष आफै छान्न पाउँछन् ।
आफ्नो खातामा सही रकम जम्मा भइरहेको छ छैन भन्ने कुरा थाह पाउन तपाईंले नियमित रूपले आफ्नो सुपर खाताको जाँच गर्नु पर्ने हुन्छ ।
निम्न कुरा पनि हेर्नुहोस्ः
तपाईंको कर फिर्ता फाराम
यस खण्डमा:
कस कसले कर फिर्ता फाराम पेस गर्नु पर्छ ?
निम्न अवस्थामा तपाईंले अनिवार्य रूपले कर फिर्ता फाराम पेस गर्नु पर्छ:
- आर्थिक वर्ष (1 जुलाई र 30 जुन) को बीचमा तपाईंको तलवबाट कर कट्टा गरिएको छ भने
- तपाईंको करयोग्य आय (केही अष्ट्रेलियाली सरकारी भुक्तानीसहितका) कर नलाग्ने आयको सीमाभन्दा बढी छ भने
- तपाईं विदेशी नागरिक हुनुहुन्छ र तपाईंले एक आर्थिक वर्षमा अष्ट्रेलियामा $1 वा सोभन्दा बढी कमाउनुभएको छ भने । (यो आयमा गैर-बासिन्दाले तिर्ने कर कट्टा गरिएको आय समावेश हुँदैन ।)
- तपाईं कम्तीमा एक आर्थिक वर्षको लागि अष्ट्रेलिया छोडेर जाँदै हुनुहुन्छ भने ।
तपाईंको कर फिर्ता फाराममा भएको विवरणको आधारमा तपाईंले थप कर तिर्नु पर्छ वा तिरेको कर रकम फिर्ता (कर फिर्ता) पाउनु हुन्छ वा हुन्न भन्ने कुरा थाह पाउँछौँ ।
निम्न कुरा पनि हेर्नुहोस्ः
तपाईंले पेस गर्नु पर्ने जानकारी
कर फिर्ता फाराम पेस गर्न तपाईंसँग निम्न जानकारी हुनुपर्छ:
- तपाईंले रोजगारीबाट (नगदसहित) कमाएको रकम, बैंक वा लगानीबाट प्राप्त ब्याज
- तपाईंको आयबाट कट्टा गरिएको रकम (अर्थात् तपाईंको रोजगारदाताले तपाईंको आयबाट कट्टा गरेर हामीलाई पठाएको रकम)
- तपाईंले दावी गरिरहनुभएको खर्च तथा कर छूट
कर कम तिर्ने प्रयोजनका लागि तपाईं कामको सिलसिलामा भएको खर्च कट्टा गर्ने दावी गर्न सक्नुहुन्छ । यसैलाई कटौती भनिन्छ । यस अन्तर्गत दावी गरिने प्रायजसो: खर्चहरू रोजगारीसम्बन्धी खर्चहरू हुन्छन् । अर्थात् तपाईं यस अन्तर्गत आफूलाई आय आर्जन गर्न सहयोग गर्ने खर्चहरू राख्नुहुन्छ । तपाईंले आफूले दाबी गर्ने हरेको खर्चको सम्बन्धमा अनिवार्य रूपले निम्न कुरा पुष्टि गर्नु पर्छ:
- तपाईंले यो खर्च आय आर्जन गर्ने प्रयोजनका लागि गरेको हो
- यी खर्च निजी काममा भएका खर्च हैनन्
- तपाईंसँग सम्बन्धित खर्चको प्रमाण (बिल आदि) छ ।
तपाईंको रोजगारदाताले तपाईंलाई भुक्तानीको सारांश वा आयको विवरण प्रदान गर्नु पर्ने हुन्छ । यो विवरणले तपाईंको आय र तपाईंले तिरेको करसम्बन्धी जानकारी प्रदान गर्छ ।
अबका कदमहरूः
अभिलेख राख्ने तरिका
तपाईंले कर फिर्ता फाराम पेस गरेपछि हामी तपाईंले पेस गरेको विवरण जाँची तपाईंले सही कर तिर्नुभएको छ वा छैन भन्ने कुरा पत्ता लगाउँछौँ । हामी तपाईंलाई यो जाँचको परिणामसहित सूचना पठाउँछौँ ।
तपाईंले आफूले दाबी गरेको खर्चको विवरण (बिल आदि) राखेको हुनु पर्छ । तपाईंले अनिवार्य रूपले कर फिर्ता फाराम पेस गरेको मितिले पाँच वर्षसम्मको अभिलेख राख्नु पर्छ । हामी तपाईंलाई ती अभिलेख देखाउन लगाउन सक्छौँ ।
तपाईं myDeductions को प्रयोग गरी सजिलै सँग आफ्नो आय तथा व्ययको अभिलेख एकै ठाउँमा राख्न सक्नुहुन्छ । आफ्नो स्मार्ट डिभाइसमा ATO app डाउनलोड गर्नुहोस् र myDeductions आइकन छान्नुहोस् ।
निम्न कुरा पनि हेर्नुहोस्ः
कर फिर्ता फाराम भर्ने र पेस गर्ने तरिका
यस खण्डमा:
कहिले पेस गर्ने
तपाईं myTax प्रयोग गरी अनलाइनबाट यो कर फिर्ता फाराम पेस गर्न सक्नुहुन्छ वा कुनै मान्यता प्राप्त कर एजेन्टलाई आफ्नो तर्फबाट फाराम पेस गर्न लगाउन सक्नुहुन्छ । तपाईंको कर फिर्ता फाराममा 1 जुलाई र 30 जुन बीचको आर्थिक गतिविधि समावेश हुन्छ । तपाईं 31 अक्टोबर सम्ममा कर फिर्ता फाराम पेस गरिसक्नु पर्छ वा कर एजेन्ट नियुक्त गरिसक्नु पर्छ ।
तपाईंले myTax प्रयोग गरी अनलाइनबाट पेस गरे पनि वा कर एजेन्ट नियुक्त गरे पनि हामी तपाईंको कर फिर्ता फाराममा आफूसँग भएको विवरण अग्रिम रूपमा भरिदिन्छौँ । जस्तै, हामी रोजगारी र बैंक ब्याजबाट आएको आय हामी भरिदिन्छौँ प्रायजसो मान्छेको हकमा यो काम जुलाईको अन्त्यसम्ममा तयार हुन्छ । हामीले आफूसँग भएका विवरण भरुन्जेल पर्खनुभयो भने तपाईं सही र सहज तरिकाले आफ्नो कर फिर्ता फाराममा विवरण भर्न सक्नुहुन्छ ।
हामी आफूले जुन जानकारी प्राप्त गरेका छौँ सोही जानकारी अग्रिम रूपमा भरिदिन्छौं । अत: तपाईंले हामीले भरेको विवरण रुजू गर्नु पर्छ र त्रुटि भेटियो भने सच्याउनु पर्छ ।
निम्न कुरा पनि हेर्नुहोस्ः
myTax बाट अनलाइन पेस गर्नुहोस्
तपाईं myTax प्रयोग गरी अनलाइनबाट कर फिर्ता फाराम पेस गर्न सक्नुहुन्छ । myTax प्रयोग गरेर अनलाइनबाट चाँडो, सहज र सुरक्षित तरिकाले कर फिर्ता फाराम पेस गर्न सकिन्छ ।
myTax प्रयोग गर्न सुरुमा तपाईंले myGov खाता बनाउनु पर्छ र आफ्नो खाता ATO online services मा लिंक गर्नु पर्छ । आवश्यक सबै सूचना प्राप्त गर्न सकियोस् र कर फिर्ता फाराम पेस गर्न ढिलाइ नहोस् भन्नका लागि यो काम ट्याक्स टाइम (1 जुलाई) भित्र गरिसक्नुहोला ।
तपाईंले आफ्नो खाता ATO online services मा लिंक गरेपछि तपाईं myTax प्रयोग गरी कर फिर्ता फाराम पेस गर्न सक्नुहुन्छ ।
अबको कदम:
मान्यताप्राप्त कर एजेन्टको सहायताले पेस गर्नुहोस्
तपाईं मान्यताप्राप्त कर एजेन्टको सहयोग लिई कर फिर्ता फाराम भर्न र पेस गर्न सक्नुहुन्छ । तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं ती एजेन्टलाई 31 अक्टोबरअगाडि सम्पर्क गरिसक्नु पर्ने हुन्छ ।
अबको कदम:
कर फिर्ता फाराम पेस गर्ने सहायता
कर फिर्ता फाराम पेस गर्ने बेलामा तपाईं निःशुल्क सहायता प्राप्त गर्न सक्नुहुन्छ । Tax Help सेवा निम्न आय (बढीमा वर्षको $60,000) भएका करदाताहरूको लागि बनाइएको हो । तपाईं कर फिर्ता फाराम भर्ने सहयोग चाहनुहुन्छ हाम्रा तालिम प्राप्त कर स्वयंसेवकहरूले तपाईंलाई सहयोग गर्न सक्छन् । हाम्रा स्वयंसेवकहरूले करदाताहरूलाई myTax प्रयोग गरी अनलाइनबाट कर फिर्ता फाराम भर्न निःशुल्क सहयोग गर्छन् । उनीहरू करदाताहरूको गोपनीयता पनि कायम गर्छन् ।
Tax Help जुलाईदेखि अक्टोबरसम्म सबै अष्ट्रेलियाका सबै राजधानी शहरहरु र अन्य क्षेत्रमा उपलब्ध हुन्छ ।
अबको कदम:
आफ्नो जानकारी सुरक्षित राख्ने तरिका
तपाईंले आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नु पर्ने हुन्छ ।
तपाईंले आफ्नो जीवनभर TFN चाहिने भएकाले यसलाई सुरक्षित राख्नुहोस् । तपाईंले आफ्नो नाम, ठेगाना, जागिर बदलेमा, तपाईं अर्को राज्यमा बसाइ सरेमा वा विदेश गएमा पनि तपाईंको TFN परिवर्तित हुने छैन ।
कसैलाई पनि आफ्नो TFN प्रयोग गर्न नदिनुहोस् । कसैलाई आफ्नो TFN प्रयोग गर्न दिनु वा बेच्नु भनेको अपराध गर्नु हो ।
निम्न व्यक्ति वा संस्थालाई मात्र आफ्नो TFN दिनुहोस्:
- तपाईंको कर विवरणको बारेमा छलफल गर्दा हामीलाई
- काम सुरु गरेपछि रोजगारदातालाई । तर कामको आवेदनमा यसको विवरण समावेश नगर्नुहोस्
- आफ्नो बैंक वा अन्य वित्तीय संस्थालाई
- Services Australia लाई
- आफ्नो कर एजेन्टलाई
- आफ्नो सुपर कोषलाई
- Higher Education Loan Program (HELP) जस्ता शैक्षिक ऋण प्राप्त गर्ने प्रयोजनका लागि आफ्नो शिक्षा संस्था वा विश्वविद्यालयलाई ।
तपाईंको TFN हरायो, चोरियो भने वा यसको दुरुपयोग भइरहेको छ भने हामीलाई तुरुन्तै जानकारी दिनुहोस् ।
व्यक्तिगत विवरणसम्बन्धी अपराध रोक्न आफ्ना व्यक्तिगत विवरणहरू सुरक्षित राख्नुहोस् । अरू व्यक्तिको विवरण प्रयोग गरी अपराध गरिएको अवस्थामा व्यक्तिगत विवरणसम्बन्धी अपराध भएको मानिन्छ । स्मरण रहोस्:
- myGov को पासवर्ड वा अन्य अनलाइन पासवर्ड कसैलाई पनि (कर एजेन्टसँग पनि) नदिनुहोस्
- इमेलमा आफ्नो TFN, पासवर्ड वा अन्य संवेदनशील जानकारी समावेश नगर्नुहोस् ।
जाली इमेल, फ्याक्स, SMS, टेलिफोन कर्ताहरूले हामीलाई छल्न सक्छन् । आफूलाई कसले सम्पर्क गरेको हो भन्ने बारेमा निश्चित हुन सक्नुभएन भने हामीलाई सम्पर्क गर्नुहोस् वा जालसाजी पत्ता लगाउनुहोस् वा रिपोर्ट गर्नुहोस् ।
निम्न कुरा पनि हेर्नुहोस्ः
If you are new to Australia or English is your second language this overview will help answer some questions you may have about tax in Australia – Nepali translation.