व्यक्तिगत संकट वा जोखिम
व्यक्तिगत संकट वा असक्षम अवस्था भन्नाले तपाईं यस्तो गम्भीर परिस्थितिमा हुनुहुन्छ भन्ने बुझिन्छ, जसले गर्दा तपाईंको स्वास्थ्य वा मानसिक अवस्थामा असर परेको छ र तपाईं आफ्नो कर र अवकाश भत्तासम्बन्धी कामहरू ठीकसँग सम्हाल्न सकिरहनु भएको छैन। यसअन्तर्गत तपाईंको परिवारमा परेको कुनै दुःखद घटना वा मृत्यु, गम्भीर बिरामी वा अपाङ्गता, मानसिक स्वास्थ्य समस्या, वा पारिवारिक र घरेलु हिंसा जस्ता कुराहरू पर्न सक्छन्।
आर्थिक कठिनाइ
आर्थिक कठिनाइ भनेको तपाईं आफ्नो वा आफ्नो परिवारको आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेको अवस्था हो। आवश्यकताहरूमा खाना, आवास, कपडा, चिकित्सा उपचार, शिक्षा वा अन्य आधारभूत वस्तुहरू समावेश हुन सक्छन्।
प्राकृतिक प्रकोप
प्राकृतिक विपद्बाट प्रभावित हुनु भनेको कुनै ठूलो वातावरणीय घटनाका कारण तपाईंले सास्ती भोग्नु, केही गुमाउनु वा तपाईंको धनजनमा क्षति पुग्नु हो। यसमा डढेलो, चक्रवात, खडेरी, बाढी वा गम्भीर आँधी जस्ता घटनाहरू समावेश हुन सक्छन्।
तपाईंको नजिकको व्यक्तिको मृत्यु
हालै बित्नुभएको कुनै व्यक्तिको बारेमा हामीलाई जानकारी दिनुपर्ने छ भने उहाँको इच्छापत्र कार्यान्वयन गर्ने व्यक्ति, नजिकको हकवाला वा अन्य कुनै सम्बन्धित व्यक्तिले हामीलाई फोन गरेर जानकारी गराउनुपर्ने छ। तपाईं मृतक व्यक्तिको कर र सुपरको भुक्तानी गर्न तयार भएपछि निम्न जानकारी हेर्नुहोस्:
- कसैको मृत्यु हुँदा के गर्ने भन्ने बारेमा हाम्रो चेकलिस्ट (अंग्रेजीमा)
- सुपर डेथ बेनिफिट वा SMSF सदस्यको मृत्यु (दुबै अंग्रेजीमा)।
हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं?
तपाईं व्यक्तिगत संकट, आर्थिक अभाव, प्राकृतिक विपद् वा आफ्नो नजिकको कुनै व्यक्तिको मृत्युका कारण गाह्रो परिस्थितिमा हुनुहुन्छ र आफ्नो कर वा अवकाश भत्ता सम्बन्धी जिम्मेवारीहरू पूरा गर्न कठिनाइ भइरहेको छ भने मद्दतको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई सबैभन्दा बढी आवश्यक परेको समयमा करसम्बन्धी सहयोग (अंग्रेजीमा) प्रदान गर्न सक्छौं।
हामीसँग जोखिममा रहेका व्यक्तिहरूको लागि हाम्रो सहयोगको बारेमा जानकारी पनि उपलब्ध हुन्छ। यो जानकारीमा तपाईंले वित्तीय सल्लाह , र मानसिक स्वास्थ्य, कल्याण र परामर्श सेवाहरू (सबै अंग्रेजीमा) सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुन्छ।
सकेसम्म चाँडो हामीलाई सम्पर्क गर्नुहोस्।
हामी तपाईंलाई आफ्नो अवस्थाको बारेमा सकेसम्म चाँडो हामीलाई सम्पर्क गर्न प्रोत्साहित गर्दछौं। तपाईं निम्न कुरा अपेक्षा गर्न सक्नुहुन्छः
- तपाईंको राम्रो हेरचाह गरिने छ।
- हामी तपाईंको कर र सुपर पदको बारेमा निश्चितता प्राप्त गर्न मद्दत गर्ने छौं।
- हामी तपाईंको अवस्था सुन्ने छौं र तपाईंको आवश्यकताअनुसार सहयोग प्रदान गर्ने छौं।
- तपाईं आफ्ना विकल्पहरू र अबका चरणहरूको बारेमा स्पष्ट र सरल जानकारी पाउनुहुने छ।
हाम्रा फोन नम्बरहरू
तपाईं प्राकृतिक प्रकोप वा तत्काल संकट वा कठिनाइको कारण कसैसँग कुरा गर्न चाहनुहुन्छ भने हाम्रो आपतकालीन सहायता लाइन 1800 806 218 मा फोन गर्नुहोस्।
तपाईं निम्न सोधपुछ लाइनमध्ये कुनै एकमा पनि फोन गर्न सक्नुहुन्छ:
- व्यक्तिगत सोधपुछ 13 28 61
- लज र भुक्तानीसम्बन्धी सोधपुछ 13 11 42
- व्यावसायिक सोधपुछ 13 28 66 ।
फोन गर्नुअघि निम्न कुराहरू जाँच गर्नुहोस्:
- फोन सेवाको सञ्चालन समय (अंग्रेजीमा)
- तपाईंसँग आफ्नो पहिचान प्रमाणित गर्ने जानकारी छ वा छैन (अंग्रेजीमा)।
तपाईं आफ्नो तर्फबाट अरू कसैले हामीसँग बोलोस् भन्ने चाहनुहुन्छ भने तपाईं निम्न कुरा गर्न सक्नुहुन्छ:
- अनलाइन अधिकृत सम्पर्क व्यक्ति मनोनयन गर्नुहोस् (अंग्रेजीमा)
- तपाईंको तर्फबाट हामीलाई सम्पर्क गर्न सक्ने पञ्जीकृत कर व्यवसायीसँगExternal Link कुरा गर्नुहोस् (अंग्रेजीमा)।
तपाईं अंग्रेजी बाहेकका भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service, TIS National) लाई 13 14 50 मा फोन गर्नुहोस्। यो नि:शुल्क सेवाले यी उपलब्ध भाषाहरूमाExternal Link दोभाषे प्रदान गर्दछ (अंग्रेजीमा)। सेवाले तपाईं र एक दुभाषियालाई हामीसँग जोड्नेछ ताकि हामी तपाईंको सोधपुछमा मद्दत गर्न सकौं। TIS National सँग सम्पर्क गर्न, सोमबारदेखि शुक्रबारसम्म बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म AEST समयमा, फोन गर्नुहोस्:
- यदि तपाईं अष्ट्रेलियामा हुनुहुन्छ भने 13 14 50 मा फोन गर्नुहोस्।
- यदि तपाईं अष्ट्रेलिया बाहिर हुनुहुन्छ भने +61 3 9268 8332 मा फोन गर्नुहोस्।
यदि तपाईं बहिरा, कम सुन्ने वा बोली/सञ्चारमा कठिनाइ भएको व्यक्ति हुनुहुन्छ भने, तपाईंले National Relay ServiceExternal Link (NRS) (अंग्रेजीमा) मार्फत हामीलाई निम्न अनुसार सम्पर्क गर्न सक्नुहुन्छ:
- आफ्नो रोजाइको NRS कल च्यानलमार्फत NRS सँग सम्पर्क गर्नुहोस्। NRS कल नम्बरहरू र लिङ्कहरूExternal Link (अंग्रेजीमा) मा विस्तृत रूपमा दिइएको छ।
- NRS लाई तपाईंले कल गर्न चाहनुभएको ATO को फोन नम्बर प्रदान गर्नुहोस्।