Show download pdf controls
  • पहिलो रोजगारी सुरु गर्दा

    तपाईंले काम गर्न सुरु गर्नुअगाडि

    कर फाइल संख्या प्राप्त गर्नुहोस्

    तपाईंको कर फाइल संख्या (TFN) हाम्रो कर प्रणालीले तपाईंलाई प्रदान गर्ने करदाता संख्या हो । काम गर्न सुरु गर्नुअगाडि वा काम गर्न सुरु गर्ने बित्तिकै तपाईंले TFN का लागि आवेदन दिनु पर्छ । तपाईंले आफ्नो रोगजारदातालाई TFN दिन सक्नुभएन भने तपाईंले बढी कर तिर्नु पर्ने छ ।

    TFNनिःशुल्क प्राप्त गर्न सकिन्छ ।

    अर्को कदमहरुः

    आफ्नो TFN सुरक्षित राख्नुहोस्

    तपाईंले आफ्नो नाम बदलेमा, तपाईं अर्को राज्यमा बसाइ सरेमा वा विदेश गएमा पनि तपाईंको TFN परिवर्तित हुने छैन ।

    कसैलाई पनि आफ्नो TFN प्रयोग गर्न नदिनुहोस् ।

    कामको लागि आवेदन दिँदा वा इन्टरनेटबाट आफ्नो TFN नदिनुहोस् । काम गर्न सुरु गरेपछि आफ्नो रोगजारदातालाई मात्र तपाईंले आफ्नो TFN दिनु पर्छ ।


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: पहिलो काम सुरु गर्दा
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4jmeExternal Link (Duration: 00:00:54)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    तपाईंले काम गर्न सुरु गर्नुअगाडि

    कर फाइल संख्या घोषणा फाराम पूरा गर्नुहोस्

    तपाईंको व्यक्तिगत जानकारी र TFN प्राप्त गर्न तपाईंको रोजगारदाताले तपाईंलाई Tax file number declaration फाराम भर्न लगाउने छन् ।

    तपाईंको रोजगारदाताले यो जानकारीको प्रयोग गरेर तपाईंले कति कर तिर्नु पर्छ भन्ने कुरा निर्धारण गर्छन् ।

    तपाईंले 28 दिनभित्र यो घोषणा फाराम आफ्नो रोगजारदातालाई प्रदान गरिसक्नु पर्छ । तपाईंले यो काम गर्न नसकेको खण्डमा उनीहरूले तपाईंबाट बढी कर लिनु पर्ने हुन्छ ।

    तपाईंले कति कर तिर्नु पर्ने छ

    तपाईंको रोजगारदाताले तपाईंको तलवबाट कर कट्टा गरी कर रकम हामीलाई दिने छन् । यसलाई 'कर कट्टी (pay as you go withholding)' भनिन्छ ।

    तपाईंले तिर्ने कर रकम निम्न कुरामा आधारित हुन्छ:

    • तपाईं कर प्रयोजनको लागि निवासी हुनु हुन्छ वा हुन्न
    • तपाईं कति आय आर्जन गर्नुहुन्छ
    • तपाईंसँग कर फाइल संख्या (TFN) छ वा छैन

    पेन्सन

    पेन्सन वा 'सुपर' रोजगारदाताले तपाईंको तलवबाट कट्टा गरेर सुपर कोश (पेन्सन कोश) मा जम्मा गर्ने रकम हो । तपाईंको सुपरमा बचत भएको रकम तपाईंको रोजगारी अवधिमा बढी रहन्छ । तपाईं अवकाशपछि उक्त रकम प्रयोग गरेर जीविकोपार्जन गर्नु हुने छ

    थप जान्नुहोस्:

    नगद प्राप्त गर्दा

    केही रोजगारदाताहरूले तपाईंलाई तलव बैंकबाट होइन नगदमा दिन्छन् । उनीहरूले निम्न कुराहरू गरेर नगदमा तलव दिए भने यो केही फरक पर्दैन:

    • तपाईंको तलवबाट कर कट्टा गरी कर रकम हामीलाई दिएमा
    • तपाईंलाई तपाईंले तिरको कर रकम देखाउने पेस्लिप दिएमा
    • तपाईंको सुपर कोशमा सही रकम जम्मा गरिदिएमा ।

    रोजगारदाताले माथि उल्लिखित कुरा नगरेमा तपाईं आफूले पाउनेभन्दा कम तलव र सुपर प्राप्त गरिरहनुभएको हुन सक्छ


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: पहिलो काम सुरु गर्दा
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4s7xExternal Link (Duration: 00:01:51)

    थप जान्नुहोस्:

    कर्मचारी वा ठेकेदार

    कर्मचारी र ठेकेदार फरक फरक व्यक्ति हुन् ।

    तपाईं कुनै अर्को व्यक्तिको व्यवसायमा काम गरिरहनु भएको छ भने तपाईं कर्मचारी हो ।

    तपाईं स्व:रोजगार हुनुहुन्छ तथा आफ्नै व्यवसाय चलाइरहनु भएको छ भने तपाईं ठेकेदार हो ।

    केही रोजगारदाताहरूले तपाईंलाई ठेकेदारको रूपमा लिन्छन् र वा तपाईंलाई अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) लिन प्रोत्साहित गर्छन् । यसो गरेर उनीहरू आफ्नो उत्तरदायित्वबाट भागिरहेका छन् भन्ने कुरा बुझ्नुहोस् ।

    व्यवसाय चलाएर बस्ने व्यक्तिहरूलाई मात्र ABN को आवश्यकता पर्छ । तपाईंको रोजगारदाताले तपाईंलाई ठेकेदारको रूपमा व्यवहार गरेर तलव दिइरहेको छ भने तपाईंले निम्न लगायतका सुविधाहरू गुमाइरहेको हुन सक्छ:

    • बिरामी बिदा
    • तलवी बिदा
    • सुपर
    • रोजगारी बीमा ।

    थप जान्नुहोस्:

    कार्यस्थलमा हुँदाका अधिकार तथा दायित्वहरू

    अष्ट्रेलियामा काम गर्ने सबै जनासँग कामसम्बन्धी अधिकार तथा दायित्वहरू हुन्छन् । अष्ट्रेलियाली कानुनले न्यूनतम तलव तथा कार्यस्थलका सुविधाहरू निर्धारण गरेको हुन्छ ।

    न्यायोचित रोजगारी लोकपालले तपाईंलाई कामसम्बन्धी उत्तरदायित्व तथा अधिकारहरूको बारेमा जानकारी प्रदान गर्न सक्छ । त्यहाँबाट विभिन्न भाषामा सूचना प्राप्त गर्न सकिन्छ ।


    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: पहिलो काम सुरु गर्दा
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz9jqpExternal Link (Duration: 00:01:16)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    अबका कदमहरूः

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

    Authorised by the Australian Government, Canberra.

      Last modified: 17 Apr 2023QC 61272