ato logo
Search Suggestion:

अष्ट्रेलियाको कर तथा सुपर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू

Last updated 16 April 2023

अष्ट्रेलियन कर कार्यालय (ATO) को वेबसाइटमा यहाँलाई स्वागत छ हामी कर तथा पेन्सन (सुपर) प्रणालीको व्यवस्थापन गर्छौं ।

ATO अष्ट्रेलियाली सरकारको राजस्व संकलन गर्ने मुख्य एजेन्सी हो । संकलित राजस्व सेवा र सार्वजनिक स्वास्थ्य तथा यातायात जस्ता पूर्वाधारमा खर्च गरिन्छ । यसले सबै अष्ट्रेलियालीहरूलाई फाइदा पुर्याउँछ ।

हामी कर र सुपर प्रणालीलाई सकेसम्म सहज बनाउन चाहन्छौं ।

हाम्रो वेबसाइटमा तपाईं निम्न कुराहरूसम्बन्धी जानकारी पाउने हुने छ:

  • अष्ट्रेलियामा कर र सुपर प्रणालीले काम गर्ने तरिका
  • अध्ययन (विदेशी विद्यार्थीहरूको लागि)
  • कर फाइल संख्या (TFN) प्राप्त गर्ने र प्रथम काम सुरु गर्ने तरिका
  • आफ्नै व्यावसाय सुरु गर्ने मान्छेहरूका लागि कर र सुपर
  • प्रथम पटक आफ्नो कर फिर्ता (Tax Return) फाराम पेस गर्ने तरिका
  • अवकाशको प्रयोजनका लागि आफ्नो सुपर वृद्धि गर्ने र त्यसको अभिलेख राख्ने

कर: करले कसरी काम गर्छ र हामीले कर तिर्नु पर्ने कारण
 

अष्ट्रेलियमा अध्ययन
 

पहिलो रोजगारी सुरु गर्दा
 

नगद प्राप्त गर्दा
 

तपाईको आफ्नै व्यवशाय शुरु गर्दा
 

प्रथम पटक आफ्नो कर फिर्ता फाराम पेस गर्ने तरिका
 

सुपर: सुपर के हो र यसको महत्व के छ
 

जालसाजीबाट सुरक्षित रहनुहोस्
 

सहयोग प्राप्त गर्ने तरिका
 

सुन्न रुचाउनुहुन्छ? नेपालीमा सुन्न थिच्नुहोस्

कर तथा सुपरसम्बन्धी सामान्य शब्दावली हेर्नुहोस्

तपाईंले यो जानकारी बुझ्नुभएन भने तपाईं कर एजेन्टसँग गफ गर्न वा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

कर: करले कसरी काम गर्छ र हामीले कर तिर्नु पर्ने कारण

कर के हो?

हामीले सरकारको पक्षबाट संकलन गर्ने रकमलाई कर भनिन्छ । तपाईंले निम्न कुराहरूबाट आय आर्जन गर्नुहुन्छ भने तपाईंले कर तिर्नु पर्ने हुन सक्छ:

  • कामबाट
  • Centrelink का भत्ता तथा भुक्तानीहरू वापत
  • व्यवसायबाट
  • (बैंक ब्याज जस्ता) अन्य श्रोतहरूबाट ।

कर किन तिर्नु पर्छ

हामीले संकलन गर्ने कर निम्न सेवाको भुक्तानीमा प्रयोग हुन्छ:

  • स्वास्थ्य
  • शिक्षा
  • रक्षा
  • सडक तथा रेल
  • Centrelink बाट प्राप्त हुने सामाजिक सुरक्षा तथा अन्य भुक्तानी।

मैले कसरी कर तिर्नु पर्छ ?

तपाईं कुनै रोजगारदाताको लागि काम गर्नुहुन्छ भने निजले तपाईंको तलवबाट कर कट्टा गर्छन् र सो कर रकम हामीलाई दिन्छन् ।

तपाईंले व्यवसाय वा ब्याजबाट आय आर्जन गर्नुभयो भने पनि तपाईंले हामीलाई कर तर्नु पर्ने हुन सक्छ । सहयोगको आवश्यकता भएमा तपाईं हामीलाई वा पञ्जीकृत कर एजेन्टलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रायजसो मान्छेहरूले निम्न कुरा जनाउन प्रत्येक वर्ष कर Tax Return पेस गर्नु पर्छ:

  • आफूले आर्जन गरेको आय
  • आफूले तिरेको कर ।

हामी तपाईंले तिरेको कर रकम सही छ वा छैन भन्ने कुरा निर्धारण गर्न यो सूचना प्रयोग गर्ने छौँ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर के हो, हामी किन कर तिर्छौँ र कसरी कर तिर्ने भन्ने बारेमा जान्नुहोस् ।
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrgzzdExternal Link (Duration: 00:01:16)

 

अष्ट्रेलियमा अध्ययन

तपाईं छ महिना वा सोभन्दा बढी अवधिका लागि अष्ट्रेलियामा अध्ययन गर्दै हुनुहुन्छ भने करको प्रयोजन (कर लाग्ने आवास) का लागि तपाईंलाई निवासीको रूपमा लिइने छ । विद्यार्थी अवस्था र प्रवासनको अवस्था फरक फरक कुराहरू हुन् ।

कर प्रयोजनको लागि निवासी हुनुले निम्न अर्थ दिन्छ:

  • तपाईंको आयकर दर र अष्ट्रेलियाली निवासीको आयकर दर एकै छ । यो दर विदेशी नागरिकमा लागू हुने दरभन्दा सामान्यतया कम हुन्छ ।
  • तपाईंसँग निम्न लगायतका अष्ट्रेलियाली कर प्रणालीबाट प्राप्त हुने सुविधा प्राप्त गर्ने अधिकार छ          
    • कर नलाग्ने आयको सीमा
    • कर छूट ।
     

सुन्न रुचाउनुहुन्छ?

Media: अष्ट्रेलियमा अध्ययन
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiud4tykjcExternal Link (Duration: 00:00:37)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

पहिलो रोजगारी सुरु गर्दा

तपाईंले काम गर्न सुरु गर्नुअगाडि

कर फाइल संख्या प्राप्त गर्नुहोस्

तपाईंको कर फाइल संख्या (TFN) हाम्रो कर प्रणालीले तपाईंलाई प्रदान गर्ने करदाता संख्या हो । काम गर्न सुरु गर्नुअगाडि वा काम गर्न सुरु गर्ने बित्तिकै तपाईंले TFN का लागि आवेदन दिनु पर्छ । तपाईंले आफ्नो रोगजारदातालाई TFN दिन सक्नुभएन भने तपाईंले बढी कर तिर्नु पर्ने छ ।

TFNनिःशुल्क प्राप्त गर्न सकिन्छ ।

अर्को कदमहरुः

आफ्नो TFN सुरक्षित राख्नुहोस्

तपाईंले आफ्नो नाम बदलेमा, तपाईं अर्को राज्यमा बसाइ सरेमा वा विदेश गएमा पनि तपाईंको TFN परिवर्तित हुने छैन ।

कसैलाई पनि आफ्नो TFN प्रयोग गर्न नदिनुहोस् ।

कामको लागि आवेदन दिँदा वा इन्टरनेटबाट आफ्नो TFN नदिनुहोस् । काम गर्न सुरु गरेपछि आफ्नो रोगजारदातालाई मात्र तपाईंले आफ्नो TFN दिनु पर्छ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: पहिलो काम सुरु गर्दा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4jmeExternal Link (Duration: 00:00:54)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

तपाईंले काम गर्न सुरु गर्नुअगाडि

कर फाइल संख्या घोषणा फाराम पूरा गर्नुहोस्

तपाईंको व्यक्तिगत जानकारी र TFN प्राप्त गर्न तपाईंको रोजगारदाताले तपाईंलाई Tax file number declaration फाराम भर्न लगाउने छन् ।

तपाईंको रोजगारदाताले यो जानकारीको प्रयोग गरेर तपाईंले कति कर तिर्नु पर्छ भन्ने कुरा निर्धारण गर्छन् ।

तपाईंले 28 दिनभित्र यो घोषणा फाराम आफ्नो रोगजारदातालाई प्रदान गरिसक्नु पर्छ । तपाईंले यो काम गर्न नसकेको खण्डमा उनीहरूले तपाईंबाट बढी कर लिनु पर्ने हुन्छ ।

तपाईंले कति कर तिर्नु पर्ने छ

तपाईंको रोजगारदाताले तपाईंको तलवबाट कर कट्टा गरी कर रकम हामीलाई दिने छन् । यसलाई 'कर कट्टी (pay as you go withholding)' भनिन्छ ।

तपाईंले तिर्ने कर रकम निम्न कुरामा आधारित हुन्छ:

  • तपाईं कर प्रयोजनको लागि निवासी हुनु हुन्छ वा हुन्न
  • तपाईं कति आय आर्जन गर्नुहुन्छ
  • तपाईंसँग कर फाइल संख्या (TFN) छ वा छैन

पेन्सन

पेन्सन वा 'सुपर' रोजगारदाताले तपाईंको तलवबाट कट्टा गरेर सुपर कोश (पेन्सन कोश) मा जम्मा गर्ने रकम हो । तपाईंको सुपरमा बचत भएको रकम तपाईंको रोजगारी अवधिमा बढी रहन्छ । तपाईं अवकाशपछि उक्त रकम प्रयोग गरेर जीविकोपार्जन गर्नु हुने छ

थप जान्नुहोस्:

नगद प्राप्त गर्दा

केही रोजगारदाताहरूले तपाईंलाई तलव बैंकबाट होइन नगदमा दिन्छन् । उनीहरूले निम्न कुराहरू गरेर नगदमा तलव दिए भने यो केही फरक पर्दैन:

  • तपाईंको तलवबाट कर कट्टा गरी कर रकम हामीलाई दिएमा
  • तपाईंलाई तपाईंले तिरको कर रकम देखाउने पेस्लिप दिएमा
  • तपाईंको सुपर कोशमा सही रकम जम्मा गरिदिएमा ।

रोजगारदाताले माथि उल्लिखित कुरा नगरेमा तपाईं आफूले पाउनेभन्दा कम तलव र सुपर प्राप्त गरिरहनुभएको हुन सक्छ


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: पहिलो काम सुरु गर्दा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4s7xExternal Link (Duration: 00:01:51)

 

थप जान्नुहोस्:

कर्मचारी वा ठेकेदार

कर्मचारी र ठेकेदार फरक फरक व्यक्ति हुन् ।

तपाईं कुनै अर्को व्यक्तिको व्यवसायमा काम गरिरहनु भएको छ भने तपाईं कर्मचारी हो ।

तपाईं स्व:रोजगार हुनुहुन्छ तथा आफ्नै व्यवसाय चलाइरहनु भएको छ भने तपाईं ठेकेदार हो ।

केही रोजगारदाताहरूले तपाईंलाई ठेकेदारको रूपमा लिन्छन् र वा तपाईंलाई अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) लिन प्रोत्साहित गर्छन् । यसो गरेर उनीहरू आफ्नो उत्तरदायित्वबाट भागिरहेका छन् भन्ने कुरा बुझ्नुहोस् ।

व्यवसाय चलाएर बस्ने व्यक्तिहरूलाई मात्र ABN को आवश्यकता पर्छ । तपाईंको रोजगारदाताले तपाईंलाई ठेकेदारको रूपमा व्यवहार गरेर तलव दिइरहेको छ भने तपाईंले निम्न लगायतका सुविधाहरू गुमाइरहेको हुन सक्छ:

  • बिरामी बिदा
  • तलवी बिदा
  • सुपर
  • रोजगारी बीमा ।

थप जान्नुहोस्:

कार्यस्थलमा हुँदाका अधिकार तथा दायित्वहरू

अष्ट्रेलियामा काम गर्ने सबै जनासँग कामसम्बन्धी अधिकार तथा दायित्वहरू हुन्छन् । अष्ट्रेलियाली कानुनले न्यूनतम तलव तथा कार्यस्थलका सुविधाहरू निर्धारण गरेको हुन्छ ।

न्यायोचित रोजगारी लोकपालले तपाईंलाई कामसम्बन्धी उत्तरदायित्व तथा अधिकारहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ । त्यहाँबाट विभिन्न भाषामा सूचना प्राप्त गर्न सकिन्छ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: पहिलो काम सुरु गर्दा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz9jqpExternal Link (Duration: 00:01:16)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

तपाईको आफ्नै व्यवसाय शुरु गर्दा

आफ्नै व्यवसायबाट आय आर्जन गर्दा कर आफैले तिर्नु पर्छ ।

तपाईं आफूले तिर्ने कर रकम कम गर्न व्यावसायिक लागत बापत कर छूटको माग गर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो व्यवसायमा कर्मचारी राखेमा तपाईंले आफ्नो कर्मचारीको कर तथा सुपर तिरिदिनु पर्ने हुन्छ ।

तपाईंलाई के गर्ने भन्ने बारेमा कुनै जानकारी छैन भने सहयोगका लागि पञ्जीकृत कर एजेन्टलाई सोध्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्

निम्न कुरा पनि हेर्नुहोस्ः

तपाईंले व्यावसाय सुरु गर्नुअगाडि

व्यावसाय वा रूची

तपाईंको क्रियाकलाप व्यवसाय वा रुची के हो निर्धारण गर्नु पर्ने हुन्छ ।

'रुची' भन्नाले तपाईंले फुर्सदको बेला रमाइलोका लागि क्रियाकलापलाई बुझिन्छ । तपाईं कुनै क्रियाकलापबाट रकम कमाउन खोज्दै हुनुहुन्छ भने तपाईं व्यवसाय गरिरहनु भएको छ ।

तपाईं व्यवसाय गरिरहनुभएको छ भने तपाईंसँग निम्म लगायतका कानुनी दायित्वहरू हुन्छन्:

  • हामीलाई आफूले कति आम्दानी गर्नुभएको छ सो कुराको जानकारी दिने
  • आफूले दाबी गर्न चाहेका खर्चहरूको अभिलेख राख्ने ।

आफ्नो व्यावसायको संरचना छान्ने तरिका

अष्ट्रेलियामा चार प्रकारका व्यवसायहरू हुन्छन्- एकलौटी, साझेदारी, कम्पनी र ट्रस्ट ।

हरेक संरचनामा करसम्बन्धी फरक फरक नियमहरू हुन्छन् । यी नियमले तपाईंले तिर्ने कर रकम र तपाईंले ऋण लिएमा के हुन्छ भन्ने कुरालाई असर गर्छन् । आफ्नो व्यवसायको संरचना छान्नुअगाडि तपाईंले यी नियमहरू बुझ्नु पर्ने हुन्छ ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrc1y6External Link (Duration: 00:00:58)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

आफ्नो व्यावसायको सुरु गर्ने तरिका

आफ्नो व्यावसाय दार्ता गर्ने तरिका

तपाईंले व्यवसाय सुरु गर्दा तपाईंले निम्न कुरा प्राप्त गर्नु पर्छ:

  • अष्ट्रेलियाली व्यावसाय संख्या (ABN)
  • पहिलै लिनुभएको छैन भने कर फाइल संख्या (TFN) ।

तपाईं कति आर्जन गर्नुहुन्छ र तपाईंले कर्मचारी राख्नुभएको छ वा छैन भन्ने कुराको आधारमा तपाईंले निम्न सेवामा पनि दर्ता गर्नु पर्ने हुन सक्छ:

  • वस्तु तथा सेवा कर (GST)
  • कर कट्टी (pay as you go withholding)
  • लाभ सुविधा कर (FBT)
आफ्नो व्यवसायको लागि TFN प्राप्त गर्ने तरिका

सबै व्यवसायको कर फाइल संख्या (TFN) हुनु पर्छ ।

तपाईं एकलौटी व्यवसाय गरिरहनुभएको छ भने तपाईं व्यक्तिगत TFN प्रयोग गर्न सक्नुहुन्छ ।

अरू व्यवसायिक संरचनाको हकमा तपाईंले ABN को लागि आवेदन दिँदा तपाईंसँग TFN हुनु पर्छ ।

ABN प्राप्त गर्ने तरिका

अरू व्यवसाय, सरकार र ATO सँग व्यवहार गर्दा प्रयोग गर्ने प्रयोजनको लागि तपाईंलाई दिइएको अद्वितीय संख्यालाई अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) भनिन्छ ।

सबै जनासँग ABN हुनु पर्छ भन्ने छैन । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ भने मात्र तपाईंलाई ABN चाहिन्छ ।

तपाईंले आफूले जारी गर्ने बीजकमा अनिवार्य रूपले आफ्नो ABN उल्लेख गर्नुपर्छ । तपाईंसँग ABN छैन भने तपाईंले कारोबार गर्ने अरू व्यवसायले तपाईंले प्राप्त गर्न रकमबाट सामान्यभन्दा बढी रकम कर बापत काटेर हामीलाई दिने छन् ।

ABNनिःशुल्क प्राप्त गर्न सकिन्छ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

GST र अन्य खाले करमा दर्ता गर्ने तरिका

तपाईंले आफूले चलाइरहेको व्यवसाय प्रकृतिको आधारमा GST र अन्य खाले करमा दर्ता गर्नु पर्ने हुन सक्छ ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrpdnsExternal Link (Duration: 00:01:43)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

कर रिपोर्ट गर्ने तथा तिर्ने तरिका

तपाई व्यवसाय चलाउनु हुन्छ भने तपाईंले आफ्नो व्यवसायले कमाउने रकम बापत कर तिर्नु पर्ने हुन्छ । तपाईंले पेस गर्ने कर फिर्तीको प्रकार तपाईंको व्यवसायको संरचनामा भर पर्छ । तपाईंले क्रियाकलापको विवरण पनि पेस गर्नु पर्ने हुन सक्छ ।

तपाईंको कर फिर्ति

तपाईंको कर फिर्तिले हामीलाई निम्न कुराको जानकारी दिन्छ:

  • तपाईंको व्यवसायले कमाएको रकम
  • तपाईंले तिरेको कर रकम

तपाईंले अनिवार्य रूपले हरेक वर्ष कर फिर्ता फाराम पेस गर्नु पर्छ:

तपाईं एकलौटी व्यवसाय चलाउँदै हुनुहुन्छ भने तपाईंले व्यक्तिगत कर फिर्तीको प्रयोग गरेर आफ्नो कर विवरण पेस गर्नु पर्ने छ ।

तपाईं साझेदारी व्यवसाय, कम्पनी वा ट्रस्ट चलाइरहनुभएको छ भने तपाईंले आफ्नो व्यवसायको हकमा फरक खाले कर फिर्ती फाराम प्रयोग गर्नु पर्ने हुन्छ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

क्रियाकलापको विवरणफाराम (AS)

क्रियाकलापको विवरण र कर फिर्ती फाराम फरक फरक कुरा हुन् । व्यवसायहरू निम्न लगायतका करको रिपोर्ट गर्न तथा ती करहरू तिर्न क्रियाकलापको विवरण प्रयोग गर्छन्:

  • वस्तु तथा सेवा कर (GST)
  • कर कट्टी (PAYG)

तपाईंले GST मा दर्ता गर्नुभएको छ भने हामी तपाईंलाई व्यवसाय क्रियाकलाप विवरण (BAS) फाराम पठाउने छौँ । हामी प्राय जसो अवस्थामा प्रत्येक तीन महिनामा BAS फाराम पठाउँछौँ ।

तपाईंले GST मा दर्ता गर्नुभएको छैन भने हामी तपाईंलाई BAS का सट्टामा किस्तासम्बन्धी सूचना पठाउने छौँ । हामी तपाईंलाई तपाईंको व्यवसाय चलेको पहिलो वा दोस्रो वर्ष यो फाराम पठाउने छौँ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

कटौती तथा छूट दाबी गर्ने तरिका

तपाईं आफ्नो व्यवसायका लागि खर्च गर्नुहुन्छ भने तपाईं कर कटौतीको लागि दाबी गर्न सक्नुहुन्छ । परिणामस्वरूत तपाईंले कम कर तिर्नु पर्छ ।

केही व्यवसायहरू कर छूट वा फिर्ती प्राप्त गर्न पनि योग्य हुन्छन् ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqjacExternal Link (Duration: 00:01:52)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

आफ्ना कर्मचारीहरूलाई भुक्तानी दिने तरिका

तपाईंको व्यवसायले कर्मचारी वा ठेकेदार (चाहे परिवारका सदस्य नै किन नहुन्) लाई काममा राखेको छ भने तपाईंले केही अतिरिक्त काम गर्नु पर्छ ।

कर्मचारीलाई भुक्तानी दिने तरिका

TFN घोषणा

कर्मचारीले काम गर्न सुरु गरेको दिने तपाईंले उनीहरूलाई कर फाइल संख्या घोषणा फाराम भर्न लगाउनु पर्छ । उनीहरूसँग कर फाइल संख्या छैन भने तपाईंले उनीहरूबाट उपलब्ध सबैभन्दा उच्च दरमा कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

PAYG कट्टी

तपाईंले कर्मचारी काममा राख्नु भएको छ भने तपाईंले उनीहरूको तलवबाट कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ । यसलाई कर कट्टी (pay as you go withholding) भनिन्छ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

सुपर बापत भुक्तानी गर्ने तरिका

तपाईंले कर्मचारी काममा राख्नुभएको छ भने तपाईंले अनिवार्य रूपले योग्य कर्मचारीको पेन्सन (सुपर) रकम भुक्तानी गर्नु पर्छ । तपाईंले यो रकम कर्मचारीको पेन्सन कोशमा पठाउनु पर्छ । यसलाई "सुपर ग्यारेन्टी" भनिन्छ ।

निम्न कुरा पनि हेर्नुहोस्ः

सिङ्गल टच पेरोल (STP)

सिङ्गल टच पेरोलअन्तर्गत तपाईंले कर्मचारीलाई तलव दिँदा हरेक पटक आफ्ना कर्मचारीको पेरोलसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ । तपाईंले निम्न जानकारी प्रदान गर्नु पर्छ:

  • तिरिएको तलव वा ज्याला
  • काटिएको कर
  • पेन्सन बापत गरिएका योगदानहरू

तपाईं यो जानकारी कसरी र कहिले दिनु पर्छ भन्ने कुरा तपाईंको व्यवसायमा भएका कर्मचारीहरूको संख्यामा भर पर्छ ।

तपाईं आफूलाई यो जानकारी प्रदान गर्न सहयोग गर्ने विशेष सफ्टवेयर प्राप्त गर्न सक्नुहुन्छ । यी सफ्टवेयर निःशुल्क वा कम लागतमा उपलब्ध हुन्छन् ।

निम्न कुरा पनि हेर्नुहोस्:

ठेकेदारलाई भुक्तानी दिने तरिका

तपाईं आफ्नो व्यवसायमा ठेकेदारबाट काम गराउनु हुन्छ भने तपाईंले कर र सुपरसम्बन्धी फरक खालका केही नियमहरूको पालना गर्नु पर्ने हुन्छ । तपाईंले कर्मचारी र ठेकेदार बीचमा के फरक छ भन्ने कुरा जान्नु पर्छ ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqzjkExternal Link (Duration: 00:01:58)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

व्यवसायको अभिलेख राख्ने तरिका

व्यवसायलाई सही तरिकाले चलाउन व्यवसायिक क्रियाकलापको अभिलेख राख्नु अति महत्वपूर्ण हुन्छ । तपाईंले कम्ती पाँच वर्षको क्रियाकलापको अभिलेख राख्नु अनिवार्य हुन्छ । सही अभिलेख राख्नुले तपाईंलाई निम्न काममा मद्दत पनि गर्छ:

  • आफ्नो व्यवसायको अवस्था जान्न
  • आय तथा खर्चको अवस्था जान्न
  • बैंक तथा आसामीहरूलाई आफ्नो व्यवसायको स्थितिको बारेमा जानकारी दिन

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrxwecExternal Link (Duration: 00:00:27)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

प्रथम पटक आफ्नो कर फिर्ता फाराम पेस गर्ने तरिका

प्रायजसो मान्छेहरूले प्रत्येक वर्ष कर फिर्ता फाराम भनेर हामीलाई बुझाउनु पर्छ । आफ्नो कर फिर्ता फाराममा तपाईंले आफ्नो वार्षिक आय तथा कटौतीसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ ।

आफूले थप कर तिर्नु पर्छ वा तिरेको कर रकम फिर्ता (कर फिर्ता) हुन्छ भन्ने कुरा थाह पाउन हामी यो सूचना प्रयोग गर्छौँ ।

कर फिर्ताले 1 जुलाईदेखि सुरु हुने र 30 जुनमा अन्त्य हुने आर्थिक वर्ष समावेश गर्छ । तपाईं आफ्नो कर फिर्ता फाराम पेस गर्दै हुनु हुन्छ भने तपाईंले 31 अक्टोबरसम्ममा यो काम गरिसक्नु पर्छ ।

तपाईं कर फिर्ती फाराम भर्ने सहयोग चाहनुहुन्छ र तपाईंको आय कम छ भने हाम्रा तालिम प्राप्त कर स्वयंसेवकहरूले तपाईंलाई सहयोग गर्न सक्छन् ।

तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं ती एजेन्टलाई 31 अक्टोबर अगाडि सम्पर्क गरिसक्नु पर्ने हुन्छ । तपाईंले आफ्नो कर एजेन्ट पञ्जीकृत एजेन्ट हुन् वा होइनन् भन्ने कुरा जाँच्नु पर्छ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizrzt4External Link (Duration: 00:00:58)

 

ककसले कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

प्रायजसो सबै मान्छेले प्रत्येक वर्ष कर फिर्ता फाराम भरेर ATO मा पेस गर्नु पर्ने हुन्छ ।

मैले किन कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

ATO ले तपाईंले कुनै आर्थिक वर्षमा कति रकम कमाउनुभयो र तपाईं आफ्नो आयबाट के के कट्टा गरेर कर तिर्न सक्नुहुन्छ भन्ने कुरा यकिन गर्नु पर्ने हुन्छ । तपाईंले पेस गरेको फारामको आधारमा तपाईंले थप कर (कर बिल) तिर्नु पर्छ वा तपाईं रकम फिर्ता (कर फिर्ता) प्राप्त गर्नुहुन्छ भन्ने कुरा यकिन गर्न सकिन्छ ।

अष्ट्रेलियाको आर्थिक वर्ष 1 जुलाई र 30 जुनको बीचमा पर्छ ।

मैले कहिले कर फिर्ता फाराम पेस गर्नु पर्छ ?

तपाईं आफै यो काम गर्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31 भित्र यो काम गरिसक्नु पर्छ ।
तर तपाईं कुनै कर एजेन्टको सहयोगले यो काम गर्न खोज्दै हुनुहुन्छ भने तपाईंले अक्टोबर 31अगाडि नै ती एजेन्टलाई सम्पर्क गर्नु पर्ने हुन्छ ।

म कसरी कर फिर्ता फाराम पेस गर्न सक्छु ?

तपाईं आफै कर फिर्ता फाराम पेस गर्दै हुनुहुन्छ भने तपाईं myTax प्रयोग गरी अनलाइनबाट यो काम गर्न सक्नुहुन्छ ।
तपाईं कुनै कर एजेन्टको सहयोग लिँदै हुनुहुन्छ भने तपाईंले कसरी गर्ने भन्ने बारेमा ती कर एजेन्टसँगै सम्पर्क गर्नु पर्ने हुन्छ ।

कर फिर्ता फाराम पेस गर्न मसँग केके जानकारी हुनुपर्छ ?

तपाईंसँग निम्न कुराहरू हुनुपर्छ:

  • tax file number (TFN)
  • तपाईं कर फिर्ता प्राप्त गर्दै हुनुहुन्छ भने बैंक खाताको विवरण
  • आयको विवरण- तपाईंले कमाएको रकमको प्रमाण पेस गर्न        
    • तपाईंका सबै रोजगारदाताले तपाईंलाई दिएको इनकम स्टेटमेन्ट
    • Centrelink बाट प्राप्त हुने भुक्तानी सारांश
     
  • कटौती तथा खर्चको विवरण- तपाईंले दाबी गर्न खोज्नुभएको कटौती पुष्टि गर्न        
    • कामसम्बन्धी खर्च, दान वा उपहारको भरपाई
     

तपाईं myTax प्रयोग गरी अनलाइनबाट कर फिर्ता फाराम पेस गर्दै हुनुहुन्छ भने तपाईंसँग myGov युजर आइडी र पासवर्ड हुनुपर्छ । तपाईंसँग myGov खाता छैन भने तपाईं सो खाता बनाएर my.gov.auExternal Link मा गई सो खातालाई ATO सँग लिङ्क गर्न सक्नुहुन्छ (अंग्रेजीमा) ।

रोजगारदाता, बैंक तथा अन्य व्यवसायहरूले ATO लाई आफूसँग काम गर्ने व्यक्तिहरूको बारेमा जानकारी प्रदान गर्छन् । तपाईंले जुलाईको अन्तिमसम्म कुर्नुभयो भने ATO ले यी जानकारी तपाईंको कर फिर्ता फाराममा समावेश गर्छ । यसले कर फिर्ता फाराम पेस गर्न सहज बनाउँछ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizfp85External Link (Duration: 00:02:25)

 

मैले कुन कुन आय समावेश गर्नु पर्छ ?

तपाईंले एक आर्थिक वर्षमा गरेका सबै आय समावेश गर्नु पर्ने हुन्छ । यसको अर्थ हो तपाईंले आफ्ना सबै रोजगारी लगायत निम्न कुराहरूबाट प्राप्त आय समावेश गर्नु पर्ने हुन्छ:

  • फुल टाइम काम
  • पार्ट टाइम काम
  • क्याजुअल वा अड (अनौठा) काम
  • स्व: रोजगार
  • नगदी काम

तपाईंले निम्न लगायतका अन्य विधाबाट कमाएको आय पनि पेस गर्नु पर्ने हुन्छ:

  • बैंकबाट प्राप्त ब्याज
  • सरकारी भुक्तानी (Centrelink आदिबाट)
  • भाडाबाट प्राप्त रकम
  • वैदेशिक लगानीबाट प्राप्त आय
  • सेयरबाट प्राप्त लाभांश

सबै प्रकारका आम्दानीहरूलाई आफ्नो कर फिर्ता फाराममा पेस गर्नु पर्छ भन्ने कुरा सम्झनुहोला ।

म कुन कुन रकम कट्टा गर्न सक्छु ?

तपाईं आफ्नो कामसँग सम्बन्धित खर्च बापत रकम कट्टा गर्न पाउनुहुन्छ । सामान्यतया कट्टा गर्न सकिने खर्चहरूमा निम्न खर्च पर्छन्:

  • सवारी साधन तथा यात्रा खर्च
  • कपडा, लन्ड्री र ड्राइ-क्लिनिङ खर्च
  • घर मै अवस्थित अफिसको खर्च
  • स्व: अध्ययन खर्च
  • उपकरण तथा औजार खर्च ।

तपाईं ATO को वेबसाइट Deductions you can claim (अंग्रेजीमा) गई कट्टा गर्न पाउने खर्चको बारेमा थप जान्न सक्नुहुन्छ ।

तपाईंले आफूले दाबी गर्ने हरेको खर्चको सम्बन्धमा भरपाई जस्ता प्रमाण पेस गर्नु पर्ने हुन्छ । तपाईंले यस्ता प्रमाणहरू कम्तीमा पाँच वर्षसम्म राख्नु पर्छ । ATO जुन सुकै बेला तपाईंसँग ती प्रमाण माग्न सक्छ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर फिर्ता फाराम पेस गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizf54yExternal Link (Duration: 00:01:16)

 

सुपर: सुपर के हो र यसको महत्व के छ

पेन्सन वा 'सुपर' तपाईंको रोजगारदाताले सुपर कोश (पेन्सन कोश) मा जम्मा गर्ने रकम हो । तपाईंको सुपरमा बचत भएको रकम तपाईंको रोजगारी अवधिमा बढी रहन्छ । तपाईं अवकाशपछि उक्त रकम प्रयोग गरेर जीविकोपार्जन गर्नु हुने छ

तपाईंले अहिले जति बढी रकम बचत गर्नुहुन्छ अवकाशका बेलामा त्यति नै बढी रकम प्राप्त हुने भएकाले सुपर महत्वपूर्ण हुन्छ ।

तपाईं कुन उमेरमा सुपर प्रयोग गर्न पाउनुहुन्छ भन्ने बारेमा सीमाहरू हुन्छन् । कसैले तपाईंलाई समय अगावै सुपर झिक्न सहयोग गर्ने कुरा गरेमा सावधान हुनुहोस् । यसो गर्नु गैर कानुनी हुन सक्छ ।

तपाईं अस्थायी भिसामा अष्ट्रेलियमा काम गरिरहनुभएको छ र घर जानुभयो भने पनि तपाईं आफ्नो सुपर प्राप्त गर्न सक्नु हुन्छ । यो भुक्तानीलाई अष्ट्रेलिया छोड्दा दिइने सुपर भुक्तानी (DASP) भनिन्छ ।


नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: सुपरः सुपर के हो र यो किन महत्त्वपूर्ण हुन्छ ?
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrm5sdExternal Link (Duration: 00:00:54)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

जालसाजीबाट सुरक्षित रहनुहोस्

जालसाजीहरुको उद्देश्य निम्न हुन सक्छ:

  • तपाईंले तिर्नु नपर्ने रकम तिराउनु
  • (तपाईंको TFN जस्ता) व्यक्तिगत जानकारी अरूलाई दिनु

जालसाजीबाट बच्ने केही तरिकाहरू यहाँ दिइएको छ:

  • आफ्नो सिभीमा आफ्नो कर फाइल संख्या (TFN) उल्लेख नगर्नुहोस् । काम सुरु गरेपछि रोजगारदातालाई मात्र TFN दिनुहोस् ।
  • आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई आफ्नो TFN प्रयोग गर्न नदिनुहोस् ।
  • आफ्नो अनलाइन पासवर्ड कसैसँग आदान प्रदान नगर्नुहोस् ।
  • इमेलमा आफ्नो TFN, पासवर्ड वा अन्य संवेदनशील जानकारी समावेश नगर्नुहोस् ।
  • तपाई कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने पञ्जीकृत एजेन्टबाट मात्र सेवा लिनुहोस् ।

नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

Media: कर छलीबाट बच्ने बारेमा
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizbj9dExternal Link (Duration: 00:00:49)

 

निम्न कुरा पनि हेर्नुहोस्ः

सहयोग प्राप्त गर्ने तरिका

तपाईंलाई कर वा सुपरसम्बन्धी सहयोग चाहिन्छ भने हामीलाई निम्न टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोस्:

  • 13 28 61 – व्यक्तिगत प्रश्नका लागि
  • 13 28 66 – व्यवसायिक प्रश्नका लागि
  • 13 10 20 – सुपरसम्बन्धी प्रश्नका लागि

तपाईं अंग्रेजी बाहेकका भाषा प्रयोग गरेर हामीसँग बोल्न चाहनुहुन्छ भने Translating and Interpreting Service को टेलिफोन 13 14 50 मा सम्पर्क गरी दोभाषे सेवा लिन सक्नुहुन्छ ।

तपाईंसँग सहकार्य गर्न सकौँ भन्नका खातिर हामी तपाईंलाई समय मै सम्पर्क गर्ने सुझाव दिन्छौं- तर पनि तपाईं जुन सुकै बेला सहयोग माग्न सक्नुहुन्छ ।

हामीलाई फोन गरेपछि के अपेक्षा गर्ने

फोन गर्दा आफूसँग कर फाइल संख्या (TFN) वा अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) तयार अवस्थामा राख्नुहोस् ।

तपाईंले ग्राहक सेवा विभागका प्रतिनिधिसँग कुरा गर्दा ती प्रतिनिधिले तपाईंलाई चिन्न विविध प्रश्नहरू सोध्न सक्छन् । यसले तपाईंको व्यक्तिगत कर अभिलेख सुरक्षित राख्न मद्दत गर्छ ।

हामी अरू कसैको जानकारी (चाहे त्यो व्यक्ति तपाईंको परिवारको सदस्य नै किन नहोस्) दिन सक्दैनौँ । तपाईं कुनै साथी वा परिवारका सदस्यलाई सहयोग गरिरहनु भएको छ भने तपाईंले टेलिफोन गर्दा हामीले तपाईंलाई हाम्रो प्रणालीमा "अधिकृत प्रतिनिधि" को रूपमा दर्ता नगरेसम्म सम्बन्धित व्यक्ति तपाईंसँगै हुनु पर्छ ।

सुन्न रुचाउनुहुन्छ?

Media: सहयोग प्राप्त गर्ने तरिका
https://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiud4tye9dExternal Link (Duration: 00:01:25)

 

अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

Authorised by the Australian Government, Canberra.

QC61272