सुपर (निवृत्तिभरण) को स्थितिको समीक्षाका फाइदाहरू
तपाईंको सुपर (निवृत्तिभरण) तपाईंको जीवनकालमा संचित हुने सबैभन्दा ठूलो सम्पत्ति मध्ये एक बन्न सक्छ, त्यसैले यसको नियमित समीक्षा गर्न महत्त्वपूर्ण छ।
हामी वर्षमा कम्तीमा एक पटक सुपर (निवृत्तिभरण) को स्थितिको समीक्षा पूरा गर्न सिफारिस गर्छौं। धेरै व्यक्तिहरूले कर विवरण पेश गर्दा यो गर्ने छनोट गर्नुहुन्छ, तर तपाईंले जुनसुकै समयमा आफ्नो सुपर (निवृत्तिभरण) जाँच गर्न सक्नुहुन्छ।
यो भिडियो हेर्नुहोस् र सुपर (निवृत्तिभरण) को स्थितिको समीक्षाका 5 चरणहरू पालना गर्नुहोस्।
Media: The Super Health Check
https://tv.ato.gov.au/media/bi9or7orfxyyutExternal Link (Duration: 1:55)
सुरु गर्नुहोस्
सुरु गर्न, तलका निर्देशनहरू पालना गर्नुहोस् वा सुपर (निवृत्तिभरण) को स्थितिको समीक्षा (NAT 75486, PDF 215KB)This link will download a file (अंग्रेजीमा) डाउनलोड गर्नुहोस्।
यी जाँचहरू पूरा गर्ने उत्तम तरिका myGov मार्फत ATO online services प्रयोग गर्नु वा आफ्नो सुपर (निवृत्तिभरण) कोषसँग सिधै सम्पर्क गर्नु हो। यसका लागि तपाईंलाई ATO सँग लिंक गरिएको myGov खाता मात्र आवश्यक पर्छ (अंग्रेजीमा)।
एकपटक आफ्नो myGov खाता लिंक गरेपछि, तपाईंले ATO app पनि प्रयोग गर्न सक्नुहुन्छ (अंग्रेजीमा)।
यो जानकारी अन्य भाषाहरूमा पनि उपलब्ध छ।
जाँच 1: आफ्नो सम्पर्क विवरण जाँच गर्नुहोस्
हामी तथा तपाईंको सुपर (निवृत्तिभरण) कोषसँग रहेको तपाईंको सम्पर्क विवरण र कर फाइल नम्बर (TFN) अद्यावधिक छ कि छैन जाँच गर्नुहोस्। यसले सुपर (निवृत्तिभरण) हराउन बाट जोगाउँछ र दाबी नगरिएको सुपर (निवृत्तिभरण) तपाईंलाई सुम्पिन हामीलाई मद्दत गर्छ। हामीसँग रहेको तपाईंको बैंक खाता विवरण अद्यावधिक रहेको सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण छ।
myGovExternal Link मार्फत ATO online services मा लग इन गर्नुहोस् (अंग्रेजीमा)। माथिको मेनुबाट मेरो प्रोफाइल चयन गर्नुहोस्। ड्रप-डाउन विकल्पहरूबाट निम्न मध्ये कुनै एक चयन गर्नुहोस्:
- आफ्नो नाम, सम्पर्क नम्बर, इमेल र घरको ठेगाना अद्यावधिक गर्न व्यक्तिगत विवरण चयन गर्नुहोस्
- आफ्नो बैंक खाता अद्यावधिक गर्न वित्तीय संस्थासम्बन्धी विवरण चयन गर्नुहोस्
- खाता शीर्षक अन्तर्गत तपाईंले आयकर र सुपर (निवृत्तिभरण) देख्नुहुनेछ
- थप्नुहोस् वा अद्यावधिक गर्नुहोस् मध्ये कुनै एक चयन गर्नुहोस्।
आफ्नो सम्पर्क विवरण र TFN अद्यावधिक गर्न,सुपर (निवृत्तिभरण) कोषको वेबसाइट हेर्नुहोस् वा उनीहरूलाई सिधै सम्पर्क गर्नुहोस्।
जाँच 2: आफ्नो सुपर (निवृत्तिभरण) मौज्दात र रोजगारदाताको योगदान जाँच गर्नुहोस्
तपाईंसँग कति सुपर (निवृत्तिभरण) मौज्दात छ र रोजगारदाताको योगदानको निगरानी गर्न नियमित रूपमा आफ्नो सुपर (निवृत्तिभरण) मौज्दात जाँच गर्नुहोस्। यो काम तपाईंले जुनसुकै बेला ATO online services वा आफ्नो सुपर (निवृत्तिभरण) कोषमार्फत गर्न सक्नुहुन्छ।
1 जुलाई 2026 देखि, तपाईंको रोजगारदाताले तलब भुक्तानी भएको मितिपछि बढीमा 7 कार्य दिवस भित्र आफ्नो योगदान तपाईंको सुपर (निवृत्तिभरण) कोषमा पुग्ने सुनिश्चित गर्नुपर्छ (लामो समयसीमा लागू हुने अवस्था बाहेक)।
यदि तपाईं 18 वर्षभन्दा कम उमेरका हुनुहुन्छ भने, सुपर (निवृत्तिभरण) का लागि योग्य हुन हप्तामा 30 घण्टाभन्दा बढी काम गर्नुपर्छ। नवीनतम सुपर (निवृत्तिभरण) दरसम्बन्धी जानकारीका लागि सुपर (निवृत्तिभरण) ग्यारेन्टी (अंग्रेजीमा) हेर्नुहोस्।
कोषहरूले भुक्तानी प्राप्त गरेपछि खाताको मौज्दात हामीलाई जानकारी गराउँछन्। ATO online services मा देखाइएको मौज्दात तपाईंको वास्तविक हालको मौज्दातभन्दा फरक हुन सक्छ।
myGovExternal Link मार्फत ATO online services मा लग इन गर्नुहोस् (अंग्रेजीमा)। माथिको मेनुबाट सुपर (निवृत्तिभरण) चयन गर्नुहोस् र त्यसपछि निम्नमध्ये कुनै एक विकल्प चयन गर्नुहोस्:
- तपाईंका सबै सुपर (निवृत्तिभरण) खाताहरू, मौज्दातहरू (कोषमा वा हामीसँग रहेका खातासहित) तथा तपाईंको कोषले उपलब्ध गराएको सबैभन्दा पछिल्लो विवरण हेर्न कोषसम्बन्धी विवरण चयन गर्नुहोस्।
- चयन गरिएको वर्षमा हालसम्मको रोजगारदाताको कुल योगदान हेर्न जानकारी र त्यसपछि रोजगारदाताको योगदान चयन गर्नुहोस्।प्रत्येक योगदान छुट्टाछुट्टै हेर्न कारोबारहरू चयन गर्नुहोस्।
यदि तपाईंले सुपर (निवृत्तिभरण) योगदान प्राप्त गर्नुभएको छैन वा रकम सही छैन भने:
- अद्यावधिक जानकारीका लागि आफ्नो रोजगारदातासँग सम्पर्क गर्नुहोस्।
- हामीलाई यसबारे जानकारी दिनुहोस् (अंग्रेजीमा) मार्फत जानकारी दिनुहोस्।
जाँच 3: हराएको तथा दाबी नगरिएको सुपर (निवृत्तिभरण) जाँच गर्नुहोस्
उदाहरणका लागि, नाम, ठेगाना वा जागिर परिवर्तन गर्दा तपाईंले आफ्नो केही सुपर (निवृत्तिभरण) को विवरण गुमाउनुभएको हुन सक्छ। त्यसैले तपाईंको कोषसँग तपाईंको हालको विवरण रहेको सुनिश्चित गर्नु महत्त्वपूर्ण छ।
हराएको सुपर (निवृत्तिभरण) भन्नाले तपाईंको कोषले तपाईंसँग सम्पर्क गुमाएको वा तपाईंको खाता निष्क्रिय भएको अवस्थालाई जनाउँछ। यो रकम तपाईंको कोषले राखेको हुन्छ। दाबी नगरिएको सुपर (निवृत्तिभरण) भन्नाले तपाईंको कोषले हराएको सुपर (निवृत्तिभरण) हामीकहाँ स्थानान्तरण गरेको अवस्थालाई जनाउँछ।
हराएको तथा ATO online services मा रहेको सुपर (निवृत्तिभरण) सहित तपाईंका सबै सुपर (निवृत्तिभरण) खाताहरू ATO online services मा देखाइन्छन्।
myGovExternal Link मार्फत ATO online services मा लग इन गर्नुहोस् (अंग्रेजीमा)। माथिको मेनुबाट सुपर (निवृत्तिभरण) चयन गर्नुहोस्। त्यसपछि निम्नमध्ये कुनै एक चयन गर्नुहोस्:
- हराएको सुपर (निवृत्तिभरण) जाँच गर्न कोष सम्बन्धी विवरण चयन गर्नुहोस्। यदि तपाईं आफ्नो सुपर (निवृत्तिभरण) उही कोषमा राख्न चाहनुहुन्छ भने, विवरण अद्यावधिक गर्न सिधै कोषसँग सम्पर्क गर्नुहोस्।
- हराएको सुपर (निवृत्तिभरण) योग्य सुपर (निवृत्तिभरण) खातामा स्थानान्तरण गर्न व्यवस्थापन गर्नुहोस् चयन गर्नुहोस् र त्यसपछि सुपर (निवृत्तिभरण) स्थानान्तरण गर्नुहोस् चयन गर्नुहोस्, वा स्थानान्तरणका लागि आफ्नो कोषलाई अनुरोध गर्नुहोस्। तपाईंसँग एकभन्दा बढी सुपर (निवृत्तिभरण) खाताहरू भएमा मात्र सुपर (निवृत्तिभरण) स्थानान्तरण गर्नुहोस् विकल्प उपलब्ध हुन्छ।
- ATO मा रहेको सुपर (निवृत्तिभरण) योग्य सुपर (निवृत्तिभरण) खातामा सार्न व्यवस्थापन गर्नुहोस् चयन गर्नुहोस् र त्यसपछि सुपर (निवृत्तिभरण) स्थानान्तरण गर्नुहोस् चयन गर्नुहोस्।
- यदि तपाईं 65 वर्षभन्दा माथि हुनुहुन्छ वा रकम $200 भन्दा कम छ भने, सुपर (निवृत्तिभरण) प्राप्त गर्न व्यवस्थापन गर्नुहोस् र त्यसपछि ATO मा रहेको सुपर (निवृत्तिभरण) झिक्नुहोस् चयन गर्नुहोस्।
हराएको सुपर (निवृत्तिभरण) खोज्नेबारे थप जानकारी (अंग्रेजीमा) प्राप्त गर्नुहोस्।
जाँच 4: तपाईंसँग एकभन्दा बढी सुपर (निवृत्तिभरण) खाताहरू छन् कि छैनन् जाँच गर्नुहोस् र तिनलाई एकीकृत गर्नेबारे विचार गर्नुहोस्
यदि तपाईंले एकभन्दा बढी जागिर गर्नुभएको छ भने, तपाईंसँग एकभन्दा बढी सुपर (निवृत्तिभरण) खाता हुन सक्छन्। तपाईंसँग कति वटा सुपर (निवृत्तिभरण) खाताहरू छन् भन्ने थाहा हुनु महत्त्वपूर्ण छ। आफ्नो सुपर (निवृत्तिभरण) एकीकृत गर्दा शुल्क कम लाग्न सक्छ र व्यवस्थापन गर्न सजिलो हुन्छ।
यदि तपाईं आफ्नो सुपर (निवृत्तिभरण) एकीकृत गर्ने निर्णय गर्नुहुन्छ भने, तपाईंका लागि उपयुक्त कोष छनोट गर्नु महत्त्वपूर्ण छ उक्त कोषले राम्रो लाभ प्रदान गर्छ र त्यसअन्तर्गतको बीमा सुरक्षा तपाईंको आवश्यकताअनुसार छ कि छैन जाँच गर्नुहोस्, किनभने तपाईंको आवश्यकताहरू जीवनभर परिवर्तन हुन सक्छन्। तपाईंका लागि कुन कोष उत्तम विकल्प हो भन्ने जान्न MoneySmartExternal Link (अंग्रेजीमा) हेर्नुहोस्।
के गर्ने भन्नेमा अन्योल भएमा आफ्नो सुपर (निवृत्तिभरण) कोषसँग सम्पर्क गर्नुहोस् वा स्वतन्त्र वित्तीय सल्लाह लिनुहोस्।
myGovExternal Link मार्फत ATO online services मा लग इन गर्नुहोस् (अंग्रेजीमा)। माथिको मेनुबाट सुपर (निवृत्तिभरण) चयन गर्नुहोस् र त्यसपछि निम्नमध्ये कुनै एक विकल्प चयन गर्नुहोस्:
- तपाईंका सबै सुपर (निवृत्तिभरण) खाताहरू र मौज्दातहरू हेर्न कोष सम्बन्धी विवरण चयन गर्नुहोस्
- आफ्ना खाताहरू एकीकृत गर्न व्यवस्थापन गर्नुहोस् चयन गर्नुहोस् र त्यसपछि सुपर (निवृत्तिभरण) स्थानान्तरण गर्नुहोस् चयन गर्नुहोस्, त्यसपछि
- बन्द (स्थानान्तरण) गर्न चाहेको कोष चयन गर्नुहोस्
- सूचीबद्ध खाताहरूमध्ये रकम स्थानान्तरण गर्न चाहेको कोष चयन गर्नुहोस्
- आफ्नो चयन पुष्टि गरी अनुरोध पेश गर्नुहोस्।
जाँच 5: आफ्नो मनोनित लाभग्राही जाँच गर्नुहोस्
तपाईंको इच्छापत्रले यसलाई समेट्दैन, त्यसैले आफ्नो सुपर (निवृत्तिभरण) कोषमा वैध मृत्यु लाभग्राही मनोनयन रहेको सुनिश्चित गर्न समय निकाल्नुहोस्। यसले तपाईंका प्रियजनहरूलाई तपाईंको सम्पत्ति व्यवस्थापनको प्रक्रिया टुंग्याउन अनावश्यक कठिनाइ भोग्नुपर्ने अवस्था आउन दिँदैन।
अधिकांश बाध्यकारी मनोनयनहरू प्रत्येक 3 वर्षमा समाप्त हुन्छन्। केही सुपर (निवृत्तिभरण) कोषहरूमा मनोनयन रद्द नगरिएसम्म कायम रहने विकल्प उपलब्ध हुन्छ।
यदि तपाईंले लाभग्राही मनोनयन गर्नुभएन भने, लाभ रकम कसलाई भुक्तानी गर्ने भन्ने कुरा तपाईंको कोषलाई थाहा नहुन सक्छ। त्यस्तो अवस्थामा उनीहरूले कानुनअनुसार कार्य गर्नेछन्। सामान्यतया यसको अर्थ रकम तपाईंका एक वा एकभन्दा बढी आश्रित व्यक्तिहरू वा तपाईंका कानुनी व्यक्तिगत प्रतिनिधिलाई भुक्तानी गरिनेछ भन्ने हो।
आफ्नो मृत्यु लाभग्राही जाँच गर्न वा मनोनयन गर्न:
- तपाईंको सुपर (निवृत्तिभरण) कोषको वेबसाइट हेर्नुहोस् वा वैध मनोनयन पहिले नै कायम छ कि छैन भन्ने जाँच गर्न उनीहरूसँग सम्पर्क गर्नुहोस्।
- के गर्ने भन्नेमा अन्योल भएमा आफ्नो सुपर (निवृत्तिभरण) कोषसँग सम्पर्क गर्नुहोस् वा योग्य सम्पत्ति योजनाकारबाट स्वतन्त्र वित्तीय वा कानुनी सल्लाह लिनुहोस्।