Show download pdf controls
  • तपाईको आफ्नै व्यवसाय शुरु गर्दा

    आफ्नै व्यवसायबाट आय आर्जन गर्दा कर आफैले तिर्नु पर्छ ।

    तपाईं आफूले तिर्ने कर रकम कम गर्न व्यावसायिक लागत बापत कर छूटको माग गर्न सक्नुहुन्छ ।

    तपाईंले आफ्नो व्यवसायमा कर्मचारी राखेमा तपाईंले आफ्नो कर्मचारीको कर तथा सुपर तिरिदिनु पर्ने हुन्छ ।

    तपाईंलाई के गर्ने भन्ने बारेमा कुनै जानकारी छैन भने सहयोगका लागि पञ्जीकृत कर एजेन्टलाई सोध्नुहोस् वा हामीलाई सम्पर्क गर्नुहोस्

    निम्न कुरा पनि हेर्नुहोस्ः

    तपाईंले व्यावसाय सुरु गर्नुअगाडि

    व्यावसाय वा रूची

    तपाईंको क्रियाकलाप व्यवसाय वा रुची के हो निर्धारण गर्नु पर्ने हुन्छ ।

    'रुची' भन्नाले तपाईंले फुर्सदको बेला रमाइलोका लागि क्रियाकलापलाई बुझिन्छ । तपाईं कुनै क्रियाकलापबाट रकम कमाउन खोज्दै हुनुहुन्छ भने तपाईं व्यवसाय गरिरहनु भएको छ ।

    तपाईं व्यवसाय गरिरहनुभएको छ भने तपाईंसँग निम्म लगायतका कानुनी दायित्वहरू हुन्छन्:

    • हामीलाई आफूले कति आम्दानी गर्नुभएको छ सो कुराको जानकारी दिने
    • आफूले दाबी गर्न चाहेका खर्चहरूको अभिलेख राख्ने ।

    आफ्नो व्यावसायको संरचना छान्ने तरिका

    अष्ट्रेलियामा चार प्रकारका व्यवसायहरू हुन्छन्- एकलौटी, साझेदारी, कम्पनी र ट्रस्ट ।

    हरेक संरचनामा करसम्बन्धी फरक फरक नियमहरू हुन्छन् । यी नियमले तपाईंले तिर्ने कर रकम र तपाईंले ऋण लिएमा के हुन्छ भन्ने कुरालाई असर गर्छन् । आफ्नो व्यवसायको संरचना छान्नुअगाडि तपाईंले यी नियमहरू बुझ्नु पर्ने हुन्छ ।

    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrc1y6External Link (Duration: 00:00:58)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    आफ्नो व्यावसायको सुरु गर्ने तरिका

    आफ्नो व्यावसाय दार्ता गर्ने तरिका

    तपाईंले व्यवसाय सुरु गर्दा तपाईंले निम्न कुरा प्राप्त गर्नु पर्छ:

    • अष्ट्रेलियाली व्यावसाय संख्या (ABN)
    • पहिलै लिनुभएको छैन भने कर फाइल संख्या (TFN) ।

    तपाईं कति आर्जन गर्नुहुन्छ र तपाईंले कर्मचारी राख्नुभएको छ वा छैन भन्ने कुराको आधारमा तपाईंले निम्न सेवामा पनि दर्ता गर्नु पर्ने हुन सक्छ:

    • वस्तु तथा सेवा कर (GST)
    • कर कट्टी (pay as you go withholding)
    • लाभ सुविधा कर (FBT)
    आफ्नो व्यवसायको लागि TFN प्राप्त गर्ने तरिका

    सबै व्यवसायको कर फाइल संख्या (TFN) हुनु पर्छ ।

    तपाईं एकलौटी व्यवसाय गरिरहनुभएको छ भने तपाईं व्यक्तिगत TFN प्रयोग गर्न सक्नुहुन्छ ।

    अरू व्यवसायिक संरचनाको हकमा तपाईंले ABN को लागि आवेदन दिँदा तपाईंसँग TFN हुनु पर्छ ।

    ABN प्राप्त गर्ने तरिका

    अरू व्यवसाय, सरकार र ATO सँग व्यवहार गर्दा प्रयोग गर्ने प्रयोजनको लागि तपाईंलाई दिइएको अद्वितीय संख्यालाई अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) भनिन्छ ।

    सबै जनासँग ABN हुनु पर्छ भन्ने छैन । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ भने मात्र तपाईंलाई ABN चाहिन्छ ।

    तपाईंले आफूले जारी गर्ने बीजकमा अनिवार्य रूपले आफ्नो ABN उल्लेख गर्नुपर्छ । तपाईंसँग ABN छैन भने तपाईंले कारोबार गर्ने अरू व्यवसायले तपाईंले प्राप्त गर्न रकमबाट सामान्यभन्दा बढी रकम कर बापत काटेर हामीलाई दिने छन् ।

    ABNनिःशुल्क प्राप्त गर्न सकिन्छ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    GST र अन्य खाले करमा दर्ता गर्ने तरिका

    तपाईंले आफूले चलाइरहेको व्यवसाय प्रकृतिको आधारमा GST र अन्य खाले करमा दर्ता गर्नु पर्ने हुन सक्छ ।

    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrpdnsExternal Link (Duration: 00:01:43)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    कर रिपोर्ट गर्ने तथा तिर्ने तरिका

    तपाई व्यवसाय चलाउनु हुन्छ भने तपाईंले आफ्नो व्यवसायले कमाउने रकम बापत कर तिर्नु पर्ने हुन्छ । तपाईंले पेस गर्ने कर फिर्तीको प्रकार तपाईंको व्यवसायको संरचनामा भर पर्छ । तपाईंले क्रियाकलापको विवरण पनि पेस गर्नु पर्ने हुन सक्छ ।

    तपाईंको कर फिर्ति

    तपाईंको कर फिर्तिले हामीलाई निम्न कुराको जानकारी दिन्छ:

    • तपाईंको व्यवसायले कमाएको रकम
    • तपाईंले तिरेको कर रकम

    तपाईंले अनिवार्य रूपले हरेक वर्ष कर फिर्ता फाराम पेस गर्नु पर्छ:

    तपाईं एकलौटी व्यवसाय चलाउँदै हुनुहुन्छ भने तपाईंले व्यक्तिगत कर फिर्तीको प्रयोग गरेर आफ्नो कर विवरण पेस गर्नु पर्ने छ ।

    तपाईं साझेदारी व्यवसाय, कम्पनी वा ट्रस्ट चलाइरहनुभएको छ भने तपाईंले आफ्नो व्यवसायको हकमा फरक खाले कर फिर्ती फाराम प्रयोग गर्नु पर्ने हुन्छ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    क्रियाकलापको विवरणफाराम (AS)

    क्रियाकलापको विवरण र कर फिर्ती फाराम फरक फरक कुरा हुन् । व्यवसायहरू निम्न लगायतका करको रिपोर्ट गर्न तथा ती करहरू तिर्न क्रियाकलापको विवरण प्रयोग गर्छन्:

    • वस्तु तथा सेवा कर (GST)
    • कर कट्टी (PAYG)

    तपाईंले GST मा दर्ता गर्नुभएको छ भने हामी तपाईंलाई व्यवसाय क्रियाकलाप विवरण (BAS) फाराम पठाउने छौँ । हामी प्राय जसो अवस्थामा प्रत्येक तीन महिनामा BAS फाराम पठाउँछौँ ।

    तपाईंले GST मा दर्ता गर्नुभएको छैन भने हामी तपाईंलाई BAS का सट्टामा किस्तासम्बन्धी सूचना पठाउने छौँ । हामी तपाईंलाई तपाईंको व्यवसाय चलेको पहिलो वा दोस्रो वर्ष यो फाराम पठाउने छौँ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    कटौती तथा छूट दाबी गर्ने तरिका

    तपाईं आफ्नो व्यवसायका लागि खर्च गर्नुहुन्छ भने तपाईं कर कटौतीको लागि दाबी गर्न सक्नुहुन्छ । परिणामस्वरूत तपाईंले कम कर तिर्नु पर्छ ।

    केही व्यवसायहरू कर छूट वा फिर्ती प्राप्त गर्न पनि योग्य हुन्छन् ।

    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqjacExternal Link (Duration: 00:01:52)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    आफ्ना कर्मचारीहरूलाई भुक्तानी दिने तरिका

    तपाईंको व्यवसायले कर्मचारी वा ठेकेदार (चाहे परिवारका सदस्य नै किन नहुन्) लाई काममा राखेको छ भने तपाईंले केही अतिरिक्त काम गर्नु पर्छ ।

    कर्मचारीलाई भुक्तानी दिने तरिका

    TFN घोषणा

    कर्मचारीले काम गर्न सुरु गरेको दिने तपाईंले उनीहरूलाई कर फाइल संख्या घोषणा फाराम भर्न लगाउनु पर्छ । उनीहरूसँग कर फाइल संख्या छैन भने तपाईंले उनीहरूबाट उपलब्ध सबैभन्दा उच्च दरमा कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    PAYG कट्टी

    तपाईंले कर्मचारी काममा राख्नु भएको छ भने तपाईंले उनीहरूको तलवबाट कर काटेर हामीलाई कर रकम बुझाउनु पर्छ । यसलाई कर कट्टी (pay as you go withholding) भनिन्छ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    सुपर बापत भुक्तानी गर्ने तरिका

    तपाईंले कर्मचारी काममा राख्नुभएको छ भने तपाईंले अनिवार्य रूपले योग्य कर्मचारीको पेन्सन (सुपर) रकम भुक्तानी गर्नु पर्छ । तपाईंले यो रकम कर्मचारीको पेन्सन कोशमा पठाउनु पर्छ । यसलाई "सुपर ग्यारेन्टी" भनिन्छ ।

    निम्न कुरा पनि हेर्नुहोस्ः

    सिङ्गल टच पेरोल (STP)

    सिङ्गल टच पेरोलअन्तर्गत तपाईंले कर्मचारीलाई तलव दिँदा हरेक पटक आफ्ना कर्मचारीको पेरोलसम्बन्धी जानकारी प्रदान गर्नु पर्छ । तपाईंले निम्न जानकारी प्रदान गर्नु पर्छ:

    • तिरिएको तलव वा ज्याला
    • काटिएको कर
    • पेन्सन बापत गरिएका योगदानहरू

    तपाईं यो जानकारी कसरी र कहिले दिनु पर्छ भन्ने कुरा तपाईंको व्यवसायमा भएका कर्मचारीहरूको संख्यामा भर पर्छ ।

    तपाईं आफूलाई यो जानकारी प्रदान गर्न सहयोग गर्ने विशेष सफ्टवेयर प्राप्त गर्न सक्नुहुन्छ । यी सफ्टवेयर निःशुल्क वा कम लागतमा उपलब्ध हुन्छन् ।

    निम्न कुरा पनि हेर्नुहोस्:

    ठेकेदारलाई भुक्तानी दिने तरिका

    तपाईं आफ्नो व्यवसायमा ठेकेदारबाट काम गराउनु हुन्छ भने तपाईंले कर र सुपरसम्बन्धी फरक खालका केही नियमहरूको पालना गर्नु पर्ने हुन्छ । तपाईंले कर्मचारी र ठेकेदार बीचमा के फरक छ भन्ने कुरा जान्नु पर्छ ।

    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqzjkExternal Link (Duration: 00:01:58)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    व्यवसायको अभिलेख राख्ने तरिका

    व्यवसायलाई सही तरिकाले चलाउन व्यवसायिक क्रियाकलापको अभिलेख राख्नु अति महत्वपूर्ण हुन्छ । तपाईंले कम्ती पाँच वर्षको क्रियाकलापको अभिलेख राख्नु अनिवार्य हुन्छ । सही अभिलेख राख्नुले तपाईंलाई निम्न काममा मद्दत पनि गर्छ:

    • आफ्नो व्यवसायको अवस्था जान्न
    • आय तथा खर्चको अवस्था जान्न
    • बैंक तथा आसामीहरूलाई आफ्नो व्यवसायको स्थितिको बारेमा जानकारी दिन

    नेपालीमा सुन्न क्लिक गर्नुहोस् ।

    Media: आफ्नै व्यावसाय सुरु गर्ने तरिका
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrxwecExternal Link (Duration: 00:00:27)

    निम्न कुरा पनि हेर्नुहोस्ः

    अबका कदमहरूः

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

    Authorised by the Australian Government, Canberra.

      Last modified: 17 Apr 2023QC 61272